विराटनगरमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने, माओवादी र समाजवादीमा छट्पटी

 न्यूज विराट
विराटनगरमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने, माओवादी र समाजवादीमा छट्पटी

विराटनगर, २५ चैत । विराटनगरमा एक्लै बलियो अवस्थामा रहेको भन्दै नेपाली कांग्रेसले गठबन्धनमा आवद्ध कुनै दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेपछि गठबन्धनकै अरु दलमा छट्पटी सुरु भएको छ । कांग्रेससँग गठबन्धन गरेर भागवण्डा पाइने आशमा रहेका गठबन्धनमा आवद्ध माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र जनामोर्चामा छट्पटी सुरु भएको हो ।

सवै वडाका वडासभापति सहित बसेको नेपाली कांग्रेस विराटनगर महानगरसमितिको बैठकले वडातह सम्मै गठबन्धन नगर्ने निर्णय गरेको थियो । सो निर्णयपछि गठबन्धनका अन्य दल आफुहरुको अपमान गरेको भन्दै गुनासो गर्न थालेका छन् ।

गठबन्धनकै बलमा विराटनगरमा कमजोर अवस्थामा रहेका माओवादी केन्द्र र नेकपा (एस) र आफ्नो अस्तित्व स्थापित गर्ने दाउमा थिए । तर, कांग्रेसले भाउ नदिएपछि उनीहरु निरास बनेका छन् । विराटनगरमा माओवादी केन्द्र र नेकपा (एस) भन्दा जनता समाजवादी पार्टी बलियो अवस्थामा रहेको सो पार्टीका नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिले विराटनगरमा गठबन्धन नगर्ने निर्णय गरेको सभापति दिपक चापागाईँले जानकारी दिए । ‘हामी विराटनगरमा एक्लै चुनाब लड्ने निर्णय गरेका छौँ । कुनै पनि पदमा अन्य दलसँग गठबन्धन हुँदैन ।’ उनले भने,‘सवै वडाका सभापतिसहिको बैठकबाट हामीले संस्थागत निर्णय गरेका छौँ । त्यसै अनुसार हाम्रो चुनावी तयारी छ ।’

मोरङकै सुनवर्षी नगरपालिकामा पनि नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ । केन्द्रको निर्देशन विपरित कांग्रेसका स्थानीय समितिहरुले निर्णय गर्दै जान थालेपछि सत्ता गठबन्धनमा आवद्ध अन्य दलहरु रुष्ट भएका छन् ।

उता केन्द्रमा भने सत्तारुढ ५ दलीय गठबन्धनले चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ ।

गठबन्धनको आज बसेको बैठकले तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो । गठबन्धनले चुनावी तालमेलको सैद्धान्तिक निर्णय गरेपछि पनि कतिपय जिल्लाहरूमा गठबन्धनमा रहेका दलहरुबीच सहमति नजुटेपछि केन्द्रीय शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्न लागेको हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा विभिन्न जिल्लामा गठबन्धनमा देखिएका समस्याबारे छलफल भएको थियो । बैठकमा ६ महानगर र ११ उपमहानगरको नेतृत्व केन्द्रबाट नै टुंग्याउने विषयमा पनि छलफल भएको बताइन्छ ।

सम्बन्धित समाचार

बुटवलमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल,  ८ असोज-बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुर्दशन थापाका अनुसार नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जनाको मृत्यु भएको हो ।  कपिलवस्तु बुद्धभुमि...

सत्तारुढ पाँच दलको गठबन्धन हुँदा पनि एमाले उम्मेदवार दुई तिहाइ मतले विजयी

नवलपुर, पुस२० । नवलपुरमा स्थायनीय तहको झल्को दिनेगरी भएको खानेपानी संस्थाको चुनावमा सत्तारुढ गठबन्धन पराजीत भएको छ । सत्तारूढ दलहरू सबै एकातिर र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकातिर हुँदा पनि खानेपानीको चुनावमा एमाले उम्मेदवार...

प्याब्सन राष्ट्रिय लोकनृत्यको उपाधि गण्डकी प्रदेशको सरस्वती आर्दशलाई

विराटनगर । दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि गण्डकी प्रदेशको पोखराबाट सरस्वती आदर्श विद्या सदन स्कुलले जितेको छ ।निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विराटनगरमा शुक्रबार सम्पन्न गरेको फाइनलमा प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको...

कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन : पाँच ठाउँमा पार्किङ, एक सिफ्टमा ३५० जनशक्ति परिचालन

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशनस्थल काठमाडौं आउन सुरु गरेका छन् । २४(२७ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै...

अपहरण तथा शरीर बन्धक’ मुद्दामा सैहैन्शालाई पक्राउ गर्न अदालतले दियो अनुमति

विराटनगर । मोरङ अदालतले नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक ३१ वर्षीय सैहैन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताबलाई पक्राउ गर्न अनुमति दिएको छ ।विराटनगरका उद्योगी अरूणकुमार राठीले आइतबार खत्ताबविरूद्ध मोरङ प्रहरीमा ‘अपहरण तथा शरीर बन्धक’ मुद्दामा जाहेरी...

आइटिएफ तेक्वाण्डो प्रदेश १ को अध्यक्षमा पुनः कार्की

विराटनगर । प्रदेश नं. १ आइटिएफ तेक्वाण्डो संघको अध्यक्षमा प्रविण कुमार कार्की पुन ः निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको आइटिएफ तेक्वाण्डो संघ प्रदेश १ को दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्षमा निर्वाचित...

विराटनगरमा कांग्रेसको चुनावीसभाः डा. शेखर कोइरालाले भने—कम्युनिष्टको सरकार बन्दा देशले जहिल्यै दुःख पायो

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टको नेतृत्वमा सरकार बन्दा जहिल्यै देशले दुख पाएको आरोप लगाएका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो...

एनसीडिए कोशी प्रदेशको दोस्रो अधिवेशन सुरु, नयाँ नेतृत्व छान्न आइतबार निर्वाचन

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको दोस्रो अधिवेशन विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित इस्टन स्टार होटलमा आइतबार दिउँसो चार बजेटबाट अधिवेशन सुरु भएको हो ।संघको अध्यक्ष कुमार खतिवडाको अध्यक्षमा अधिवेशन सुरु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्