प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीना कार्की नियुक्त

 न्यूज विराट
प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीना कार्की नियुक्त

विराटनगर, २२ चैत्र । अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी हटाएको प्रदेश १ सरकारले नयाँ पदाधिकारी नियुक्त गरेको छ । आज मन्त्रिपरिषद् आज बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विराटनगरकी जीना कार्की र सदस्य सचिवमा ओखलढुंगाका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरले जानकारी दिए ।

सोमबार मात्र तत्कालिन मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले नियुक्त गरेका बोर्डका उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतलाई हटाउने निर्णय गरेको थियो ।

बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेको भन्दै सरकारले हटाएको हो । मन्त्रीपरिषद बैठकले बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रुपमा तोक्ने निर्णयसमेत गरेको छ ।

सम्बन्धित समाचार

तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुँदै

विराटनगर । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ।बुधबार विराटनगरमा आयोजित...

क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार प्रयास

जनकपुरधाम, १२ वैशाख-धनुषाको क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कारको प्रयास भएको छ । धनुषाको विदेह नगरपालिका–६ स्थित क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलामाथि गएराति बलात्कारको प्रयास भएको हो । ती महिला विगत ७ दिनदेखि त्यहाँ रहँदै आएकी थिइन्।...

सप्तरीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर, १३ जेठ-सप्तरीका थप १ महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सप्तरीमा कोरोना संक्रतिमको संख्या १५ पुगेको छ । नयाँ संक्रमितमा सप्तरीको बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्र नमूना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा...

पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन

दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको...

संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री झन् बलियो हुनुभयो : सुवास नेम्बाङ

नेकपाको ओली समूहका नेता सुवास नेम्बाङले संसद् पुनर्स्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् । नेकपा ओली समूहनिकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्बाङले संसद् विघटन हुँदा कामचलाउ भएका...

कोरोना संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु

विराटनगर, २९ कात्तिक-कोरोना भाईरसको संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक र विराटनगरस्थित न्युरो अस्पतालमा ३ जनाको मृत्यु भएको हो । बीपी कोइराला...

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान

सिबी अधिकारी, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने...

कास्की कारागारमा १ कैदीको मृत्यु

कास्की कारागारका १ कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी अपराधमा कास्की कारागारमा कैद सजाय मुक्तान गरिरहेका पोखरा महानगरपालिका-१८ सराङकोटका ४५ वर्षीय शुनील नेपालीको शनिबार मृत्यु भएको हो । खाना खाँदा खाँदै अचानक बेहोस भएर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्