विराटनगरमा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी हुँदै
बुधबार, १८ फागुन, २०७८,
न्यूज विराट
विराटनगर, १८ फागुन । विराटनगरमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी हुने भएको छ । ११२ औँ श्रमिक महिला दिवसको अवसर पारेर नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले आगामी फागुन २३ गते विराटनगरमा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी आयोजना गरेको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र महिला उद्यम समितिले दिवसको अवसर पारेर शुभकामना आदानप्रदान, उत्कृष्ट महिला सम्मान र एक दिने महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी कार्यक्रम आयोजना गरेका हुन् । ‘मेहनत, सृजना, उत्पादन र वस्तु, मेरै नेपालको/उद्योग गरौँ, उद्योगी बनौँ, उठाऔँ नेपाल’ भन्ने मुल नारासहित दिवश मनाउन लागिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।
प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा विराटनगरस्थित इन्द्रेणी पार्टी प्यालेसमा हुने कार्यक्रममा तीन जना उत्कृष्ट तीन जना महिलाहरुलाई सम्मान समेत गरिने छ ।
प्रदर्शनीमा जिल्लाभरीका महिला उद्यमीहरुले उत्पादन गरेका जुत्ता, चप्पल, व्याग, ढाका तथा अल्लोका कपडा, हस्तकलाका सामाग्री, कृषि उत्पादनहरु, व्यागहरु, सृङ्गारका सामाग्रीहरु, मह, अचार, चियालगायतका वस्तुहरु प्रदर्शन गरिने अध्यक्ष निरौलाले बताए ।
कार्यक्रममा विभिन्न संघ संस्था तथा कार्यालयका महिला, महिला उद्यमी, व्यवसायी र श्रमिक महिलाहरुको सहभागिता रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ महिला उद्यम समितिकी अध्यक्ष सुनिता छाराहाङले जानकारी दिइन् ।
काठमाडौं, जेठ ७ । एमाले सांसद डा. दीपकप्रकाश भट्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको प्रष्ट पार्नुभएको छ । कांग्रेस सभापति देउवाले तपाईंको समेत हस्ताक्षर प्रयोग गरी प्रधानमन्त्री दावी गर्नुभएको छ नि...
विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनु पर्नेमा अहिलेसम्म डर मात्रै देखाउँदै आएको भन्दै असन्तुष्टि जनाएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कोशी प्रदेशको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले...
काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितिमा बसेको...
विराटनगर, साउन २३–विराटनगरस्थित कोशी अस्पतालमा आइपुग्दा शुक्रबार विहान मृत्यु भएका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो...
विराटनगर, चैत १५। मोरङको रतुवामाई नगरपालिकाका मेयर रवीन राईले सरकारले घोषणा गरेको लक डाउन उल्लंघन गरेकाले सेनिटाइजर नियन्त्रणमा लिएको स्पष्ट पारेका छन् । उनले उर्लाबारी नगरपालिका सम्मको मात्र पास ल्याएर रतुवामाई प्रवेश गर्न नपाउने दावी...
काठमाडौं, १ साउन-आज यूएईबाट ५ वटा उडानमार्फत कोरोना भाइरसको महामारीका कारण अलपत्र परेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याइँदै छ । दुबईबाट नेपाली लिएर आएको नेपाल एयरलाइन्सको एउटा जहाज केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...
विराटनगर, असार १४–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तिको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गरौँ, वातावरणको सुधार गरौ’ भन्ने...
विराटनगर । सामाजिक कार्यमा अग्रणी रहेको रोटरी क्लबका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा रोेटरीका मार्गदर्शक सिद्धान्तहरुको ‘प्रोमोसन’ गरिएको हो ।...