सुन्दरहरैँचामा मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

 न्यूज विराट
सुन्दरहरैँचामा मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर, ९ फागुन । मोरङको सुन्दरहरैँचामा नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको नगर कमिटी गठन भएको छ । सोमबार नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डीतको प्रमुख आतिथ्यतामा सम्पन्न नगर भेलाले मदन परियारको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

मुक्ति समाजको जिल्लाका १७ वटै पालिकामा जारी संगठन सुदृढीकरण अभियान अन्तर्गत कमिटी गठन भएको हो । सम्मेलन आयोजक कमिटीको उपाध्यक्षमा सुर्यकुमारी विश्वकर्मा, सचिवमा तेतबहादुर बर्देवा, सह–सचिवमा श्याम विश्वकर्मा र कोषाध्यक्षमा शारदा विश्वकर्मा चयन भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।

कमिटीको सदस्यहरुमा मनिता कुमारी परियार संगीता दास, प्रेम परियार, राजकुमारी वि.क., हेमनी मरर, अमर बहादुर वि.क., निर्मला परियार, ज्ञानमाया सार्की, सुचीत्रा विशुन्के, सरिता नेपाली, प्रमिला अछामी, सारदा वि.क., सानुमाया वि.क.,प्रकाश परियार, गोविन्द अछामी लगायत रहेका छन् ।

भेलाले चयन गरेका पदाधिकारी तथा सदस्यहरुको घोषणा मुक्ति समाज मोरङका अध्यक्ष विश्वकर्माले गरेका थिए । नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई मुक्ति समाजका केन्द्रीय सदस्य दिपेन्द्र पासवानले शपथग्रहण गराएका थिए ।

नगर भेलालाई सम्बोध गर्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले विकास र समृद्धिको एजेण्डा एमालेसँग मात्र रहेकाले आगामी निर्बाचनमा एमालेलाई जिताउन जनसंगठनका गतिविधिहरु व्यापक बढाउन निर्देशन दिए ।

उनले फेरी पनि जनताको शक्ति र बलले तीनै तहको निर्वाचनमा एमालेलेनै जित्ने दावी गर्दै आफ्नो पार्टीले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभिाभारा पुरा गर्ने बताए ।

नेता पण्डितले सिंगो दलित समुदायको हक अधिकार एमालेले मात्र स्थापित गरि कार्यान्वयन गर्ने भएकाले एमाले कमजोर बन्न नहुने बताए । उनले राजनीतिक रुपमा संगठित भएमात्र हक अधिकार प्राप्त गर्न सकिने भएकाले मुलुकमा सवैभन्दा पहिले एमालेले दलित समुदायलाई राजनीतिकरुपमा संगठित गरेको बताए ।

उनले दलित समुदायका पक्षमा बनेका ऐन, कानुनहरु बनेपनि प्रभावकारी कार्यान्वयन नभएकाले संगठित भएर खबरदारी गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटी उपसचिव धना तामाङले सिंगो दलित समुदायको अधिकारका लागि सम्पूर्ण दलित समुदाय मुक्ति समाजमा संगठित हुनुपर्ने बताइन् ।

सो अबसरमा प्रदेश १ सरकारका पूर्व राज्यमन्त्री राजकुमार ओझाले बनेका ऐन कानुनहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दलित समुदाय माथि अहिले पनि जतीय विभेद र छुवाछुतका घटना भइरहेकाले त्यसविरुद्ध संगठित भएर लड्नुपर्ने बताए ।

भेलाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा (एमाले) प्रदेश कमिटी सदस्यहरु सत्यनारायण चौधरी, अजम्बर राई, लक्ष्मिप्रसाद फुयाल, विरेन्द्र श्रेष्ठ, मुक्ति समाज केन्द्रीय सदस्यहरु दिपेन्द्र पासवान, प्रमिला लकान्द्री, प्रदेश कमिटी सदस्य हर्कराज परियारलगायतले शुभकामना दिए । सो अबसरमा सुन्दरहैँचा नगरपालिकाका सवै वडाबाट सयौँको संख्यामा दलित समुदायको सहभागिता रहेको थियो ।

 

 

सम्बन्धित समाचार

चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

इलाम, १ साउन-तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नु परेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको...

लखनऊमा थपिए ८ नयाँ संक्रमित, १४ जनाको मृत्यु

एजेन्सी, बैशाख ५-उत्तर प्रदेशको राजधानी लखनऊमा ८ नयाँ सक्रमित भेटिएका छन् । भेटिएका संक्रमितमध्ये ५ जना सदर, ३ जना नजिराबादका हुन् । उनीहरूको बुधबार परीक्षणका लागि स्याम्पल लिएइएको थियो । उत्तर प्रदेशमा संक्रमितको संख्या ८...

राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशीका खेलाडीलाई विदाई

विराटनगर । लुम्बिनीको नवालपरासीमा चैत्र २० गतेबाट सुरू हुने राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशी प्रदेशका खेलाडीहरुलाई विदाइ गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका आइतबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय कवडी प्रतियोगितामा भाग लिन जाने...

सुन्दरहरैँचा मेयरकप फुटवलः पथरीशनिश्चरे फाइनलमा

विराटनगर, ११ वैशाख । मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै पथरिशनिश्चरे नगरपालिका फाईनलमा प्रवेश गरेको छ । मोरङको सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा...

भव्य भयो मोर्डन एराको अभिभावक दिवस

विराटनगर । विराटनगर– ३ मा रहेको मोर्डन एरा स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच...

वरियता नमिलेकाले मन्त्रिपरिषदबाट बाहिरिएँ:त्रिपाठी

काठमाडौं, २१ जेठ । सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार हुँदा आफ्नो वरियता नमिलेकाले बाहिरिएको बताएका छन् । मन्त्रालयबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै उनले वरियता नमिलेकाले बाहिरिएको प्रतिक्रिया दिएका हुन् ।...

नेपाल–भारत रेलवे सम्झौता संशोधन हुँदै, लागत घट्ने भएपछि व्यवसायी उत्साहित

काठमाडौं, २० असार । नेपाल–भारत रेलवे सर्भिस एग्रिमेन्ट संशोधन हुने भएको छ । संसोधन भएपछि नेपाली व्यवसायीले जुनसुकै कार्गो रेलमार्फत भारतबाट सामान ल्याउन पाउँनेछन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले संशोधनको ड्राफ्ट भारत सरकारलाई पठाएको...

काभ्रेमा ५० भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

काभ्रे, ४ जेठ-जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट आज बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो । सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्