विराटनगरमा ६ सहित प्रदेश १ मा ५५ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ६ सहित प्रदेश १ मा ५५ जनामा कोरोना संक्रमण

विराटनगर, ९ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा ४० र ३४७ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षणका आधारमा मोरङमा १४, सुनसरीमा ९, झापामा ७, संखुवासभा, तेहृथुम, इलाममा २–२, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ६, रतुवामाईमा ३, बुढीगंगा, सुन्दरहरैचा, जहदा, बेलबारी र लेटाङमा १–१, सुनसरीको धरानमा ४, इटहरी, बर्जु, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१, झापाको मेचीनगरमा ३, भद्रपुर, हल्दिबारी, दमक र विर्तामोडमा १–१, संखुवासभाको पाँचखपन र धर्मदेवीमा १–१, तेहृथुमको फेदाप र छथरमा १–१, इलामको इलाम नगरपालिका र माईमा १–१, धनकुटाको चौवीसे र उदयपुरको चौदण्डीगढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४ महिला र ३१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १ हजार १३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

फेरि थपिए २ जना कोरोना भाइरस संक्रमित

काठमाडौं, ३ जेठ-२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका २ जना संक्रमितमा महोत्तरीका ५२ वर्षीष पुरुष र काभ्रेका २६ वर्षीय पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी...

विराटनगरमा रानी मिनी महोत्सव हुने, एक दर्जन बढी स्टल रहने

विराटनगर । विराटनगरको मिल्स एरियामा रानी मिनी महोत्सव हुने भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा मंसिर २० देखि पुस २० गतेसम्म एक महिना महोत्सव लाग्ने भएको हो । महिनादिनसम्म लाग्ने महोत्सवमा एक दर्जन...

विशाल चोकका १ सय बढी परिवारलाई राहत वितरण

विराटनगर, चैत २२-विराटनगरका युवा नेता मो. आजमको पहलमा १०० वढी विपन्न परिवारलाई राहत वितरण गरिएको छ । आलमको पहलमा विराटनगर डा न. ५ स्थित विशाल चोकका अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो...

इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजिनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत

रोम, १३ माघ (रासस/सिन्ह्वा)-इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजिनामा दिने जानकारी गराउनुभएको छ । सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजिनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ...

टिभिएसको ग्राण्ड एक्सेनज मेलामा उपभोक्ताको भिड 

विराटनगर । विराटनगरको मुनाल पथ अगाडी सुरु भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमले विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी...

सुदूरपश्चिमका तेस्रो संक्रमित पनि कोरोनालाई जितेर घर फर्किए

धनगढी, १० वैशाख-सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भएका छन् ।सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आए पनि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो अस्पतालका प्रवक्ता...

सगरमाथामा एसइइ परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीहरूलाई एक दिने अभिमुखिकरण तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।यस वर्षको एसइइ परीक्षा दिने १ सय २५ जना विद्यार्थीहरुलाई स्कुलले मंगलबार एक कार्यक्रम...

बरिष्ठ न्यूरोलोजिष्ट डाक्टर बिरेन्द्र कुमार विष्ट सम्मानित

विराटनगर । विराटनगरस्थित न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्ट सम्मानित भएका छन् । नेपाल स्नायु विज्ञान प्रतिष्ठान ( एनएएन) आयोजनामा अन्र्तराष्ट्रिय सम्मेलनमा डा. विष्टलाई न्युरोलोजीको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्