सभामुखले बाेलाएकाे सर्वदलीय बैठकमा एमाले नजाने

 न्यूज विराट
सभामुखले बाेलाएकाे सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं, २ फागुन । सभामुख अग्नि सापकोटाले आज (सोमबार) बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमाले सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने बताए ।

‘सभामुखसँग हाम्रो पार्टी एमालेको असहमति कायमै छ । त्यसमा पनि हामीसँग कुनै सल्लाह नगरी सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरद्ध महाभियोग दर्ता गरेको छ । त्यसैले पनि सर्वदलीय बैठकमा एमालेले भाग लिनुको अर्थ छैन’, भट्टराईले भने ।

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दैछ । सिंहदरवारस्थित संसद सचिवालयमा दिउँसो २ बजे बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाइएको  छ ।

सम्बन्धित समाचार

‘सुदर्शन–कपिला सिरपा’ नेवा खल : कास्कीलाई २ चैतमा प्रदान गरिदै, सांस्कृतिक स्मारिका समेत विमोचन हुने

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यस पटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गर्ने भएको छ । विराटनगरस्थित होटल स्वागतमा चैत २ गते भव्य कार्यक्रम आयोजना गरी २ लाख रुपैयाँ...

न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर सुरू, एकैपटक पाँच वटा शल्यक्रिया गर्न सकिने

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलमा अत्याधुनिक उपकरण जडान गरिएको ‘मोडुलर अपरेशन थिएटर’ संचालनमा ल्याएको छ । एकैपटकमा पाँच वटासम्म शल्यक्रिया गरिन सक्ने एउटा छानामुनि रहेको मोडुलर अपरेशन थिएटर बिहीबार एक कार्यक्रमबीच संचालनमा ल्याएको हो ।मोडुलर...

सौन्दर्यकर्मी यूनियनद्वारा भारती कामतलाई छात्रवृत्ति प्रदान

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटिले आफ्नो वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।विराटनगर २ स्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी...

वीपीमा थप एक पुरुषको संक्रमणबाट मृत्यु

विराटनगर, २२ असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १० का ३९ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार...

लकडाउनमा राम नवमी

भगवान रामको ससुरालीमा आज रामजन्मोत्सवको कुनै चहल पहल छैन । मन्दिरहरुमा भक्तजनहरुलाई सुरक्षाकर्मीहरुले आउनै दिएका छैनन् । लकडाउनका कारण धेरै मानिस घरबाट बाहिर निस्किएका छैनन् । लकडाउनका बाबजूद जो बाहिर आएका छन्, उनीहरुलाई सुरक्षकर्मीले मन्दिरसम्म...

अमेरिकासँग सैन्य गठबन्धन हुँदैन, हामी यसमा प्रस्ट छौँ: प्रधानसेनापति शर्मा

काठमाडौं, ३ असार । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकासँग सैन्य गठबन्धन नहुने बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिँदै प्रधानसेनापति शर्माले सैन्य गठबन्धन स्वीकार्य नहुने बताएका हुन् । उनले एसपीपी सम्झौता आफूहरूलाई मान्य नभएको...

आइटिएफ तेक्वाण्डो प्रदेश १ को अध्यक्षमा पुनः कार्की

विराटनगर । प्रदेश नं. १ आइटिएफ तेक्वाण्डो संघको अध्यक्षमा प्रविण कुमार कार्की पुन ः निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार सम्पन्न भएको आइटिएफ तेक्वाण्डो संघ प्रदेश १ को दोस्रो अधिवेशनबाट कार्की निर्विरोध अध्यक्षमा निर्वाचित...

बाँके बस दुर्घटनाका मृतक र घाइतेको पीसीआर रिपोर्ट नेगेटिभ

बाँके, १९ जेठ-बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । दुर्घटनामा परेकाहरू भारतबाट आएकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै पीसीआर परीक्षण गरिएको थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्