एमसीसी तरंग : सत्ता गठबन्धन छाडेर जनमाेर्चा सडकमा

 न्यूज विराट
एमसीसी तरंग : सत्ता गठबन्धन छाडेर जनमाेर्चा सडकमा

एमसीसी परियोजनालाई सदनबाट अनुमोदन गराउने प्रयास भइरहँदा सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमाेर्चा एमसीसीविरुद्ध सडक आन्दोलनमा उत्रेको छ । एमसीसी राष्ट्रघाती रहेको दाबी गर्दै चित्रबहादुर केसी नेतृत्वकाे राष्ट्रिय जनमाेर्चा शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन सरकारविरुद्ध सडक आन्दाेलनमा उत्रेकाे हाे ।

जनमाेर्चासहित आठ राजनीतिक दलले एमसीसी पास गर्न नहुने भन्दै सरकारविरुद्ध सडक आन्दाेलन घाेषणा गरेका हुन् । उनीहरूले २५ र २६ माघमा देशैभर विरोध प्रदर्शन गर्ने भएका छन् ।

२५ माघमा देशैभरी संयुक्त कोणसभा गर्ने र २६ गते काठमाडौं उपत्यकामा माइतीघरवाट जुलुससहित संसद भवनअगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिएकाे छ । यस्तै देशभरका जिल्ला सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय पनि साना राजनीतिक दलहरूले लिएका छन् ।

उनीहरूले देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनताथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसकाविरुद्ध शशक्त आन्दोलन सृष्टि गर्न अपिलसमेत गरेका छन् ।

जनमाेर्चासहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रूपमा विराेध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सम्बन्धित समाचार

नेपालमा थप २७१४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

कोशी अस्पतालमा बेथीति प्रकरण, आफु निकटको चिकित्सक नियुक्त गर्न खोलिएको विज्ञापन स्थगित

विराटनगर । चौतर्फी विरोध भएपछि विराटनगरस्थित कोशी अस्पतालमा आफु निकटको चिकित्सक नियुक्त गर्न आव्हान गरिएको विज्ञापन स्थगित गरिएको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गरि फागुन ११ गतेको लागि लिने भनिएको अन्तर्वार्ता अर्को सूचना...

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही

सुर्खेत, १ बैशाख-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना...

धानखेतमा खोला पसेपछि

चन्द्रकला भण्डारी झापा, ४ कात्तिक ९रासस० ः गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र...

शेयर बजार सर्वसाधारण अनुकुल बन्छः जनार्दन शर्मा

काठमाडौं, १ साउन । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन्। शर्माले शुक्रबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनले शेयर बजारमा के कस्ता समस्या छन् तीनलाई सामाधान गर्दै सर्वसाधारण...

कोशी अस्पतालको अर्थोपेडिकमा पानी नभएपछि शल्यक्रिया रोकियो, विरामीलाई समस्या

विराटनगर । सुनसरीको दुहबी नगरपालिका– १२ पूर्वकुसहा घर भएकी ७६ वर्षीया भगवती देवी गेलाल घरको सिढीबाट लडेर देब्रे खुट्टा भाँचिएको एक साता हुन लागेको छ । गत शुक्रबार खुट्टा भाँचिएपछि गेलाललाई परिवारले तत्काल विराटनगरस्थित कोशी...

विराटनगरमा विरेन्द्र झाको ‘म परदेशी बन्दिन’ बिमोचन

विराटनगर, ६ भदौ । भाषा, संस्कृती र कला मुलुकको गहना भएकोले यसको संरक्षण र जर्गेना गर्नु हामी सबैको कर्तव्य भएको सुझाव एक कार्यक्रमका सहभागिहरुले दिएका छन् । हिपमत मिडिया हाउस प्रालि विराटनगरद्वारा आज विराटनगरमा आयोजित...

लकडाउन खुकुलो पार्ने सरकारको संकेत

काठमाडाैं, ११ वैशाख-सरकारले छिमेकी मुलुकहरूमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लकडाउन खोल्ने विषयमा निर्णय हुने बताएको छ । कोरोना संक्रमणको जोखिम नेपालमा पनि यथावत् रहेकाले लकडाउन खोल्ने निर्णय एकपक्षीय रूपमा गर्न नसकिने सरकारले बताएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्