भारतमा सक्रिय संक्रमितको सङ्ख्या तीव्र रूपले घट्दै, २४ घण्टामा १०५९ जनाकाे मृत्यु

 न्यूज विराट
भारतमा सक्रिय संक्रमितको सङ्ख्या तीव्र रूपले घट्दै, २४ घण्टामा १०५९ जनाकाे मृत्यु

एजेन्सी, २२ माघ । भारतमा कोरोना भाइरसबाट थप १ लाख २७ हजार ९५२ जना नयाँ संक्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४ करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ ।

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा १ हजार ५९ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या ५ लाख १ हजार ११४ पुगेको छ ।

भारतमा अहिले १३ लाख ३१ हजार ६४८ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ३० हजार ८१४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ संक्रमितहरूको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या झण्डै दोब्बर रहेकाले सक्रिय संक्रमितहरूको सङ्ख्या तीव्र रूपमा घट्दै गइरहेको छ।

सम्बन्धित समाचार

उपचार गर्न पाउनुपर्ने माग राख्दै कैदीबन्दीले गुहारे सरोकारवाला

विराटनर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक दर्जन कैदीबन्दीहरुले उपचारको माग राखेका छन् । मोरङ कारागारका जेलर धु्रवप्रसाद कोइरालाले कैदीबन्दीको उपचारमा चासो नदेखाएपछि उनीहरुले उपचारमा सहजिकरण गरिदिन सरोकारवाला निकायसँग माग राखेका हुन् ।...

कटहरीका व्यापारी सञ्जय करवामाथि निर्घात कुटपिट, प्रहरीले जाहेरी लिन नमानेको गुनासो

विराटनगर, ६ असार । मोरङको कटहरीका काठ व्यापारीमाथि निर्घात कुटपिट भएको छ । कटहरी–२ हल्दीवारीका जय हनुमान भेनियर उद्योग सञ्चालक ५० वर्षीय सञ्जयकुमार करवामाथि निर्घात कुटपिट भएको हो । पुरानो रिसिबिलाइ लिएर कटहरी गाउँपालिका ३...

जीवन विकासको वार्षिक उत्सवमा विविध कार्यक्रम 

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

विराटनगर, ११ मंसिर–प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना...

तेह्रथुममा २ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ २२-तेह्रथुमको आठराइ गाउँपालिकाका-२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । आठराई गाउँपालिका-४ का २० वर्षीय युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सङ्क्रान्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा बुधबार कोरोना भाइरस पुष्टि...

मनकामना केबुलकार पुनः सञ्चालनमा आउँदै, टिकट अब फोनमै

कोरोना भाइरसको महामारीका कारण झण्डै सात महिनादेखि बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार छिट्टै नै सञ्चालनमा आउने भएको छ । कम्पनीले आफ्नो २३औँ वर्ष प्रवेशको अवसर पारेर स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई केबुलकार खोल्ने...

जनता समाजवादी पार्टीमा ३ अध्यक्षः महन्थ, बाबुराम र उपेन्द्र

काठमाडौं, २५ जेठ-राष्ट्रिय जनता पार्टी र समाजावादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा ३ जना अध्यक्ष हुने भएका छन् । आज जनता समाजावादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराउने अन्तिम दिन हो । आज दल...

शिक्षकको तलब बढाउन शिक्षक महासंघकाे माग

काठमाडौं, २८ वैशाख-नेपाल शिक्षक महासंघले शिक्षकको तलब बढाउन माग गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेललाई भेटेर महासंघले आगामी आर्थिक वर्षको बजेटमा शिक्षकको तलब बढाउन माग गरेको हो । ‘विद्यालयका कर्मचारी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्