पूर्वमुख्यमन्त्री राजेन्द्र राईको आरोप : “बजेट झुरेष्ट, सिफारिस गरिएका १० योजना बेवास्ता”

 न्यूज विराट
पूर्वमुख्यमन्त्री राजेन्द्र राईको आरोप  :  “बजेट झुरेष्ट, सिफारिस गरिएका १० योजना बेवास्ता”

विराटनगर । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटप्रति पूर्वमुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले पुनः तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राईले बजेटलाई “हालसम्मकै झुरेष्ट” भन्दै कडा टिप्पणी गरे।

उनले मुख्यमन्त्री र मन्त्रीहरूले आफूसँग योजनाको सिफारिस मागेर पनि आफूले पठाएका कुनै पनि योजना बजेटमा समावेश नगरेको आरोप लगाए। “मुख्यमन्त्री र मन्त्रीहरूले आफूसँग भेटेरै योजना हाल्न लगाउनु भयो,” उनले भने, “तर, मैले सिफारिस गरेका १० वटा योजनामध्ये एउटै पनि बजेटमा परेन।”
पूर्वमुख्यमन्त्री राईले यो वर्षको बजेट प्रदेश इतिहासमै सबैभन्दा असमान र मनोमानी भएको दाबी गरे। उनका अनुसार बजेट विनियोजनमा मन्त्रालयको कार्यक्षेत्र विपरितका योजना समेत राखिएको छ।
उनले आरोप लगाए अनुसार, बजेट एउटै जिल्लामा केन्द्रित गरिएको छ, जुन अघिल्ला कुनै वर्षमा देखिएको थिएन। “आठ वटा बजेटको हिसाब निकालौं,” उनले चुनौती दिँदै भने, “यदि कुनै वर्ष अहिलेको जति एउटै जिल्लामा बजेट केन्द्रित भएको भेटिएन भने म विनियोजन विधेयकमा अब कहिल्यै बोल्नेछैन।”

सम्बन्धित समाचार

प्रचण्डकी छोरीलाई भोट हाल्दैनौं:कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका नेता दिनेश कोइरालाले भरतपुरमा माओवादीलाई मेयर छाड्ने सहमति नभएको प्रष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा चितवन कांग्रेसले माओवादीलाई मेयर छाडेको भन्ने भ्रामक समाचार आएको भन्दै उनले भनेका...

सिरहामा ४० हजारले लगाए कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज, दोस्रो डोज आजदेखि

सिरहामा ४० हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सिरहामा ४८ हजार ९ सय ९८ जनालाई खोप लगाइने लक्ष्य लिइएकोमा ४० हजार २ सय ८३ जनाले पहिलो डोज लगाएका हुन् । सिरहामा कोरोना...

विराटनगर महानगरको मेयर कोइरालाको विरोध  गर्दा चापागाईं हिरासतमा

विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ । सामुदायिक विद्यालय शिक्षा सुधारको माग गर्दै महानगरपालिका अगाडि दैनिक धर्ना बस्दै आएकी ५२ वर्षीयाँ इन्दिरा चापागाईंलार्ई...

विराटनगरमा आज एकैदिन ६० जनामा कोरोना पुष्टि

विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । विराटनगर महानगरपालिकाका अनुसार संक्रमितमध्ये...

मापदण्ड विपरीत काम गर्नेलाई कारवाही गर्दा कटहरीका अध्यक्ष विरुद्ध खनिए काँग्रेस

विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गाउँपालिका भित्र मापदण्ड विपरीत काम गर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउँदा काँग्रेसका स्थानी पार्टीका कार्यकर्ता असन्तुष्ट भएर उनी विरुद्ध खनिएका छन् । कटहरी गाउँपालिका – ६ लोहन्द्रा...

सप्तकोशीसहित करोडौं कर बुझाउन सिमेन्ट उद्योगको अटेर

विराटनगर । कोशी प्रदेशका सिमेन्ट उद्योगहरुले प्रदेश सरकार र स्थानीय सरकारलाई कर तिर्न अटेरी गरेका छन् । प्रदेशमा २७ वटा सिमेन्ट उद्योग दर्ता रहेकोमा सञ्चालनमा रहेका १४ वटा सिमेन्ट उद्योगले दुई वर्षदेखि कर तिर्न इन्कार...

पुराना घर नक्सा पास गर्ने बारे सूचना

  रस्तुत विषयमा यस पथरी शनिश्चरे नगर कार्यपालिकाको माघ १५ गतेको बैठकले नगरमा नक्सा पास नभएका पुराना घर, टहरा र अन्य संरचनाहरुको नक्सा पासको प्रक्रियामा आउनका लागि ९० दिनसम्मको अवधि पुनः खुला गर्ने निर्णय गरेको...

आरती स्ट्रिप्स विरुद्ध कारबाही अघि नबढाउन उच्च अदालतको आदेश

विराटनगर, २१ पुस-मोरङको बुढिगंगास्थित आरती इस्ट्रिप्स प्रा. लि.ले निष्काशन गरेका मजदुरका विषयमा कुनै कारबाही प्रक्रिया अघि नबढाउन श्रम कार्यालय विराटनगरका नाममा उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ । आरती इस्ट्रिप्स प्रा. लि.ले आफूहरुलाई विना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्