सत्ता गठबन्धनको निर्णय : जेठभित्रै स्थानीय चुनाव

 न्यूज विराट
सत्ता गठबन्धनको निर्णय : जेठभित्रै स्थानीय चुनाव

सत्ता गठबन्धनले जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको  छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्‍ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

बालुवाटारमा शनिबार बसेको बैठकले संविधानअनुसार कानुन संशोधन गरेर जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । ‘सत्ता गठबन्धनको बैठकले जेठ महिनाभित्रै निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाएको छ । आवश्यक कानुन संशोधन गरी सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति तय गर्छ,’ कार्कीले भने ।

कानुनविद्‍हरूसँगको परामर्शपछि सरकारले दुई ऐन संशोधनको तयारी गरेको छ । संविधानसँग ऐन बाझिएकाले त्यसलाई संशोधन गर्नुपर्ने सुझाव प्राप्त भएपछि सरकारले स्थानीय निर्वाचन ऐनको दफा ३ को उपदफा १ संशोधन गर्न लागेको हो । यस्तै, सोही ऐनको दफा ४ र दफा ५५ लाई संशोधन गर्ने तयारीमा सरकार अघि बढेको छ ।

स्थानीय तह निर्वाचान ऐनको दफा ३ संविधानको धारा २२५ का साथै संविधानको धारा २१६ को उपधारा ६ र २२० को उपधारा ५ सँग बाझिएकाले संशोधन गर्नुपर्ने कानुनविद्हरूले सरकारलाई सुझाव दिएका थिए । ‘संविधानले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकेपछि तीन चरणमा निर्वाचन भएकाे हुँदा सबैको कार्यकाल पाँच वर्ष पुग्ने मितिमा निर्वाचन गर्नुपर्ने भएकाले ऐनको दफा ३ मा कार्यकाल सकिएको २ महिनाअघि निर्वाचन गर्नुपर्ने प्रावधान खारेज हुन्छ भनेका छौँ,’ वरिष्ठ अधिवक्ता श्रेष्ठले भने ।

यस्तै निर्वाचन ऐनको दफा ४ ले दुईभन्दा बढी चरणमा निर्वाचन भएको अवस्थामा पहिलो निर्वाचन भएर कार्यभार सम्हालेको मितिलाई सबैको कार्यकाल मान्ने प्रावधान पनि संविधानविपरीत रहेकाले त्यसलाई पनि संशोधन गर्नुपर्ने रमन श्रेष्ठ बताउँछन् ।

सम्बन्धित समाचार

विराटनगरमा कोरोना संक्रमितको संख्या ९४४ पुग्यो

विराटनगर, १२ भदौ-प्रदेश १ को राजधानी विराटनगरमा मात्र कोराना संक्रमितको संख्या ९ सय ४४ पुगेको छ । विराटनगर महानगरपालिकाका अनुसार शुक्रबार सम्म विराटनगरमा कुल कोरोना संक्रमितको संख्या ९ सय ४४ पुगेको हो । जसमध्ये ३८७...

भिरबाट लडेर एक जनाको मृत्यु

भोजपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।पौवादुङ्मा गाउँपालिका –४ वास्तिमको कात्तिकेका ५४ वर्षीय बलबहादुर कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार बेलुका ८ बजे खेतबाट पराल बोकेर घरतर्फ...

दरबार हत्याकाण्डकाे २१ वर्ष पूरा, रहस्यकाे पर्दा अझै खुलेन

नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा अझै खुलेको छैन । १९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा...

गृह जिल्लामा देउवाले पठाए राहत सामग्री

डडेल्धुरा, २३ जेठ-पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराका लागि राहत सामग्री पठाएका छन् । स्थानीय तहमा रहेका गरिब निमुखाका लागि खाद्यान्न अभाव भएको भन्दै उनले राहत सामग्री पठाएका हुन् । सभापति...

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु, ५७० संक्रमित थपिए

काठमाडौं, ५ फागुन । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितहरूको मृत्यु भएको छ । यससँगै हालम्म ११ हजार ९ सय ११ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बिहीबार...

नेपालमा थप २९७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍....

ग्रेडेड स्कुलका विद्यार्थीले उडाए ड्रोन (फोटो फिचर)

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरुले एक महिना लगाएर बनाएको ड्रोन स्कुल परिसरमा सोमबार सफल परीक्षण गरेको हो । कक्षा दशमा...

बाँके बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

बाँके, १९ जेठ-बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गएराती भएको बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १२ पुगेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीअनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्