आज विराटनगरमा घटे कोरोना संक्रमित

 न्यूज विराट
आज विराटनगरमा घटे कोरोना संक्रमित

विराटनगर, १५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५, उदयपुर, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ६५, बुढीगंगामा ५, सुन्दरहरैचामा ३, ग्रामथानमा २, पथरीशनिश्चरे, रंगेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा ३, दुहवी र बराहक्षेत्रमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, झापाको कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, संखुवासभा, पाँचथर र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ९०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०२ महिला र ५०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ६५७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

अमेरिकामा थप २४ लाख ३० हजारले दिए वेरोजगार भत्ताका लागि आवेदन  

एजेन्सी, जेठ ९-अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार श्रमिकले वेरोजगार बनेको भन्दै आवेदन दर्ता भएका सरकारी अधिकारीले बताएका छन् । अमेरिकामा कोभिड–१९ को सङ्क्रमणको प्रभाव देखिएसँगै वेरोजगार दरमा निकै धेरै वृद्धि भएको बताइएको...

मिल्स गोल्डकपः एलेभने एरोज दुहबी सेमिफाइनलमा

विराटनगर, ९ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा एलेभेन एरोज क्बल दुहबी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा सोमबार भएको खेलमा १ नं. प्रदेश प्रहरी कार्यालय...

युवतीमाथि तेजाब प्रहार

काठमाडौं, साउन ८-काठमाडौंको सीतापाइलामा युवतीमाथि तेजाब प्रहार भएको छ । बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार उनलाई अहिले कीर्तिपुर...

मनमोहन प्राविधिक विश्वविद्यालयमा ‘इन्डस्टेरियल ड्रोन क्यामेरा’

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित महमोहन प्राविधिक विश्वविद्यालयमा इन्डस्टेरियल ड्रोन क्यामेरा भित्र्याइएको छ । प्रदेश १ का स्थानीय तह, औद्योगिक र कृषि क्षेत्रका लागि उपयोग रहेको उक्त ड्रोन क्यामेरा अनुसन्धान केन्द्रकोरुपमा समेत स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयले...

इटा उद्योग सञ्चालनका विषयमा विवादहुँदा दुहवीमा झडप

विराटनगर, चैत २३–सुनसरीको दुहबीमा लकडाउनको अवस्थामा इँटा उद्योग सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि आइतबार झडप भएको छ । झडपका क्रममा एकजना प्रहरीसहित १३ जना घाइते भएका छन् । दुहबी–९ स्थित छातावेलीमा रहेको जयबाबा इँटा...

भारत-चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ छैन : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन् । उनले विश्व महाशक्तिका रूपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको...

भरुवा बन्दुकसहित ४ शिकारी पक्राउ

विराटनगर, माघ १७–सुनसरीको धरानबाट २ नाल भरुवा बन्दुकसहित ४ जना शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरान उप–महानगरपालिका–६ बाट २ नाल भरुबा बन्दुक र मृत बँदेलसहित ४ जनालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।...

अब इन्टरनेटविनै ह्वाट्सएप चल्ने

एजेन्सी, २४ कात्तिक । सोसल मेसेजिङ प्लाटर्फम ह्वाट्सएपले एक नयाँ फिचर प्रयोगकर्तामाझ ल्याउँदैछ । उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेटविना नै ह्वाट्सएप चलाउन पाउनेछन् । यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्