गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा एमालेका शेर्पा विजयी

 न्यूज विराट
गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा एमालेका शेर्पा विजयी

काठमाडौं, १२ माघ । प्रदेश १ मा नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।nसत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का हेमराज थुलुङ राईलाई पराजित गर्दै एमालेका सोनम राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

स्पष्ट रूपमा सत्ता गठबन्धन बलियो देखिए पनि एमालेका उम्मेदवार शेर्पा विजयी भएका छन् । अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका शेर्पाले ४७३४ मतभार प्राप्त गरे । पराजित भएका जसपा राईले ४३६८ मत प्राप्त गरे ।

मत परिणामअनुसार निर्वाचित शेर्पाले ४२ जना प्रदेशसभा सदस्य र १५२ स्थानीय तहका प्रमुख उपप्रमुखको मत प्राप्त गरेका छन् । उनले कुल ४ हजार ७ सय ५२ मतभार प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए ।

एमालेका सभामुखसहित ४१ प्रदेश सांसद रहे पनि शेर्पाले त्यसभन्दा बढी मत प्राप्त गरेका छन् । उनलाई एमालेबाट फुटेर बनेको नेकपा (एस) का सांसदको मतसमेत प्राप्त भएको देखिएको छ ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शेर्पाका निकटतम प्रतिद्वन्द्वी जनता साजवादी (जसपा) का उम्मेदवार हेमराज थुलुङ राईले ४९ जना प्रदेश सांसद र १ सय १३ स्थानीय तहका प्रमुख/उपप्रमुखको मत प्राप्त गरे । उनले प्राप्त गरेको कुल मतभार ४ हजार ३ सय ८६ छ ।

प्रदेश १ मा सत्ता गठबन्धनसँग ५० जना प्रदेशसभा सदस्य रहे पनि राईले ४९ जना प्रदेशसभा सदस्यको मतमात्र प्राप्त गरेका छन् । प्रदेशसभामा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा (एस) को १०, जनता समाजवादीको तीन र संयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्चको एक गरि कुल ५० सिट छ ।

प्रदेश १ मा सत्ता गठबन्धनको कुल मतभार ४ हजार ६६८ थियो । तर, राईले त्यसभन्दा कम मत प्राप्त गरे ।  स्थानीय तहतर्फ चार मत बदर भएको निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।

प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य र र २७२ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता थिए । मतदानमा तीन जना अनुपस्थित भएका छन् । झापाको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराम श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपमेयर इन्दीरा कार्की अनुपस्थित भएका छन् ।

श्रेष्ठ छोरीको विवाहका कारण र कार्की विरामीका कारण उपचाररत रहेकाले निर्वाचनमा मत खसाल्न आएनन् । त्यस्तै प्रहरीको फरार सूचीमा रहेकी नेकपा (एमाले) की सांसद गुलेफल खातुन पक्राउ पर्ने डरले मतदान गर्न आइनन् ।

सम्बन्धित समाचार

ग्रेडेड स्कुलमा गायन र नृत्य प्रतियोगिता

विराटनगर । ग्रेडेड स्कुलले ग्रेडेड गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ । स्कुल परिसरमा मंगबलार उक्त प्रतियोगिता आयोजना गरेको हो ।दुई समूहमा विभाजन गरेको गायन तथा नृत्य प्रतियोगिता कक्षा १ देखि ४ र ५...

२४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजासर ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

विराटनगरमा २५ सहित प्रदेश १ मा १७७ जनामा कोरोना संक्रमण

विराटनगर, २५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७७ जनामा कोरोना संक्रमण भएको छ । ७२२ जनाको पीसीआर परीक्षण गर्दा १३२ र २४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री पाैडेल

काठमाडौं, ३ पुष-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरूपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै...

सेन्ट्रल मल चौथो वर्षमा, विविद्य कार्यक्रम गरी मनाउने

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मल चौथो वार्षिकोत्सव विविद्य कार्यक्रम आयोजना गरी मनाउने भएको छ । सेन्ट्रल मलले विभिन्न कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनाउने भएको हो । वार्षिकोत्सव अवसर पारेर फागुन २० विहान १० बजेदेखि सुल्ला...

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

एजेन्सी, जेठ २४–विश्वमा कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । वल्र्डोमिटरको तथ्यांकका अनुसार नेपाली समय रातको १२ बजे सम्ममा विश्वमा कोरोना संक्रमणबाट ४ लाख १ सय २६ जनाको मृत्यु भएको छ...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा कपडाको झोला वितरण

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ‘से नो टु प्लाटिक व्याग’ नारासहित कपडाको झोला वितरण गरेको छ । अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर क्लबले मोरङको जहदा गाउँपालिका–२ का...

अर्थमन्त्रीको शेयर बजारमा चासो, अब सरकारले पनि लगानी गर्ने आशा

काठमाडौं, १६ असार । अब पुँजी बजारमा सरकारले पनि चासो देखाएको छ । उच्च विन्दुमा पुगेर फर्किएको बजारलाई आफ्नै लयमा फर्काउन अर्थमन्त्री विष्णु पौडेलले चासो देखाएका हुन् । पुँजी बजारले देशको अर्थतन्त्रमा पनि ठुलो प्रभाव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्