नोबेल मेडिकल कलेजको आन्दोलन स्थगित गर्न प्रशासनको आग्रह, विद्यार्थी संगठनहरुको अडान कायमै

 न्यूज विराट
नोबेल मेडिकल कलेजको आन्दोलन स्थगित गर्न प्रशासनको आग्रह, विद्यार्थी संगठनहरुको अडान कायमै

विराटनगर, १० माघ । विराटनगरस्थित नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । आन्दोलनका कारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिदिन प्रशासनले आग्रह गरेको हो ।

आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पत्राचार गर्दै आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका हुन् । एमबिबिएसमा भर्ना हुने विद्यार्थीहरुसँग नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगबाट निर्धारण भएको भन्दा बढी लिएको विषयमा अनुसन्धान गरि कानुन बमोजिम कारबाही प्रकृया समेत अघि बढीसकेकाले आन्दोलनका कार्यक्रम स्थगित गर्न प्रजिअ दाहालले आग्रह गरेका हुन् ।

‘कलेजको विषयमा जिल्ला प्रहरी कार्यालयलाई छानविन गरि कारवाही गर्नु भनेर पठाइसकेका छौँ । प्रहरीले कारवाही प्रकृया सुरु गरिसकेको छ ।’ प्रजिअ दाहालले भने,‘कोभिडको महामारी फैलिइरहेको छ । यो बेलामा आन्दोलन स्थगित गर्नुस भनेर आग्रह गरेका छौँ । उहाँहरुले यस्तो बेलामा स्थगित गर्नुपर्ने हो ।’

यता विद्यार्थी संगठनहरुले भने नोबेल मेडिकल कलेज र राज्यलाईनै चुनौती दिने कलेज सञ्चालक सुनिल शर्मालाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । नेकपा (एस) निकट अनेरास्ववियूका सहअध्यक्ष वसिम आलमले कलेज र सञ्चालक शर्मालाई कारबाही नभएसम्म आन्दोलन जारी रहने बताए । ‘सिडियोले आन्दोलन स्थगित गर्न विद्यार्थी संगठनहरुलाई आग्रह गर्नुभएको पत्र प्राप्त भएको छ, आग्रह गर्न त पाइयो ।’ उनले भने,‘तर, जबसम्म दोषिलाई कारबाही हुँदैन तबसम्म हाम्रो आन्दालन जारी रहन्छ । मुद्धा दर्ता भएर कारबाही अगाडी बढेपछि मात्र आन्दोलन रोकिन्छ ।’

आलमले कलेजले विद्यार्थीको आन्दोलन तुहाउन केही विकाउ अभिभावकसँग सहमतिको नाटक गरेपनि त्यसलाई सवै विद्यार्थी र अभिभावकले नमानेको बताए । उनले विद्यार्थीको आन्दोन जारी रहेको बताउँदै आजपनि सिठी जुलुस निकालिने बताए ।

लामो समयदेखि अतिरिक्त शुल्क फिर्ता लिन माग गर्दै नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी, अभिभावक र विद्यार्थी संगठनहरु आन्दोलित छन् । उनीहरुले अतिरिक्त शुल्क लिने नोबेल मेडिकल कलेज र त्यसका सञ्चालन सुनिल शर्मालाई कारबाहीको माग गर्दै आन्दोलन जारी राखेका हुन् ।

सम्बन्धित समाचार

नेपालसँग तत्काल वार्ता गर्न भारत अनिच्छुक

काठमाडौं, २ असार-कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ। त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग वार्ता गरी विवाद समाधान गर्न...

प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री निसाधको निधनमा दुःख व्यक्त

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनमा दुःख व्यक्त गरेका छन् । सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका...

नेकपाको विदेश प्रमुख र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखबीच भिडियो कन्फेरेन्स

काठमाडौं, १७ वैशाख-अहिले विश्व कोरोना भाइरस (कोभिड १९) महामारीको सन्त्रासमा छ ।  कोरोना भाइरसले विश्व लकडाउनमा छ । दैनिक यो भाइरसबाट मृत्यु हुनेहरूको संख्या २ लाखभन्दा बढी पुगि सकेको छ । यसैबीच बुधबार नेकपाका विदेश...

प्रदेश स्तरीय भारोत्तोलन प्रतियोगिता सम्पन्न

विराटनगर । कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता सम्पन्न भएको छ । कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलो पटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको हो ।्प्रतियोगितामा ५५ केजी समूहमा मोरङका...

मन्त्री घिमिरेद्धारा योजनाको साप्ताहिक अनुगमन

विराटनगर, ३ साउन–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन अगाडी बढाएका छन् । हरेक साताको शनिबार उनले मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न...

राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग

विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...

नमुना विद्या मन्दिर स्कुलले मनायो अभिभावक दिवस

विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा...

आइपुग्यो जनकपुरमा रेल (फोटो फिचरसहित)

जनकपुर, २ असोज–लामो समय पर्खाइपछि अन्ततः नेपाली रेल शुक्रबार जनकपुरधाम स्टेसनमा आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो ।   लामो समयको प्रतीक्षापछि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्