तालिबान सदस्यसँग आज पश्चिमा देशका प्रतिनिधिले विशेष वार्ता गर्दै

 न्यूज विराट
तालिबान सदस्यसँग आज पश्चिमा देशका प्रतिनिधिले विशेष वार्ता गर्दै

एजेन्सी, १० माघ । तालिबानकाे एक प्रतिनिधिमण्डलले नर्वेमा आज पश्चिमी देशका अधिकारीसँग बैठक गरिरहेका छन् । अफगानिस्तान कब्जा गरेपछि पश्चिमी देशका अधिकारीसँग तालिबान प्रतिनिधिमण्डलको यो पहिलो भेट हुनेछ ।

तीन दिवसीय बैठकमा मानवाधिकार र मानव त्रासदीजस्ता मुद्दामा विशेषगरी चर्चा हुने अनुमान गरिएको छ ।यद्यपि, युरोपमा केही जनता तालिबानसँग भइरहेको यो बैठकको विरोध पनि गरिरहेका छन् ।

बैठककाे विराेधमा केही स्थानमा प्रदर्शन पनि गरिँदैछ । प्रदर्शनकारीका अनुसार तालिबानसँग यस्तो बैठकको आयोजना गरेर उनीहरूलाई महत्व दिइनु हुँदैन ।

आइतबार, तालिबानका सदस्यले मानवाधिकार कार्यकर्तासँग पनि भेटघाट गरेका छन् । यद्यपि, उनीहरूबीच कुन मुद्दामाथि कुराकानी भयो, त्यसको कुनै जानकारी सार्वजनिक भएको छैन ।

आज हुने तालिबान सदस्य र युरोपेली अधिकारीहरूबीचको बैठकलाई निकै चासोका साथ हेरिएको छ । संयुक्त राष्ट्र संघका अनुसार अफगानिस्तानमा करिब ९५ प्रतिशत जनसंख्यासँग अहिले पर्याप्त मात्रामा खाना छैन ।

 

सम्बन्धित समाचार

माधव समुहबारे निर्णय लिन एमालेले बालायो स्थायी कमिटी बैठक, सातै प्रदेशका अध्यक्षलाई पनि डाकियो

काठमाडौं, साउन २१ । नेकपा एमालेले माधव नेपाल समुहको रणनीतिबारे स्पष्ट धारणा तय गर्न स्थायी कमिटी बैठक बोलाएको छ । माधव समूहले पार्टीको लेटरप्याड दुरुपयोग गरी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेले स्थायी कमिटी...

कटहरी–२ लाई सुकुम्बासी मुक्त बनाइने

विराटनगर, जेठ २१–मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण हुने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ र जीवन विकास...

एमाले कोशी प्रदेश अधिवेशन : ढकाल र खतिवडा प्यानल बनाएर चुनावी मैदानमा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा ५ जना पदाधिकारीका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङ घर भएका घनश्याम खतिवडाले उम्मेदवारी दिएका हुन् । यस्तै उपाध्यक्षमा धनकुटाका टिकाराम...

७१ अंकले बढेर नेप्सेले गर्‍यो नयाँ आर्थिक वर्षको स्वागत

चालु आर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा उछाल आएको छ । कारोबार खुलेको डेढ घण्टा नबित्दै ७१ अंकले बढ्दै नेप्सेले नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो । पहिलो कारोबारमा नै अप्रत्याशित उछाल आएपछि यतिबेला...

विराटनगरमा मोटर साइकलको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर, २ असोज । विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–११ का ६० वर्षीय रामलखन साह रहेका छन् । शुक्रबार राति विराटनगरस्थित बि एफएम नजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश...

स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका ठूला तीन उद्योग व्यवसायीका संघ संगठनले देशमा देखिएको अर्थतन्त्रको संकट हल गर्न राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति संशोधन गर्न माग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले विभिन्न ६...

भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्ट नेपाल आइपुगे

भारतको धार्चुलाको बालुवाकोट क्वारेन्टाइनमा नै आमाको मृत्यु भएपछि किरिया बसेका वासुदेव भट्ट आज नेपाल आइपुगेका छन् । उनको आमाको यही वैशाख २ गते मृत्यु भएको थियो । आमाको मृत्यु हुँदा पनि नेपाल आउन नपाउँदा भट्ट...

विराटनगरमा कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड नगर्न महानगरको आग्रह

विराटनगर, १ साउन । पछिल्लो समय प्रदेश १ को राजधानी विराटनगरमा पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै महानगरवासीलाई कोभिड संक्रमण बढीरहेकले सचेत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्