आज विराटनगरमा २१९ जनामा कोरोना संक्रमण

 न्यूज विराट
आज विराटनगरमा २१९ जनामा कोरोना संक्रमण

विराटनगर, ८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा ७, इलाम र उदयपुरमा ३–३, तेहृथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २१९, सुन्दरहरैचा र स्थानीय तह नखुलेका ३–३, कटहरीमा २ र रंगेलीमा १, सुनसरीको धरानमा १२५, इटहरीमा ५२, रामधुनी र स्थानीय तह नखुलेका २–२, बर्जु, दुहवी र देवानगञ्जमा १–१, झापाको भद्रपुरमा २३, अर्जुनधारा र विर्तामोडमा ४–४, मेचीनगरमा २, कचनकवल, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ३, उदयपुरको त्रियुगा, कटारी र स्थानीयतह नखुलेका १–१, तेहृथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९ महिला र ४७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६१४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

मोरङमा अघि बढ्यो एमालेः संगठनात्मक अराजकता र अवैधानिकता समाप्त, वैधानिक कार्यकर्ताबाट अनुमोदित पार्टी निर्माण अभियान प्रारम्भ

विराटनगर, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङले बैधानिक कार्यकर्ताहरुबा अनुमोदित पार्टी निर्माण अभियान प्रारम्भ गरेको छ । पार्टी कार्यालय पाञ्चालीमा नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा शनिबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले...

नाराणकाजी श्रेष्ठले भने : सांसद विकास कोषलाई कोभिड-१९ नियन्त्रणमा प्रयोग गरौँ

काठमाडौं, २९ चैत-सांसद विकास कोषलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रण तथा रोकथाममा लगाउनु पर्ने माग बढिरहेको छ ।यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कोभिड-१९ नियन्त्रणमा उक्त कोष प्रयोग गर्न ढिला गर्न नहुने...

हावाहुरी र असिनाले पुर्‍याएको क्षतिको विवरण लिइने

चितवन, ८ वैशाख-शनिबार साँझ आएको हावाहुरी र असिनाले पूर्वी चितवनमा नगदे बालीमा पारेको असरको तत्काल लगत सङ्कलन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आइतबार यहाँ आयोजना गरेको कृषिजन्य उत्पादनका क्रियाकलापलाई सञ्चालन गर्नका लागि...

विराटनगरमा आज एकैदिन १९१ जना कोरोना संक्रमित थपिए

विराटनगर, ३ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

कटहरीमा भएको विपद प्रतिकार्य तालिम सकियो

विराटनगर । मोरङको कटहरीमा दुई दिने संयुक्त सामुदायिक विपद प्रतिकार्य तालिम सकिएको छ । कटहरी गाउँपालिको आयोजना र श्री भैरव गण थलाहा ब्यारेकको समन्वयमा सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । तालिममा कटहरी गाउँपालिका...

आइतबार कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ असार-नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले  जानकारी दिए । बैठकमा समसामयिक...

पूर्वडीआइजी रञ्जन कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

काठमाडौं, १० साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । सशस्त्र प्रहरीका...

विराटनगरमा ४३ सहित प्रदेश १ मा आज १०८ संक्रमित थपिए

विराटनगर, १० भदौ–प्रदेश १ मा बुधबार १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्