२० बुँदे मागसहित मुक्ति समाज मोरङले प्रधानमन्त्री देउवालाई पठायो ज्ञापनपत्र

 न्यूज विराट
२० बुँदे मागसहित मुक्ति समाज मोरङले प्रधानमन्त्री देउवालाई पठायो ज्ञापनपत्र

विराटनगर, ३ माघ । नेकपा (एमाले) को जनबर्गीय संगठन नेपाल उत्पीडित जायीय मुक्ति समाज मोरङले विभिन्न २० बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

मुक्ति समाज मोरङले सोमबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सीना मार्फत प्रधामन्त्री देउवालाई २० बुँदे मागसहितको ज्ञापनपत्र पठाएको हो । नेपाल उत्पीडित जायीय मुक्ति समाज केन्द्रीय कार्यालयले सोमबार देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन सर्कुलर जारी गरेको थियो ।

सोही सर्कुलर बमोजिम मुक्ति समाज मोरङले सहायक प्रमुख जिल्ला अधिकारी तिम्सिना मार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएको हो । ज्ञापनपत्रमा देशभर जातीय विभेद तथा छुवाछुतका घटना तीब्ररुपमा बृद्धि भइरहेकाले दोषीलाई कानुनी दायरामा ल्याएर हदैसम्मको सजाय र पिडित पक्षलाई क्षतीपूर्तीसहित न्याय दिन माग गरिएको छ ।

त्यस्तै अन्तरजातीय विवाहकै कारण दलित समुदायको हत्या, कुटपिट र वेपत्ता पारिनेजस्ता जघन्य अपराधका घटनामा समेत बृद्धि भइरहेकाले त्यसलाई कानुनी दायरामा ल्याएर सम्मानित जिवनयापनको वातावरण बनाउन माग गरिएको नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले बताए ।

त्यसैगरी आभारभूत तहदेखि, उच्च शिक्षा र प्राविधिक शिक्षा क्षेत्रमा प्रयाप्त छात्रबृत्तिको व्यवस्था र वितरण गरिने छात्रबृत्तिमा हुने अनियमितताको अन्त्य गर्नसमेत माग गरिएको छ । त्यस्तै विदेशमा उच्च शिक्षा पढ्न पाउने छात्रबृत्ति कोटामा दलित विद्यार्थीलाई प्रथामिकताका साथ समावेश गर्नुपर्ने, संघीय सरकार मार्फत अघि सारिएको भगत सर्वजित राष्ट्रिय शिप विकास कार्यक्रम अनियमितता तथा अन्य शिर्षकमा रकमान्तर गर्ने कार्य तुरुन्त बन्द गरि लक्षित समुदाय र तोकिएको शिर्षकमा मात्र लार्गु गर्न, भूमिहिन दलित सुकुम्बासीलाई जमिन उपलब्ध गराउन निष्पक्ष ढंगले कार्यान्वयन गर्नुपर्ने, जनता आवास कार्यक्रममा भइरहेको अनियमितता र भ्रष्टाचार रोक्नुपर्ने, छुवाछुत कसुर सजाय ऐन प्रभावकारी कार्यान्वयन गर्न र गराउन राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्ने मुक्ति समाजले माग गरेको छ ।

त्यसैगरी प्रधानमन्त्रीको संयोजकत्वमा रहेको जातीय भेदभाव अन्त्य एवम् दलितहरुको अधिकार प्रवद्र्धन संयन्त्रलाई कृयाशिल गराउनुपर्ने, सवै प्रहरी कार्यालयमा छुट्टै प्रहरी सेल स्थापना गर्नुपर्ने, राष्ट्रिय दलित आयोगलाई प्रभावकारी बनाउनुपर्ने, सरकारी सेवामा सहज प्रवेशका लागि तयारी कक्षा सञ्चालन गर्न बजेटको व्यवस्था गर्नुपर्ने, राज्यका सवै तहमा जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवशलाई भव्यताका साथ आयोजना गर्न, सवै प्रदेशमा एकिकृत दलित शसक्तिकरण ऐन निर्माण गरि प्रभावकारी ढंगले लागु गर्नुपर्ने, तीनवटै तहको निर्वाचन प्रणलीमा दलित समुदायको पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चीत गर्न सुरक्षित निर्वाचन क्षेत्र सम्बन्धी कानुन निर्माण गरि लागु गर्न ज्ञापनपत्र मार्फत मुक्ति समाजले माग गरेको छ ।

त्यस्तै जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी अपराधमा ३ देखि १० वर्षसम्म कैद सजाय, १ देखि ५ लाखसम्म क्षतीपूर्ती दिलाउन र प्रमाणको भार प्रतिवादीमा रहने गरि ऐन शंसोधन गर्न, संविधानको धारा २४ र ४० को प्रभावकारी कार्यान्वयनको लागि एकिकृत कानुन अबिलम्ब निर्माण गर्नुपर्ने, स्थानीय तहको निर्वाचनको मिति अबिलम्ब घोषणा गर्नुपर्ने, सवैको पहुँच पुग्नेगरी कोरोनाविरुद्धको खोप र स्वास्थ्य सतर्कताको प्रवन्ध गरिनुपर्ने, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको सुखी नेपाली, समृद्ध नेपालको अवधारणा एवम् विकासका योजनाहरुलाई निरन्तरता दिनुपर्ने र मुलुकमा व्याप्त भ्रष्टाचार, घुसखोरी, महंगी, बजेट घाटा तथा आर्थिक दुरुपयोग तत्काल बन्द गर्न मुक्ति समाजले माग गरेको छ ।

उल्लेखित मागहरु तत्काल पुरा गर्नु मुक्ति समाजले प्रधानमन्त्री देउवालाई आग्रह गरेको छ । आफ्ना मागवारे बेवास्ता गरिए थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने मुक्ति समाजले चेतावनीसमेत दिएको छ ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी तिम्सीनाले सम्बन्धीत निकायमा पठाउने प्रतिवद्धता जनाए । सो अबसरमा मुक्ति समाजको केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज जीत नारायण सरदार, केन्द्रीय सदस्य दिपेन्द्र पासवान, मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्मा, सहसचिव दुर्गा नेपाली र कोषाध्यक्ष रत्न परियारको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

विराटनगरको ह्यापी आवरमा होली विशेष कार्यक्रम, डिजेले तताउने माहोल

विराटनगर । विराटनगर–४ पिपल चोकस्थित ह्यापी आवर हेभेनमा होली विशेष कार्यक्रमको आयोजना हुने भएको छ । होलीका नाम दिइएको कार्यक्रम मंजिना मुभिज र ह्यापी आवर हेभेनले संयुक्तरुपमा आयोजना गर्न लागेको हो । चैत्र १३ गते...

यी हुन नागरिकता बिद्येयकमा राष्ट्रपतिले उठाएको गम्भीर सवाल

काठमाडौं, साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्तासँगै संघीय संसदमा १५ बुँदे सन्देश पठाउनु भएको छ । सन्देशमा ९ वटा विषयलाई गम्भीरतासाथ उठाइएको छ । सदनले साउन १५ गते विधेयक प्रमाणीकरणका लागि शीतल निवास...

पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौं, ३ जेठ-नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ । पछिल्लोपटक भारतीय आयल कर्पोरेशन (आइओसी) बाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ...

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

पत्रकारिता त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनले नयाँ पार्टी दर्ता गर्ने र त्यसको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने बताएका हुन् । उनले क्षमतावान् व्यक्तिहरूलाई पार्टीमा...

गलवान झडपपछि पहिलो पटक भारत र चिनियाँ सैनिक अधिकारीबीच वार्ता

एजेन्सी, असार ८-लद्दाखको गलवान उपत्यकामा भएको हिंस्रक झडपपछि पहिलो पटक भारत र चिनियाँ उच्च अधिकारीबीच वार्ता हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारत र चीनका बीच सोमबार माल्डोमा कमाण्डर लेभलमा वार्ता हुन लागेको हो...

विराटनगरको नोबेल अस्पतालले भन्यो-सवै सेवा खुला छ, भ्रममा नपर्नुहोस्

विराटनगर, २ फागुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अस्पतालका कुनैपनि सेवा अवरुद्ध नरहेको जनाएको छ । अस्पताल प्रशासनले सूचना जारी गरेर अस्पतालका सम्पूर्ण सेवा सूचारु रहेको जानकारी दिएको हो । अस्पतालका सेवाहरु सूचारु भए÷नभएको विषयमा...

झापाकाे काँकरभिट्टास्थित जुत्ता कारखानामा भीषण आगलागी

विराटनगर, २० माघ । झापाकाे काँकरभिट्टामा रहेको एक जुत्ता कारखानामा आगलागी भएकाे छ । मेचीनगर- ६ काँकरभिट्टाकाे एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको हाे । आगलागी नियन्त्रणकाे प्रयास भइरहे पनि नियन्त्रण हुन सकेकाे छैन...

ओमिक्रोनको सन्त्रास : सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ । सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्