आज विराटनगरमा एकैदिन ११३ जनामा कोरोना संक्रमण

 न्यूज विराट
आज विराटनगरमा एकैदिन ११३ जनामा कोरोना संक्रमण

विराटनगर, १ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२९, सुनसरीमा १११, झापामा १९, धनकुटामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ११३, बुढीगंगामा ८, रंगेली र सुन्दरहरैचामा २–२, ग्रामथान, उर्लाबारी, कटहरी र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा ४, दुहवी र हरिनगरमा २–२, इनरुवा र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुुरमा ५, विर्तामोडमा ३, मेचीनगरमा २, बुद्धशान्ति, अर्जुनधारा, बाहृदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीयतह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ९ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

दोस्रो खेलमा दिल्लीलाई हराउँदै कटिहारको जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । आज भएको दोस्रो खेलमा कटिहारले दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । कटिहारले १९.१...

आज विराटनगरमा २४० कोरोना संक्रमित थपिए

विराटनगर, ५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको...

सुदूरपश्चिमका मुक्त हलिया परिवारलाई साँझबिहानको छाक टार्न मुस्किल

कञ्चनपुर, ३० चैत-कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्त हलिया परिवारलाई परेको छ ।सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न निकै मुस्किल भएको छ । दैनिक ज्याला...

विराटनगरको घरेलु मदिरा बनाउने भट्टीमा छापा, २ हजार लिटरबढी कच्चापदार्थ बरामद

विराटनगर । विराटनगर महानगरपालिका १२ नम्बर वडामा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर ठुलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपेन्द्र पन्जियारको नेतृत्वमा...

ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर, २६ साउन । सुनसरी ईनरुवा नगरपालिका ४ पुर्व-पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद...

पछिल्लो २४ घण्टामा देशभर ३९० संक्रमित थपिए

काठमाडौं, २ माघ-पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार ५६७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल...

कोशी अस्पतालको आइसोलेशनमा एक व्यक्तिको मृत्यु, कोरोना परीक्षण हुँदै

विराटनगर, साउन २–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा कोरोनाको आशंका गरिएका एक व्यक्तिको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या भएपछि मंगलबार राति १० बजे अस्पताल पुगेका विराटनगर ९ गुद्रीका ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ः३० बजे...

गण्डकी प्रदेशका मुख्यमन्त्री कार्यकक्षमा मदिरा पिउँदै

पोखरा, फागुन ४–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन् । उनले रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत रक्सी दिएका थिए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्