नयाँ वर्षमा रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

 न्यूज विराट
नयाँ वर्षमा रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २१ पुस । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले अंग्रेजी नयाँ वर्षको अबसरमा खाद्यान्न वितरण गरेको छ । यसअघि पनि पटक पटक वितरण गरेको क्लबले अंग्रेजी नयाँ वर्षको अवसरमा समेत मानव सेवा आश्रम, विराटेश्वर वृद्धाआश्रम, विराट बहिरा मा.वि. र बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

विराटनगरस्थित मानव सेवा आश्रम, विराट बहिरा माध्यामिक विद्यालय, विराटेश्वर वृद्धाश्रम र विराटनगर बखरीस्थित बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरिएको क्लबकी अध्यक्ष संचिता जैनले जानकारी दिइन् । उनले १५०० जनालाई पुग्ने खाद्यान्न वितरण गरिएको बताइन् ।

क्लबले ‘भोकालाई खाना देउ’ अभियान अन्तर्गत खाद्यान्न वितरण गर्दै आएको थियो । खाद्यान्न वितरणमा क्लबकी सचिव अनिता सारडा, जनसम्पर्क अधिकृत मञ्जुअग्रवाललगायत क्लबका सदस्यहरुको उपस्थिती थियो ।

६ महिनासम्म निरन्तर खाद्यान्न वितरण अभियानमा सहयोग पुर्याउने क्लबकी कोषाध्यक्ष सरिता गोल्छा, क्लब प्रशासन प्रमुख सोनी नेवटिया, खाद्यान्न वितरणमा योगदान गर्ने सदस्यहरू धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै ६ महिनासम्म निरन्तर खाद्यान्न वितरण अभियान सञ्चालन गर्न सहबनाउने सेवा परियोजना र महिला सशक्तिकरण समिति प्रमुख गिरिजा सारडा, स्वेती राठी लगायत सवैलाई आभार प्रकट गरेको छ ।

सम्बन्धित समाचार

रिडेफ नेपालको दलित अभियान ‘देखाउने दाँत’ संस्था उमेश विश्वकर्माको ‘कमाईखाने भाँडो’

विराटनगर, जेठ २५–किर्ते, आर्थिक अनियमितता र कर छलीलगायतको विवादमा मुछिएको संस्था रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माको विषयमा विभिन्न खुलासा भएको छ । दलित समुदायको अधिकारका विषयमा वकालत र पैरवी गर्ने भन्दै एक्सन एड, समता पाउण्डेसन,...

सूर्य थापाको टिप्पणी : सर्वोच्चको आदेश विरोधाभाषपूर्ण र आश्चर्यजनक

काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजिरविपरीत आदेश दिएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई काम गर्न रोक...

कटहरी–२ लाई सुकुम्बासी मुक्त बनाइने

विराटनगर, जेठ २१–मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण हुने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ र जीवन विकास...

बिकेभिए स्कुल पछाडी फोहरको डंगुर, उठाउन महानगरले देखाएन चासो

विराटनगर । विराटनगर – ११ स्थित बिकेभिएम स्कुलदेखि दक्षिण पछाडी फोहर र दुर्गन्धित बनेको छ । बजार क्षेत्रका सडक तथा नालामा फालिएका फोहर सडेर दुर्गन्धमय बनेको हो । एक हप्ताभन्दा बढी दिनदेखि फोहर उठाउने चासो...

वडा सदस्यकै अगाडी असईद्धारा निर्घात कुटिए चौलागाइ, खुट्टामा गम्भिर चोट

विराटनगर, बैशाख ९–मोरङको रतुवामाई नगरपालिका–५ मा वडा सदस्यकै आग्रहमा गोविन्दुर प्रहरी चौकीका इन्चार्जले एक व्यक्तिलाई निर्घात कुटपिट गरेका छन् । रतुवामाई नगरपालिका–५ स्थित रतिलाल टोलका ३६ वर्षिय टिकाप्रसाद चौलागाईलाई वडा सदस्य मोहनलाल दासकै अगाडी गोविन्दपुर...

काेशी नाम सच्याएर बहुपहिचानसहितकाे नाम राख्न माओवादीकाे माग

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश समितिकाे पाँचौं बैठकले प्रदेशकाे नाम खारेज गर्दै बहुपहिचानकाे आधारमा राख्न माग गरेकाे छ । साउन ३१ गते विराटनगरमा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । निर्णय सार्वजनिक...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४४७ डिस्चार्ज, २०७ संक्रमित थपिए

विराटनगर, ५ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ बाट चार सय ४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार दुई सय २६ पुगेको छ । प्रदेश...

एसविएससि सिङ्गिङ स्टारको छनोट चरण सकियो, सेमिफाइनलमा १ सय १६ जना छनौट

विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टार छनोट चरण सम्पन्न भएको छ । मोरङको चार ठाउँमा भएको छनोट चरणको अडिसन शुक्रबार सम्पन्न भएको हो ।संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना भएको सिङ्गङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्