नोबेलको विषय गम्भिररुपमा लिएको छु, समस्या समाधानका लागि पहल गर्छुः मन्त्री कार्की

 न्यूज विराट
नोबेलको विषय गम्भिररुपमा लिएको छु, समस्या समाधानका लागि पहल गर्छुः मन्त्री कार्की

विराटनगर, २० पुस । प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निरासा हुन नदिने बताउनुभएको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले शासक होइन जनताको सेवक भएर काम गर्ने बताउनुभयो । सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्ने उहाँको भनाई छ ।

अघिल्लो दुई तिहाईको सरकार र त्यसको नेतृत्व गरेका केपी शर्मा ओलीको तानाशाही शासक बन्ने मानसिकताका कारण फेरि पनि लोकतन्त्रका अवयव अन्योलको भूमरीमा फस्न पुगेको बताउँदै उहाँले त्यसलाई सही ठाँउमा ल्याउनका लागि चुनौति रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकको विकास सम्भव रहेको बताउँदै अहिले पनि कांग्रेससहित गठबन्धन दल त्यही भूमिकामा रहेको बताउनुभयो ।

मन्त्रालय सम्हालेको आज ६४ औँ दिन भएको बताउँदै उहाँले १४ वटै जिल्ला अन्तरगत प्रहरी चौकीहरुको मर्मत सम्भार गरि पूर्वधारको विकास गर्ने बताउनुभयो । अपराधिक घटना नियन्त्रण गर्ने, अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाई समाजमा पुनःस्थापित गराउने दायित्व मन्त्रालयले ग्रहण गरेको मन्त्री कार्कीको भनाई छ ।

ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो रहेको बताउँदै भारत तथा तेस्रो देशबाट आउने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइने व्यवस्था मिलाएको र संक्रमित पहिचान भएकालाई कोभिड १९ उपचार केन्द्र, होल्डिङ सेन्टर लगायत उपयुक्त तोकिएको ठाउँमा राखेर उपचार गरिएको बताउनुभएको छ ।

विपद व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय, युवा, विद्यार्थीलगायत नागरिक समाजसँग हातेमालो गर्दै तालिम, जनचेतना मूलक कार्यक्रम मन्त्रालयले गर्दै आएको उहाँको भनाई छ । प्रदेशको १३७ वटै पालिकामा स्वयम्सेवक समूह गठन गर्ने र यो समूहले विपद् व्यवस्थापन एवं लागूऔषधविरुद्ध अभियान पनि सञ्चालन गरिने छ ।

मन्त्री कार्कीले प्रदेशका सबै कारागारको व्यवस्थापनमा सुधार ल्याउने र निर्माण भएको कानूनलाई अध्ययन गरी संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने बताउँदै न्यायमा पहुँच नपुगेका नागरिकलाई सहायता गर्न प्रत्येक जिल्लामा सहायता कक्ष स्थापना गर्ने भन्दै सडक दुर्घटना कम गराउन सडक सुरक्षामा सरकार विशेष ध्यान दिने बताउनुभएको छ । आइतबार झापा कारागारको निरिक्षण गर्नुभएका मन्त्री कार्कीले अब चाँडै मोरङ कारागारको पनि निरिक्षण गर्ने र प्रदेशका सबै कारागारलाई व्यबस्थित बनाउने बताउनुभएको छ ।

ट्राफिक सप्ताह होइन, ट्राफिक सदा नारा आवश्यक छ भन्दै उहाँले ट्राफिक व्यवस्थापनमा सुधार गर्ने बताउनुभएको छ । यसअघि मन्त्रालयले ट्राफिक सप्ताह मनाएको थियो । अब भने ट्राफिक सदा भन्ने नारा व्यवहारमा लागू गर्नुपर्ने उहाँको धारणा छ । ट्राफिक प्रहरीसंग कसैको सोर्स नलागोस भन्दै उहाँले ट्राफिक अपराध सबैलाई कानूनी दायरामा ल्याइने बताउनुभयो ।

मन्त्री कार्कीले प्रदेशबाटै राजपत्र छाप्न मेशिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको बताउँदै सबैको हातहातमा राजपत्र पुर्याउने वचन दिनुभएको छ । प्रदेश १ का सञ्चार गृहको तथ्यांकीकरण गर्ने, पत्रकारको क्षमता अभिवृद्धि, संस्थागत विकासका साथै सञ्चारगृहहरुको अनुगमन गरी समस्या पहिचान गरिने उहाँले बताउनुभएको छ ।

नोवेल मेडिकल कलेजमा देखिको विषयलाई गम्भीर रुपमा लिएको बताउँदै उहाँले समस्याका समाधान गर्न पहल गर्ने बताउनुभयो ।

सम्बन्धित समाचार

भगत परिवारको घर भत्काएपछि रतुवामाईका मेयर विवादित, मेयरविरुद्ध खनिए स्थानीय राजनीतिक दल

विराटनगर, बैशाख २३–मोरङको रतुवामाई नगरपालिकाका मेयर रवीनले राई स्थानीय गंगाप्रसाद भगतले बनाउँदै गरेको घर भत्काइदिएपछी विवाद सुरु भएको छ । रतुवामाई–५ गोविन्दुर बजार स्थित भगतको आधा बनिसकेको घर मेयर राई आफै पुगेर भत्काइदिएपछी विवाद सुरु...

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौँ, २१ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन...

विराटनगरमा मापसे गरेर दुर्घटना, खेलकुद महासङ्घको अधिवेशनमा आएका प्रतिनिधीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका ५ बरगाछी अगाडी सवारी दुर्घटनामा परी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी एक जना प्रतिनिधिको मृत्यु भएको छ । आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा आइतबार राती...

प्रधानमन्त्री देउवाले उद्घाटन गरे टाइफाइडविरुद्धको खोप अभियान

काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख...

सुन्दरहरैँचा मेयरकप फुटवलः पथरीशनिश्चरे फाइनलमा

विराटनगर, ११ वैशाख । मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै पथरिशनिश्चरे नगरपालिका फाईनलमा प्रवेश गरेको छ । मोरङको सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा...

प्रधानमन्त्री ओलीले सही काम गरे, अराजकहरुलाई ठेगान लगाउने तरिका यही हो : बिजुक्छे

भक्तपुर, जेठ ८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनुभएको छ । अध्यक्ष बिजुक्छेले राजनीतिक पार्टीभित्र देखिएको दलीय अनुशासनहिनता अन्त्य गर्न यो कदम एकदमै सही...

बामदेव गौतमको घोषणा : म कुनैपनि गुटमा छैन

दाङ, मंसिर ६–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कार्यकर्ता माझ पुगेपछि भने आफु कुनै गुटमा नरहेको स्पष्टिकरण दिएका छन् । सचिवालय बैठकमा दोस्रो वरियताका अध्यक्षको पक्षमा लागेको भनिएका उपाध्यक्ष गौतमले आफू पार्टीको कुनै गुटमा...

बीपी प्रतिष्ठानबारे जाँचबुझ गर्न सरकारले बनायो समिति

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन १५ दिनको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्