ओमिक्रोन फैलिने जाेखिम बढ्यो, भिडभाड रोक्नु र मास्क अनिवार्य गराउनू:स्वास्थ्य मन्त्रालय

 न्यूज विराट
ओमिक्रोन फैलिने जाेखिम बढ्यो, भिडभाड रोक्नु र मास्क अनिवार्य गराउनू:स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ पुस । इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले सतर्कता अपनाउन पालिका, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयहरूलाई अनुरोध गरेको छ ।

‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सर्तक र पूर्वतयारीका साथ रहनु अपरिहार्य देखिन्छ,’ महाशाखाको अनुरोधमा भनिएको छ ।

जनस्वास्थ्यको मापदण्ड पालना गराउन, भिडभाड हुन नदिन र मास्कको प्रयोग अनिवार्य गराउन महाशाखाले पालिकाहरूलाई भनेको छ । कोभिड-१९ का केसहरूको पहिचान गरी आइसोलेसनमा राख्न र उपचारको समन्वय गर्न, कन्ट्याक्ट ट्रेसिङ तथा परीक्षण गर्न र सीमा नाकाबाट आउनेको परीक्षण तथा व्यवस्थापन गर्न स्थानीय सरकारलाई महाशाखाले भनेको छ ।

महाशाखाका निर्देशक डा. पौडेलले ओमिक्रोन भेरियन्ट बढ्ने संकेत देखिएकाले सतर्कता अपनाउन स्थानीय पालिकाहरूलाई अनुरोध गरिएको बताए । ‘भारतमा ओमिक्रोनको केस बढेको छ । नेपालको प्रवेश बिन्दुमा बढेकाले सतर्कता अपनाउन भनिएको हो,’ उनले भने ।

नेपालमा ओमिक्रोन भेरियन्ट फैलिएका वा नफैलिएकोबारे जिन सिक्वेन्सिङ गर्ने काम भइरहेको उनले बताए । ‘ओम्रिकोन भेरियन्ट बढ्ने संकेत देखिएको छ । जिन सिक्वेन्सिङ गर्ने काम भइरहेको छ,’ उनले भने । नेपालमा हालसम्म तीन जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

सम्बन्धित समाचार

एनसीडिए कोशीको आइतबार निर्वाचन : काफ्ले र बराल समूहको प्रतिस्पर्धा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको आइतबार निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनामा धनबहादुर काफ्ले र नगेन्द्र प्रसाद बरालको समूह चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनीहरुले दुई समूह बनाएर...

विराटनगर बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

विराटनगर, २५ माघ । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित...

न्यूरो अस्पतालका चिकित्सकमा पनि कोरोना

विराटनगर, साउन १७–विराटनगरस्थित न्यूरो अस्पतालका एक चिकित्यकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि विराटन नर्सिङ होम, म्याक्स र कोशी अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण देखिएकोमा न्युरो अस्पतालका चिकित्सकमा पनि...

एमालेले संविधानको धारा ७६ (५) लाई संशोधन गर्न पहल गर्ने

नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ ।  बुधबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न...

युवा संघ विराटनगरका अध्यक्ष लामाविरुद्ध ‘शरीर बन्धक’ कसुरमा उजुरी

विराटनगर । नेकपा एमालेका भातृ सङ्गठन युवा संघ नेपाल विराटनगरको अध्यक्ष किरण लामाविरुद्ध अपहरण, शरीर बन्धक, मिटर ब्याज र फिरौती कसुरको जाहेरी परेको छ । विराटनगर महानगरपालिका–११ बस्ने ३३ वर्षीय लामाविरुद्ध विराटनगर–८ का ३४ वर्षीय नवल...

न्यूरोले श्रमिकको सौलियतमा उपचार गर्ने, जिफन्ट र न्यूरोबीच सहमति

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले श्रमिकको सौलियतमा उपचार गरिदिने भएको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर न्यूरो हस्पिटलले श्रमिकहरूको सौलियतमा उपचार गरिदिने भएको हो । न्यूरो हस्पिटल र जिफन्ट कोशी प्रदेशबीच बुधबार...

मौज्दात खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै...

बढ्यो कोरोना, थप १ सय १३ जनामा संक्रमण

कोरोनाको संक्रमणदर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन थप १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २४ को परीक्षणमा १ सय १३ जनामा संक्रमण देखिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्