जन्ती बोकेको भारतीय जिप रौतहटमा दुर्घटना : पाँच जनाको मृत्यु

 न्यूज विराट
जन्ती बोकेको भारतीय जिप रौतहटमा दुर्घटना : पाँच जनाको मृत्यु

रौतहट । रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए ।

‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले भने, ‘पाँच जनाको मृत्यु भएको छ ।’

उक्त जिपमा सात जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका उनले बताए । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ,’ प्रवक्ता मल्लले बताए ।

उनका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिनसकेको उनले बताए ।

 

सम्बन्धित समाचार

पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव

चितवन, ४ मङ्सिर-तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण...

स्थायी कमिटीमा पोखरेल र यादवले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बोल्ने दुई नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल र मातृका यादवले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य...

कोरोना परीक्षण आंकडा ५० हजारनजिक, ४९ जना संक्रमित, १२ जना निको भएर घर फर्किए

काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरस परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ । आरडीटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

३ सय आइसोलेसन बेड थप गर्ने प्रदेश २ सरकारको निर्णय

जनकपुर, ७ जेठ-प्रदेश २ मा कोरोना संक्रमितको चाप बढ्न थालेपछि प्रदेश सरकारले ३ सय ५ को आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय...

७ दिनमा लुक्लाबाट ५१७ जनाको उद्दार, ४ दिनमा १५ सय बाहिरिए

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशलाई लकडाउन घोषणा गरेको छ ।११ चैतबाट लकडाउन लागू भएकोमा १२ चैतमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वयन समितिको बैठकले विभिन्न ठाउँमा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याउने निर्णय...

बेलायतले नेपाललाई २० लाख डोज कोरोना खोप पठाउदै

काठमाडौ, ९ जेठ । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक रुपमा वृद्धि भएसँगै नेपाललाई बेलायतले २० लाख २० लाख डो’ज अस्ट्राजेनेका खोप पठाउने भएको छ । यसअघि नेपाल लगायत दक्षिण एसियका राष्ट्रलाई तत्काल सहयोगको खाँचो रहेको...

कित्ताकाट खुलाउन नेपाल जग्गा तथा आवास विकास महासंघको माग

विराटनगर । नेपाल जग्गा तथा आवास विकास महासंघले सबै ठाउँका कित्ताकाट खुलाउनुपर्ने बताएको छ। सरकारले भूउपयोग नीति कार्यान्वयन गरेसँगै अधिकांश पालिकामा कित्ताकाट रोकिएको छ। पालिकाले जमिनको वर्गीकरण गरेसँगै कित्ताकाट गर्न सकिने व्यवस्था छ। महासंघले हालसम्म...

अखिल क्रान्तिकारीले आगजनी घटनाको जनायो विरोध

विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्थापना गरेको निर्वाचन कार्यालयमा भएको आगजनीको घटनाप्रति कडा विरोध जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका प्रतिनिधिहरूले यस घटनालाई गैरकानुनी र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्