विरोध साम्य पार्न सर्लाहीमा निषेधाज्ञा

 न्यूज विराट
विरोध साम्य पार्न सर्लाहीमा निषेधाज्ञा

सर्लाही, १२ पुस । जिल्ला प्रशासन कार्यालय, सर्लाहीले ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

इलाका प्रहरी कार्यालय केशरगंजको गस्ती टोलीको ना. १ झ ८६९ नम्बरको गाडीले आइतबार राति ईश्वरपुर नगरपालिका-५ का व्यापारी रामकुमार महतोलाई ठक्कर दिएको थियो । उपचारको क्रममा महतोको मृत्यु भएपछि आक्रोशित स्थानीयले सोमवार प्रहरीको ना. १ झ. ७४८२ नम्बरको गाडी जलाएका थिए ।

प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनीलगायतका घटना बढेकाले नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

आज दिउँसो ३ बजेदेखि भोलि साँझ ७ बजेसम्म लागू हुने गरी जारी गरिएको निषेधाज्ञामा स्थानमा कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाद्वारा जारी निषेधाज्ञा आदेशमा उल्लेख छ ।

सम्बन्धित समाचार

नेकपा सचिवालय बैठकमा झलनाथको फरक मत

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै रूपमा पेस गरेको प्रतिवेदन फिर्ता गर्न नहुने धारणा बैठकमा व्यक्त गरेका छन् । बैठक सकिएलगत्तै नेता खनालले दुवै प्रतिवेदन पार्टीको सम्पत्ति...

मान तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

विराटनगर । मानव तस्करीमा जोडिएका कोशी प्रदेश सांसद तथा पुर्व मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा...

वीपीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १२ असोज–सुनसरीको धरानस्तिथ बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । ज्वरो, खोकी, स्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण भएर आइतबार राती ११.५० बजे प्रतिष्ठानको इमेरजेन्सी वार्डमा भर्ना...

पारिवारिक ‘रिसिइबी’मा दाजुभाइ मिलेर झापामा किसानको हत्या

विराटनगर । झापाको मेचीनगर नगरपालिका – ८ मुनियाँटोलका ३५ वर्षीय सुन्दरीलाल किसानको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुनियाँटोलका ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसान छन्। उनीहरू...

जौको सातु र सर्वत खाएर अक्षय तृतीया पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी खाएर मनाइँदै छ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प...

पहिलो घण्टा नेप्सेमा युटर्न : साढे ११ बजे ८० अंकको ह्रास, १२ बज्दा २४ अंकको वृद्धि

कारोबार सुरु भएको पहिलो १५ मिनेटमा २६ अंकले ह्रास आएको मंगलबारको नेप्से कारोबारमा पहिलो ४५ मिनेटमा युटर्नका साथै त्यसपछिको १५ मिनेटमा उच्च अंकको उतारचढाव आएको छ । साढे ११ बजेसम्म अधिकतम ८० अंकले ह्रास आएको नेप्से...

विराटनगर मटेरुवा चोकबाट लागुऔषधसहित एक महिला पक्राउ

विराटनगर, ९ जेठ । विराटनगर मटेरुवा चोकबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१ कि ४१ वर्षीया रेखा न्यौपाने रहेकी छन् । उनलाई विराटनगर– १७ मटेरुवा चौकबाट प्रहरीले पक्राउ गरेको...

नेपाल टेलिकमको ४ गुणा बनोस, ९० पैसामा एमबी डाटा

नेपाल टेलिकमले २०७६ चैत २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्