नेपाल दक्षिण एसियाको उदाउदो सूर्य – अध्यक्ष ओली

 न्यूज विराट
नेपाल दक्षिण एसियाको उदाउदो सूर्य – अध्यक्ष ओली

काठमाडौं,१३ पुस । नेकपा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई पन्च गठबन्धनको बिकास बिरोधि कठपुतली भएको बताउनुभयो । सोमवार एमाले गौरादह नगर कमिटि द्वारा वडा नं. ४ स्कुलचौनमा आयोजित भेटघाट कार्यक्रममा सम्बोधन गर्दै ओलीले उक्त कुरा बताउनुभएको हो । एमालेको सरकारले सुरु गरेको बिकास निर्माण कार्यबाट डराएर पन्च गठबन्धनले आफु नेतृत्वको सरकार ढालेको अध्यक्ष ओलीले आरोप लगाउनुभयो । माधव नेपाल नामको बन्चरोले आफ्नै पार्टी चिर्न खोजेको छ, माधव नेपाल के भएको होला ? उहाँले प्रश्न समेत गर्नुभयो ।

गाउँमा बस्नेहरूले एमाले राम्रो बुझेका छन् तर जुन पार्टीले माधव नेपाललाई प्रधानमन्त्री बनायो, जुन पार्टीमा माधव नेपालले १५ वर्ष नेतृत्व गरे त्यही पार्टी फुटाउन बन्चरो लिएर आफैं जाइलागे, उहाँले भन्नुभयो । माधव नेपालहरुले प्रतिगमन भन्दै लोकतन्त्र मास्ने काम गरेको समेत उहाँले बताउनुभयो । उहिले उहिले ६० वर्ष पुगेका वृद्धलाई कम्युनिस्टले गोलि हानेर मार्छन् भन्ने आरोप खेप्नु पर्थ्यो अहिले त्यो आरोप सुन्नु परेको छैन, २०५१ सालमा हामीले वृद्ध भत्ता सुरु गर्दा कनिका छरेको आरोप लगाइन्थ्यो तर अहिले जेष्ठनागरिक, एकल र अपांगता भएकाहरूले प्रती महिना ४ हजार पाउन थाली सकेका छन्, यो सम्भव भएको एमालेकै कारणबाट हो, ओलीले भन्नुभयो । हामीले १ लाख सम्मको स्वास्थ्य बिमा सन्चालन गर्यौं, खाता समेत आफैंले खोली दिएका छौं । विपन्न आवास कार्यक्रम हाम्रै पार्टीको सरकार बाट सम्भव भएको हो उहाँले भन्नुभयो । एमालेलाई गलत भन्नेहरु मुखमा ताला लगाउन बाध्य भएको समेत उहाँले बताउनुभयो । ग्रामीण सडकहरु पक्की सडकमा रुपान्तरण भएका छन्, जताततै पुल र कलबर्ट बनेका छ्न्, बिकास निर्माणले तिब्रता पाएको छ उहाँले बताउनुभयो । नेकपा एमालेले बिकासको लहर सृजना गरेको छ, भारतको एउटा बन्दरगाह प्रयोग गर्ने नेपालले अहिले चीन संग पारवहन सन्धि गरेपछि चिनियाँ बन्दरगाह पनि प्रयोग गर्न सकिएको छ र अहिले चीन र भारत गरि ४ वटा बन्दरगाह प्रयोग गर्न थालिएको छ। आर्थिक रूपमा हामी हिजो निकै पछाडि थियौं, धेरैनै बिदेशी सहयता लिनु पर्थ्यो, अहिले हामी सक्षम बन्दै गएका छौँ , थुप्रै नयाँ नयाँ बिद्यालय बनाउदै गएका छौँ, बिकासको गति तिब्र भएको छ, स्वास्थ्य केन्द्र निर्माण गर्दैछौँ, कृषिमा आधुनिकीकरण योजना र त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना हाम्रै पार्टीको देन हो, राष्ट्रपति महिला उत्थान कार्यक्रम, राष्ट्रपति शैक्षिक जागरण कार्यक्रम, पुर्वाधार विकास कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम जस्ता कार्यक्रमहरु हामीले सन्चालन गरेका छौँ, एमाले अध्यक्ष ओलीले भन्नुभयो ।

आज सहरहरूमा अनाथ भएका, अभिभावक विहिन बालबालिकाले खाते भएर हिड्नु परेको छैन, सबै कुराको प्रबन्ध सरकारले गरेको छ । जनताका समस्यालाई समाधान गर्नकालागि नेकपा एमालेको सरकार चाहिन्छ नेपालमा, उहाँले भन्नुभयो ।सेना, प्रहरी र सिपाहीहरु श्रेणीविहिन अवस्थामा थिए, २०५१ सालमा मैले गृहमन्त्री हुँदा श्रेणी बिभाजन गरेको थिएं। ओलीले स्मरण गर्नुभयो ।

कोभिडको अत्यन्तै प्रतिकुल अवस्थामा कर्मचारीको तलब २५ प्रतिशतले र मजदुरको तलब ४० प्रतिशतले हाम्रै सरकारको पालामा बढाइएको थियो । विकासको हिसाबले भन्ने हो भने विश्वका तिब्र आर्थिक विकास गर्ने १० मुलुक मध्येमा नेपाल पनि परेको छ यहि कारण विश्व वैंकले नेपाललाई राइजिङ स्टार अफ साउथ एसिया अर्थात राइजिङ स्टार अफ साउथ एसिया भनेर हाम्रो देशलाई सम्मान गरेको छ । बालबालिका र सामाजिक जागरणको क्षेत्रमा, कुरिती र कुसंस्कारका विरुद्ध नेकपा एमालेले चलाएको अभियान र त्यसले प्राप्त गरेका उपलब्धिहरु प्रसंसनिय छन् । बाल शिक्षाको सम्बन्धमा, बिद्यालय भर्ना सम्बन्धमा हामीले गरेको प्रगति असाधारण छ, गरिबी निवारणको सम्बन्धमा २२ प्रतिशत निरपेक्ष गरिवीको रेखामुनि रहेको नागरिकको सम्बन्धमा हामीले असाधारण काम गरेका छौँ ।महारानी झोडाको जग्गा सम्बन्धि समस्यामा मेरो नेतृत्वको सरकारले ९५ प्रतिशत काम सम्पन्न गरेपछि सरकार ढालियो, गठबन्धन सरकारले सबै काम लथालिङ्ग बनाइदियो , उहाँले भन्नुभयो ।तपाईंहरु चिन्ता नगर्नुहोस्, निर्वाचन पछि हामी पुनः सत्तामा जाने छौं अनि झोडाबासीका घर घरमा धनीपुर्जा पुर्याइदिने छौँ, अध्यक्ष ओलीले भन्नुभयो ।

सम्बन्धित समाचार

बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी प्रदान

विराटनगर । धनकुटा पाख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । वडा अध्यक्ष भोगेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बालबालिकालाई सहयोग सामग्री वितरण गरिएको हो ।जाडोमा लगाउने ट्राकसुट...

अत्याधुनिक भवनबाट न्यूरो हस्पिटलको सुपरस्पेशियालिटी सेवा, १.५ टेस्लाको एमआरआई सुचारु

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विरामीलाई सुपरस्पेशियालिटी सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न ६ तलाको भवनबाट सेवा सुरू गरेको छ । अत्याधुनिक उपकरणहरू जडान गरेर न्यूरोले नयाँ बनेको भवनबाट विरामीलाई सुपरस्पेशियालिटी सेवा सुरु गरेको...

वीपीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १२ असोज–सुनसरीको धरानस्तिथ बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । ज्वरो, खोकी, स्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण भएर आइतबार राती ११.५० बजे प्रतिष्ठानको इमेरजेन्सी वार्डमा भर्ना...

तेली समाजद्धारा एक सय बढीलाई सम्मान

विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्यसमितिले समाजका एक सय बढी ब्यक्तीलाई सम्मान गरेको छ ।विराटनगरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । समाजले समुदाय भित्रका मेधावी विद्यार्थी, चिकित्सक, स्वास्थ शिक्षा, शिक्षा...

इँटा उद्योगका ३ हजार भारतीय मजदुरको घर फर्कने चाहना

भद्रपुर, ३ वैशाख-झापाको इँटा उद्योगमा काम गरिरहेका ३ हजार जना भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् । इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष...

मृगौला पीडितको याचना

विराटनगर । मोरङको एक जना मृगौला पीडित विरामीले सहयोगको याचना गरेका छन् । ३५ वर्षीय रमेशकुमार सुतिहाले मृगौला बिग्रिएपछि उपचारको लागि सहयोगको याचना गरेका हुन् । दुई वर्षअघि विदेशबाट फर्किएका रमेशकुमार सिकिस्त बिरामी छन् ।...

कोरोना सतर्कताः विराटनगर विमानस्थलमा साढे ३ हजार जनाको परिक्षण

विराटनगर, फागुन ३०–कोरोनाका विषयमा सतर्कता अपनाउन विराटनगर विमानस्थलमा राखिएको हेल्थ डेक्समा हालसम्म साढे ३ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ । विमानबाट विराटनगर आउने यात्रुहरूलाई परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हेल्थ डेक्समा हालसम्म ३ हजार...

नम्वर प्लेट स्पष्ट नभएका सवारीलाई ‘अन द स्पोट’ नम्वर लेखाउँदै ट्राफिक

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्ला भित्र गुडिरहेका सवारी साधनहरूलाई चेकिङ गर्ने क्रममा नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरूलाई अन द स्पोट नम्वर लेखाउने अभियान सुरु गरेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्