पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात, दैनिकी कष्टकर

 न्यूज विराट
पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात, दैनिकी कष्टकर

भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।

प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुसको सुरुआतमै हिमपात भएको हो ।
पाँचथरमा पर्ने तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरु विन्दु चिवाभञ्ज्याङ क्षेत्र हिउँले ढाकिनुका साथै करिब दुई किलोमिटर तलसम्म सडकमा हिउँ जमेको छ । याङवरक–२ का सन्तप्रसाद बेघाका अनुसार दुई वर्षअघि मंसिर महिनाको अन्त्यमा समेत हिउँ परेको थियो । यसपालि सामान्य वर्षापछि हिउँ पर्न थालेको बेघाले जानकारी दिए ।

‘हिउँ धेरै दिनचाहिँ रहँदैन । तर यसपालि चाँडै हिमपात सुरु भयो’, उनले भने, ‘हिमपातपछि चिसो अत्यधिक बढेको छ ।’ हिमपात भएका क्षेत्रमा चौँरी तथा भेडीगोठ छन् । तर चिसो बढ्ने भएपछि गत कात्तिकबाटै गोठ गाउँबस्तीको नजिक सारिएका छन् । ‘गाउँको छेउमा सारिए पनि चिसोको प्रभाव पर्ने नै भयो’, उनले भने ।

हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ । पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीन सिमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) राखिएका छन् । बिओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको हो । नेपालसँग सीमा जोडिएको भारतको सिक्किम क्षेत्रमा समेत हिमपात भएको छ । जिल्लामा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू–भाग पर्दछ । उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनीजस्तो हिमपात हुने गरेको छ ।

सम्बन्धित समाचार

जीवन विकासको वार्षिक उत्सवमा विविध कार्यक्रम 

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४...

रातह वितरणमा अनियमितता भएको भन्दै स्थानीय आक्रोशित

सप्तरी, चैत २९–सप्तरीको सप्तकोशी नगरपालिका–८ मा राहत वितरणमा अनियमितता भएको भन्दै स्थानिय आक्रोसित बनेका छन्। नगरपालिकाको मापदण्ड विपरित वडा कार्यालयले राहत प्याकेज घटाएर बितरण गरेको भन्दै स्थानिय आक्रोसित बनेका हुन । सप्तकोशी नगरपालिकाले लक डाउन...

संक्रमित बढेपछि लकडाउनका विषयमा उच्चस्तरीय समिति अन्योलमा

काठमाडौं, २२ वैशाख-२५ वैशाखपछि जारी लकडाउनलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा सरकार अन्योलमा परेको छ ।लकडाउनबारे सुझाव दिन बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकमा २५ वैशाखपछि के गर्ने भन्ने विषयमा सहमति हुन सकेन ।...

ब्रोकर संख्या थप्न चौतर्फी दवाब, नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने अन्तिम तयारीमा धितोपत्र बोर्ड

काठमाण्डौ, २० असार । अहिले सेयर बजारमा आमसहभागिता निकै बढेको अवस्था छ । हाल रहेका ५० वटा ब्रोकर पर्याप्त नभएको भन्दै चौतर्फी रुपमा ब्रोकर संख्या थप्ने दबाब पर्न थालेको छ । आम चासोको विषय बनेको...

कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या १३३७ पुग्यो

काठमाडौं, ८ मंसिर-कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको...

पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ

काठमाडौं, ११ साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ । कोइरालाले पत्नी गीता...

सरकारसँग ऋण लिएर आयल निगमले आईओसीलाई पठायो १३ अर्ब बढी भुक्तानी

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड लिएर जनवरी महिनाको...

कृषि उपजको सूचना प्रवाह गर्ने ‘कृषि मुल्य सूचना प्रणाली’ सञ्चालन

विराटनगर । कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । प्रमुख कृषि बजारहरुमा पाइने कृषि उपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले बुधबारदेखि उक्त सूचना प्रणाली संचालनमा ल्याएको हो । मूल्य सूचना प्रणाली सार्वजनिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्