गाउँपालिका अध्यक्ष जालिम मियाँसहित माओवादी-कांग्रेस र जसपाका ५ हजार नेता-कार्यकर्ता एमाले प्रवेश

 न्यूज विराट
गाउँपालिका अध्यक्ष जालिम मियाँसहित माओवादी-कांग्रेस र जसपाका ५ हजार नेता-कार्यकर्ता एमाले प्रवेश

पर्सा, पुस ८ । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहित सत्तारुढ कांग्रेस, माओवादी र मधेसवादी दलका ५ हजार भन्दा बढी नेता–कार्यकर्ता एमाले पवेश गरेका छन । जगरनाथपुरमा आज आयोजित बिशाल सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गाउँपालिकाका निर्वाचित अध्यक्ष मियाँसहित सो संख्यामा एमालेमा स्वागत गर्नुभयो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित मियाँसहितका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने भएपछि अध्यक्ष ओली आज जगरनाथपुर आउनु भएको हो । गाउँपालिका स्तरीय कार्यक्रम भएपनि एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएपछि स्थानीय जनता स्वतःफुर्त रुपमा कार्यक्रममा सहभागी भएका थिए ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासहित ठूलो समुहलाई पार्टीमा स्वागत गर्न अध्यक्ष ओली आज यहाँ आउनु भएको हो । ओलीले आज सवैलाई स्वागत गर्दै सही पार्टी छनोट गरेकोमा बधाई दिनुभयो ।

सम्बन्धित समाचार

डुब्यो चितवनमा गठबन्धनले चुनावीसभा गर्न लागेको ठाउँ

काठमाडौं । चितवनको भरतपुर बसपार्कमा सत्तागठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको गाउँ डुबानमा परेको छ । रातभरजसो परेको पानीले चुनावी सभास्थल भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो । सभाका तयार पारिएको मञ्च र...

धरानस्थित बीपी प्रतिष्ठानमा अख्तियारको छापा

विराटनगर, ३१ जेठ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति अन्त्यको धरान नागरिक दबाब सञ्जाल सक्रिय भएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रतिष्ठानमा छापा मारेको छ । आयोगको इटहरीस्थित कार्यालयका निमित्त कार्यवाहक...

नयाँ मन्त्रीहरूको सपथग्रहण

काठमाडौं, जेठ २१ -नवनियुक्त मन्त्रीहरूले सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित बिशेष समारोहबीच राष्ट्रपति बिद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । यस्तो...

कांग्रेस अधिवेशन : प्रदेश सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

पोखरा, १६ मंसिर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क...

रञ्जन कोइरालाको रिहाइ प्रति प्रदेश सांसदहरूको बिरोध

विराटनगर, साउन ९–सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइराला रिहाइ गरेको प्रति प्रदेश–१ का सांसदहरूले बिरोध गरेका छन् । शुक्रबारको संसद बैठकमा सांसदहरूले श्रीमती मार्नेलाई सर्वोच्च अदालतले छुटकारा दिएको भन्दै बिरोध गरेका हुन् । संसदको शून्य...

गण्डकी प्रदेशमा थप २ जना कोरोना पुष्टि, संक्रमितको सख्या ५६ पुग्यो

पोखरा, २३ जेठ-गण्डकी प्रदेशमा थप २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । तनहुँको ऋषिङ गाउँपालिका घर भएर सोही पालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना पोजिटिभ देखिएको हो । ३९ र ४० वर्षका २ जना...

सरकारको नारा : चिनौँ आफ्नो माटो, बनाउँ आफ्नो देश

काठमाडौं, २ जेठ-सरकारले चिनौँ आफ्नो माटो, आफ्नो माटो बनाए आफ्नै देश कार्यक्रम अघि बढाउने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । यो कार्यक्रमअन्तर्गत स्नाकोत्तर...

फामेर्सी अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ

विराटनगर, १३ फागुन । विराटनगरबाट एक अधिकृत घुससहित पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बिहीबार अपरान्ह...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्