डब्लूएचओको चेतावनी : ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक

 न्यूज विराट
डब्लूएचओको चेतावनी : ओमिक्रोन अप्रत्यासित ढंगले फैलियो, नजरअन्दाज गर्दा परिणाम भयानक

न्युयोर्क, मंसिर २९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ ।

डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रियसले नयाँ भेरियन्ट ७७ बाहेक अन्य देशहरुमा पनि फैलिएको हुन सक्ने अनुमान गर्नुभएको छ । ओमिक्रोन नियन्त्रण गर्न देशहरुले पर्याप्त तयारी नगरेको उहाँले बताउनु भयो ।

‘अहिले धेरैले नयाँ भाइरसलाई नजरअन्दाज गरेका छन् । ओमिक्रोनले गम्भीर असर नगरे पनि यसको अप्रत्यासित संक्रमण दर वास्तवमै चिन्ताजनक छ,’ उहाँले भन्नुभयो । ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नोभेम्बरमा देखिएको थियो । नयाँ भेरियन्ट देखिएसँगै दक्षिण अफ्रिकामा दैनिक संक्रमितको संख्या पनि बढेको छ । स्वंयम राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड भएको छ र उहाँ अहिले आइसोलेसनमा हुनुहुन्छ ।

ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । नयाँ भेरियन्टका लागि बुस्टर डोज आवश्यक भएको भन्दै केही देशले खोप अभियानलाई तीव्र पारेका छन।

सम्बन्धित समाचार

शिक्षादीप कलेजलाई सफलता : पाँच विद्यार्थीले निकाले एमबीबीएमा नाम, इन्जिनियरिङ्गमा टप १०० भित्रमा चार विद्यार्थी

विराटनगर । संघिय राजधानी बाहिर मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने कलेजको रुपमा परिचित बनेको विराटनगर– ९ मा रहेको शिक्षादीप कलेजले यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएको छ ।...

नेकपा संसदीय दलको बैधानिक बैठक आज बस्दै

काठमाडौं, २२ फागुन । नेकपा संसदीय दलको बैधानिक बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा संसदीय दलको बैठक बस्न लागेको हो । आजको बैठकले पुनर्स्थापित प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने निर्क्यौल गर्नेछ । बैठकमा...

कोरोना संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु

विराटनगर, ३२ साउन–विराटनगरकी एक कोरोना संक्रमित महिलाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । विराटनगर–२ की ५० बर्षीया महिलाको उपचारको क्रममा आईतवार बिहान १ बजेतिर निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश...

प्रदेश १ : हालसम्म ६० हजार को कोरोना परीक्षण

विराटनगर, २७ साउन-प्रदेश १ मा हालसम्म ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबार साँझ सम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६ सय ८० वटा पीसीआर परीक्षण भएको छ ।...

संखुवासभाको मादी हत्याकाण्डका चार जनालाई आजिवन कारावासको सयाज

विराटनगर, २१ असार । संखुवासभाको मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । मादी नगरपालिका–१ स्थित खोलागाउँमा एकै परिवारको ६ सदस्यको हत्या प्रकरणमा चार जनालाई जिल्ला अखालत संखुवासभाले आजीवन...

डुङ्गा पनि किनारमै थन्किए

राजविराज, २७ वैशाख-वन्दाबन्दीका कारण डुङ्गा चलाउन नपाउँदा पुर्ख्यौली पेसाका रूपमा सप्तकोशीमा माछा मारेर गुजारा चलाउँदै आएका सप्तरीको १ सय ५० परिवार मुखिया समूदायलाई हातमुख जोर्न समस्या परेको छ । लकडाउन कार्यान्वयनका क्रममा स्थानीय प्रशासनले डुङ्गामा...

सत्ता गठबन्धन स्थानीय तहको चुनाव सार्न जालझेल गर्दैछ:गोकर्ण विष्ट

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन भएको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सचिव विष्टले संविधान र...

पाटन अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीका १ पुरुष रहेका छन् । अस्पतालका अनुसार उनीहरूको आज बिहान मृत्यु भएको हो । त्यस्तै,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्