सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

 न्यूज विराट
सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

काठमाडौँ, २७ मङ्सिर-रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र विस्तारले गति लिएको छ ।
प्राधिकरणले कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेशन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेशनमा लगिएको छ । सबस्टेशनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।
सबस्टेशनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि चार वटा फिडर निकालिएको छ । यसमध्ये तीन वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ । मोतीपुर सबस्टेशनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा विद्युत् आपूर्तिका लागि क्रमशः ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत् आपूर्ति भइरहेको थियो । लामो लाइनबाट विद्युत् आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्पझ्याप्प बत्ती जानेलगायत समस्या थियो ।
अब मोतीपुर सबस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने र प्राविधिक चुहावट पनि घट्ने छ । सालझण्डीमा ३३÷११ केभी क्षमताको सबस्टेशन निर्माणाधीन छ । सबस्टेशनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुनेछ । बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेशन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ ।
सन्धिखर्क सबस्टेशन आगामी १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क खण्ड प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको निर्माण सम्पन्न भएको छ । यस खण्डमा पर्ने ३८ किलोमिटर प्रसारण लाइनमध्ये १३ किलोमिटर तार टांगिएको छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।
कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङका विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेशन निर्माणाधीन छन् ।
नेपाल सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करिब रु ३ अर्ब छ । आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित समाचार

मोरङको ग्रामथान अध्यक्षमा माओवादीका नमो नारयण माझी निर्वाचित

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारयण माझी निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतले हराउँदै माझी निर्वाचित भएका हुन् । निर्वाचित...

फुलकुमार लालवानीलाई महामूर्खको उपाधि

विराटनगर । विराटनगरका फुलकुमार लालवानीले महामूर्खको उपाधि पाएका छन् ।काँग्रेसका नेता लालवानीलाई मारवाडी यूवा मञ्च विराटनगरले सम्मान स्वरुप महामूर्खको उपाधि प्रदान गरेको हो । मारवाडी यूवा मञ्चले होलीको अवसर पारेर प्रत्येक वर्ष महामूर्खको उपाधि प्रदान...

भारत तस्करी हुन लागेको १९६ केजी गाँजा विराटनगरबाट बरामद

विराटनगर । भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको छ । विराटनगर १८ फोरलाइन स्थितमा खेतमा राखेको परालमा बेबारिसे अवस्थामा पलाष्टिकको झोलामा प्रहरीले १९६ किलो गाँजा बरामद गरेको...

विराटनगरमा गाउँघर क्लिनिकको सेवा विस्तार

विराटनगर । विराटनगर महानगरपालिकामा पहिलो पटक वडास्तरमा गाउँघर क्लिनिकको सेवा विस्तार गरिएको छ । सेवाको विस्तार विराटनगर ८ बाट गरिएको हो । विराटनगर ८ मा प्रत्येक महिनाको ९ र १० गते गाउँघर क्लिनिकको सेवा प्रवाह...

लकडाउन र निषेधज्ञाको विकल्प खोज्दै प्रदेश १ सरकार

विराटनगर, १८ भदौ–प्रदेश १ सरकारले लकडान र निषेधज्ञाको विकल्प खोज्ने तयारी गरेको छ । प्रदेश १ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले लकडाउन र निषेधज्ञाको बिलप खोजिने बताएका हुन् । उनले सुरक्षा...

१४ औं प्याब्सन स्पोर्ट्स मिट हुने, तीन हजार बढी विद्यार्थीले भाग लिने

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट हुने भएको हो । प्याब्सनले मंगलबार पत्रकार सम्मेलन गरी...

नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा पन्त, महासचिबमा संजीव शर्मा कट्टेल

विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा ललित मोहन पन्त निर्वाचित भएका छन् । प्राप्त मतमरिणाम अनुसार ललितमोहन पन्तले ५४० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी डा रोभसकुसुम सुवेदीले ३६४ मत मात्रै प्राप्त...

तेस्रो लहरको चेतावनी दिँदै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयले भन्यो- पूर्वाधार तयारी अवस्थामा राख्नु

काठमाडौं, ७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्