नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

 न्यूज विराट
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले जनाएको छ । उद्घाटन कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् ।विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने कांग्रेसले जनाएको छ ।

महाधिवेशन उद्घाटन हुनुअघि आज बिहान १० बजे महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन हुनेछ । उद्घाटन सकेपछि आजै बन्दसत्र सुरु गर्ने तयारी छ ।नयाँ नेतृत्वको लागि मतदान भने सोमवार बिहान ८ बजेदेखि सुरु गर्ने कार्यतालिका छ ।

महाधिवेशनले आउँदो ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

सम्बन्धित समाचार

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक

काठमाडौं, २५ भदौ-नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् ।  उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई...

कोरोनाले छेक्यो सिरुवा पर्वको रौनक

विराटनगर, १ वैशाख-नयाँ वर्षको आगमनसँगै तराईका विभिन्न जिल्लामा सिरुवा पर्वको अवसरमा लाग्ने मेला यस वर्ष कोरोना भाइरसको जोखिमका कारण नलाग्ने भएको छ । सिरुवा पर्वमा जुड शीत्तल मनाउने र आफ्ना खेतबारीमा रहेका बोट बिरुवामा पानी...

कोरोनाबाट ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो

काठमाडौं, १५ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु...

अरनीको स्कुलमा भएको स्पोर्ट्स मिट सकियो

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको ४ दिने ‘अरनिको स्पोट्र्स मिट २०७९’ सकिएको छ । चार दिनसम्म ट्रयाक इभेन्टस , फिल्ड इभेन्टस,ग्रुप इभेन्टस्लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट आक्ष्तबारबार सम्पन्न भएको...

खेलाडी उत्पदान गर्न विराटनगरमा ग्रासरूट फुटबल प्रशिक्षण

विराटनगर । विराटनगरको जुटमिलको खेलमैदानमा ‘ग्रासरूट फटुबल प्रशिक्षण’ सुरू भएको छ । मिल्स गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा ग्रासरूट फुटबल प्रशिक्षण सुरू भएको हो । नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा...

डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो

डडेल्धुरा, ३१ जेठ-डडेल्धुरामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ...

सडक आश्रित महिलाको उद्धार

विराटनगर १४ असोज –प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार एक सडक आश्रित महिलाको उद्धार गरेको छ । सामाजिकविकास मन्त्रीजीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वालगायतको टोलीले मोरङको बुढीगंगा १ बाट २१ बर्षीया धना विश्वकर्माको उद्धार गरेको...

सकियो अन्तर विद्यालय स्तरीय विज्ञान प्रदर्शनी, कुन विद्यालयले के पाए पुरस्कार ?

विराटनगर । अन्तर विद्यालय स्तरीय विज्ञान प्रदर्शनीको प्रथम विराटनगर २ मा रहेको सेन्ट म्यारिज स्कुल भएको छ । विराटनगर महानगरपालिकाले आइतबार आयोजना गरेको उक्त प्रर्दशनीमा विराटनगरका ३४ विद्यालयहरुलाई पछि पार्दै सेन्ट म्यारिज स्कुल प्रथम भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्