महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए - News Birat

महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए

न्यूज विराट

धरान, २० मंसिर । सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् ।

क्याम्पसको जग्गा संरक्षण गर्न नसकेको भन्दै विद्यार्थीहरूले विद्यार्थी संगठनहरुको अगुवाईमा सोमबार क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् । विद्यार्थीहरूले भण्डारीको बन्द रहेको कार्यकक्ष पस्ने ढोकाको ताला फोडेर कुर्सी बाहिर ल्याएर जलाएका थिए ।

क्याम्पसको करिब ४५ करोड मुल्यको जग्गा विवादको फैसलामा मोहीको नाममा सार्न सुनसरीको इनरुवास्थित भूमि सुधार तथा मालपोत कार्यालयले फैसला गरेपछी विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।

आन्दोलनरत विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनका कार्यकर्ताले क्याम्पसको जग्गा संरक्षण समितिसमेत बनाएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles