विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

विराटनगर, १६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १४, उर्लाबारीमा २, झापाको मेचीनगरमा ७, दमक र शिवसताक्षी १–१, सुनसरीको धरानमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४ महिला र ३८ पूरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरबाट एक सडक आश्रितको उद्धार

विराटनगर, २८ असार–विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई आज उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट ती व्यक्तिको उद्धार...

रमपम विराट गोल्डकप, मोरङलाई हराउँदै आर्मी सेमिफाइनलमा

विराटनगर । विभाग्य टिम त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ ११ लाई १–०...

पार्टी महाधिवेशनलगत्तै देउवाले संसद विघटन गर्छन्:हृदयेश त्रिपाठी

पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन् । त्रिपाठीले देउवा नेतृत्वको सरकारको आयु वैैशाखसम्मको मात्र भएको दावी गरे । गृहजिल्ला पश्चिमनवलपरासीमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस महाधिवेशनलगत्तै देउवा...

नमुना विद्या मन्दिर स्कुलले मनायो अभिभावक दिवस

विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा...

‘राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक’

विराटनगर । राजस्व चुहावट, अवैध तस्करीजस्ता कार्यलाई नियन्त्रण गरी वैध बाटोबाट आयात–निर्यात गर्ने कार्यलाई प्रोत्साहन गर्न सम्बद्ध सबै पक्षको सहयोग र सहकार्यको आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् । विराटनगर भन्सार कार्यालयले ७१ औं...

प्राविधिक शिक्षामा बढ्दो आकर्षण, विद्यार्थीको रोजाइमा कोशी हेल्थ

विराटनगर । पढाइ सकिएलगतै रोजगारी सुनिश्चित हुन थालेपछि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको...

सभापतिका आकांक्षी डा. शेखर कोइराला प्रदेश १ मै कमजोर, कोइराला परिवारको आधार क्षेत्रमै देउवाले गाडे झण्डा

विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । उनलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन थियो । पौडेल समूहबाट उम्मेदवार बनेका गुरुराज घिमिरे २ मतले...

पाटन अस्पतालमा कोरोना स‌ंक्रमित युवकको मृत्यु

काठमाडौं, १४ भदौ-पाटन अस्पतालमा उपचाररत कोरोना स‌ंक्रमित युवकको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना पुष्टिपछि २८ साउनदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्