२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान

 न्यूज विराट
२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान

सिबी अधिकारी, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने भएको हो ।

महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण २०७६ चैतदेखि स्थगित उडान पुनः सुचारु हुने भएको निगमले जनाएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले महामारीका कारण स्थगित गरिएका मुम्बई र बैङ्लोर उडान पुनः सुरु गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । योसहित अब साविकबमोजिम भारतका तीनवटै गन्तव्य नयाँदिल्ली, मुम्बई र बैंलोरमा निगमको नियमित उडान हुनेछ ।

सन् २०२० मार्च २१ तारिखदेखि भारतको बैङ्लोरमा नेपाल एयरलाइन्सको उडान हुन सकेको थिएन । अध्यक्ष अधिकारीका अनुसार डिसेम्बर १७ तारिखदेखि मुम्बईमा साताको दुई दिन हरेक शुक्रबार र सोमबार नेपाल एयरलाइन्सको उडान हुनेछ । त्यसैगरी बैङ्लोर गन्तव्यमा पनि डिसेम्बर १८ तारिखदेखि साताको दुई दिन हरेक शनिबार र मङ्गलबार उडान हुनेछ । दुवै गन्तव्यका लागि छिट्टै टिकटको बुकिङ पनि खुला गरिनेछ ।

काठमाडौँ–बैङ्लोर–काठमाडौँको उडान धार्मिक पर्यटनका दृष्टिले पनि राम्रो मानिन्छ । छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आउने गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडान तथा उडान सङ्ख्या बढ्ने भएकाले अब नेपाल आउने भारतीय नागरिक बढ्ने अनुमान गरिएको छ । नेपाल एयरलाइन्सको बैङ्लोरकी स्टेसन म्यानेजर रीतादेवी राईले भारतबाट नेपाल आउन चाहने धेरैभन्दा धेरै धार्मिक यात्रु प्रतीक्षारत रहेको बताउनुभयो । उहाँले एक दुई दिनभित्रै अग्रिम बुकिङ खुलाइने जानकारी दिनुभयो । बैङ्लोरबाट नेपाल आउने धार्मिक पर्यटकको सङ्ख्या ठूलो रहेकाले यो गन्तव्यको व्यापार पनि राम्रो हुने म्यानेजर राईको भनाइ छ ।

दिल्लीमा सात उडान थपियो

नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सातामा सात उडान थप्ने भएको छ । कोभिड महामारीपछि उडान स्थगित भएको केही समयपछि एयर बबल सम्झौताअनुसार सुरुमा साताको दुई तथा हाल दैनिक एक उडान गर्दै आएको नेपाल एयरलाइन्सले अब दैनिक दुई उडान भर्ने तयारी गरेको एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीले अब दैनिक दुई उडान गर्ने गरी हाल भइरहेका सातामा सात उडानलाई १४ बनाउन लागिएको जानकारी दिनुभयो । एयरलाइन्सको व्यापारिक हिसाबले नयाँ दिल्ली महत्वपूर्ण मानिन्छ । यो गन्तव्यमा दुइतर्फी यात्रुको चाप रहन्छ ।

दुबईमा पनि उडान थपिँदै

नेपाल एयरलाइन्सले दुबई गन्तव्यमा पनि उडान थप्ने भएको छ । दुबईमा पनि सातामा सात उडान भइरहेकामा अब थप दुई उडान थपेर सातामा नौ उडान सञ्चालन गरिनेछ । यो गन्तव्यमा डिसेम्बर ५ तारिखदेखि दुई उडान थप गरिने एयरलाइन्सले जनाएको छ ।

साउदी अरेबियामा पनि छिट्टै उडान

नेपाल एयरलाइन्स नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ । निगमका अध्यक्ष अधिकारीका अनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा सातामा दुई उडान गर्नेगरी तयारी भइरहेको छ । जिएसए छनोट भई त्यहाँको सिभिल एभिएसनबाट उडान अनुमति लिने प्रक्रिया करिब अन्तिम चरणमा रहेकाले ढिलोमा महिना दिनभित्रै उडान सञ्चालन गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाईड बडी ए ३३० जहाज छन् । रासस

सम्बन्धित समाचार

२४ घण्टामा १२०७ संक्रमित थपिए, ११४७ जना डिस्चार्ज

काठमाडौं, १० असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

प्रदेश १ मा ३८ कोरोना संक्रमित थपिए, ६ जना डिस्चार्ज

विराटनगर, १९ असार–प्रदेश १ मा शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक...

आइतबारयता भेटिएका छैनन् नयाँ संक्रमित

आइतबारयता गरिएका कोरोना भाइरस (कोभिड-१९) परीक्षणमा कुनै पनि व्यक्तिमा संक्रमण भेटिएको छैन् ।नेपालमा कोरोना भाइरसको नवौँ सक्रमित भेटिएको ६ दिनसम्म नयाँ संक्रमित भेटिएका छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिडसम्बन्धी ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकाश...

छिमेकी देशसँगको सहकार्यमा कोरोना संक्रमण रोकथाम गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्रहरूसँगको सहकार्यमा कोरोना संक्रमण रोकथाम गरिने बताएका छन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण प्रवेश नहोस् भन्दै उच्च सतर्कता अपनाएको समेत बताए । पहिलो प्राथमिकता नेपालमा कोरोना संक्रमणलाई प्रवेश नहोस्...

पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान

काठमाडौं, ५ भदौ-कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक वर्ष...

अब विद्युतिय माध्यामबाटै आयकर बुझाउन सकिने

विराटनगर, साउन १४–वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्ने साना करदाताले अब विद्युतिय माध्यमबाटै आयकर बुझाउन सक्ने भएका छन् । राजश्व विभागले साउन १ गतेदेखि लागुहुने गरि करदातालाई यो सुविधा प्रदान गरेको हो । अब आय...

नेपालमा पाँचौ कोरोना संक्रमित भेटिए

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत अर्का एक जनाको नमूना परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिएको हो ।

आज भाइटीका लगाइँदै

काठमाडौं, १ मंसिर-प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्