सूचना तथा प्रशारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणको लागि टोली पठाएको पुष्टि गरे ।
हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निणर्य लिइने बताए । अनुगमन टोलीले आस्था र पतञ्जली टेलिभिजनको केही महत्वपूर्ण कागजात समेत निणन्त्रणमा लिएको छ ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्षसमेतको उपस्थितिमा सो टीभीको काठमाडौंस्थित कार्यालयको उद्घाटन गरेका थिए ।
टेलिभिजनको उद्घाटन गराउन योग गुरु बाबा रामदेव र आर्चाय बालकृष्ण नेपाल आएका थिए । प्रधानमन्त्रीको हातबाट उद्घाटन गरिएको टेलिभिजनहरू सूचना विभागमा दर्ता भएका छैनन् ।
साथै नेपालको कानुनले सञ्चारमाध्यममा विदेशी लगाउन रोक लगाएको छ । सूचना विभागमा दर्ता नै नभएको टेलिभिजनको उद्घाटनमा प्रधानमन्त्री देउवाले गरेको भन्दै उनका आलोचना समेत भएको छ ।