एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

 न्यूज विराट
एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो १०औँ महाधिवेशनको निमन्त्रणा दिएको छ ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र नेता डा. राजन भट्टराईले पार्टीको महाधिवेशनको निमन्त्रणा दिएका हुन् ।

एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ । महाधिवेशनको उद्‌घाटन समारोहमा सहभागिताका लागि एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई निमन्त्रणा दिएको स्थायी कमिटी सदस्य नेम्वाङले जानकारी दिए । प्रधानमन्त्री देउवाले आफू महाधिवेशनको उद्‌घाटन समारोहमा आउने जवाफ दिएको नेता नेम्वाङले बताए ।

‘हामीले महाधिवेशनको निमन्त्रणा दिएपछि उहाँले म आउँछु, नआउने कुनै कारण छैन भन्नुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै नेम्वाङले भने ।

एमालेले आफ्नो महाधिवेशनको उद्‌घाटन समारोहमा प्रमुख दलका शीर्ष नेताहरूसहित विदेशी पाहुनालाई पनि निमन्त्रणा गरेको छ । राजनीतिक दलका नेताहरूलाई बोलाए पनि एमालेले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई भने निमन्त्रणा नदिने निर्णय यसअघि नै गरिसकेको छ ।

एमाले प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले अवैध गर्भादानबाट जन्मिएको पार्टीलाई आफ्नो पार्टीले नचिन्ने र महाधिवेशनमा निमन्त्रणा नगर्ने बताएका थिए ।

सम्बन्धित समाचार

२४ घण्टामै २३ सयभन्दा बढीको पीसीआर परीक्षण

काठमाडौं, ३१- वैशाखएकै दिनमा २३ सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ हजार ३ सय ५७  जनाको स्वाब परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणको कुल संख्या...

कुलमानलाई बर्खास्त गरेको विरुद्धमा विराटनगरमा पनि प्रर्दशन

विराटनगर । नेपाल विद्युत् प्राधिकरणका महानिर्देशबाट कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोधमा अखिल क्रान्तिकारीले विराटनगरमा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रर्दशन गरेको छ ।विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगरको ट्राफिक चोकमा पुत्ला दहन गर्दै आज...

पार्टी लाइनमा आउँदा मेरो जित भएको छ : वामदेव गौतम

काठमाडौं, १३ असार-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले आज सिङ्गो पार्टी   लाइनमा आउँदा आफ्नो जित भएको बताएका छन् । उपाध्यक्ष गौतमले भनेका छन्, ‘महाकाली सन्धि...

‘तत्काल कक्षा ११ को परीक्षा नगर्नू’

 काठमाडौं, २३ साउन-राष्ट्रिय परीक्षा बोर्डले तत्काल कक्षा ११ को परीक्षा नलिन निर्देशन दिएको छ । सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेकाले परीक्षा नगर्न निर्देशन दिएको हो । बोर्डले ११ को परीक्षा विद्यालयलाई नै गर्न भनेपछि...

आज र भोलि नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन मौसमविद्को सुझाव

काठमाडौं, १५ वैशाख-जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार र मंगलबार वर्षाको सम्भावना भएकाले सुदूरपश्चिम, कर्णाली, गण्डकी,...

हवाई भाडामा भारी छुट

काठमाडौं, २५ जेठ-हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर...

बन्द-हड्ताल रोक्न निजी क्षेत्रको माग

काठमाडौं, २१ माघ-निजी क्षेत्रका तीन प्रतिनिधिमुलक संस्थाले बन्द-हड्तालका कार्यक्रममा विरोध जनाएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बुधबार संयुक्त विज्ञप्ति जारी गरी बन्द- हड्ताल लगायतका राजनीतिक गतिविधि रोकेर...

साइकल चढेर चितवनबाट धुनुषा आएका कोरोना संक्रमित २ युवक

जनकपुर, ४ जेठ-धनुषामा कोरोना संक्रमण देखिएका २ जना चितवनबाट जनकपुरधाम आएको खुलेको छ । दुबै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरू चितवनबाट साइकल चलाएर धनुषा आएका थिए । संक्रमित युवकहरू धनुषाको नगराइन नगरपालिका-९ घोडघास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्