आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छैनः मुख्यमन्त्री राई

 न्यूज विराट
आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छैनः मुख्यमन्त्री राई

विराटनगर, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग राईले गठबन्धनमा आवद्ध दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताएका हुन् ।

‘केही प्राविधिक कुराहरू मिलाउनुपर्ने छ । हामी संवादमा छौँ । गठबन्धन दलहरूबीच सकारात्मक छलफल भइरहेको छ,’ उनले भने, ‘मन्त्रिपरिषद् विस्तारमा ८/१० दिन लाग्छ ।’

मन्त्रालयको संख्या बढाउने तयारी भइरहेको राईले जानकारी दिए । ‘पहिले नै मन्त्रालयको संख्या बढाउनुपर्ने थियो । धेरैवटा जिम्मेवारी एउटै मन्त्रालयमा छ,’ राईले भने, ‘त्यसैले मन्त्रालय फुटाउने भन्दा पनि विस्तार गर्ने हाम्रो तयारी छ ।’ प्रदेशमा ११ को हाराहारीमा मन्त्रालयको संख्या पुर्‍याइने उनको भनाइ छ ।

नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच आधा-आधा कार्यकाल प्रदेश सरकारको नेतृत्व गर्ने समहति नभएको उनको दाबी छ । कांग्रेससँग पछि केन्द्रले गर्ने निर्णयलाई मान्ने सहमति भने भएको राईले बताए ।

सम्बन्धित समाचार

विराटनगरमा कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड नगर्न महानगरको आग्रह

विराटनगर, १ साउन । पछिल्लो समय प्रदेश १ को राजधानी विराटनगरमा पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै महानगरवासीलाई कोभिड संक्रमण बढीरहेकले सचेत...

प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता हुँदै

काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची...

कोरोनाबाट संविधानसभाका पूर्वसभासद् चौधरीको निधन

सप्तरी, ११ कात्तिक-संविधानसभाका पूर्वसदस्य (सभासद्) मानपुर चौधरीको निधन भएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका- ४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनी कोरोना संक्रमणपछि बीपी प्रतिष्ठानमा...

मिल्स नकआउट फुटबल : मेरिल्याण्ड र रेडस्टार सेमिफाइनलमा

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा मेरिल्याण्ड र रेडस्टार स्कुल सेमिफाइनलमा पुगेका छन् ।विराटनगर जुटमिल खेलमैदानमा बुधबार भएको पहिलो खेलमा सगरमाथा स्कुललाई ४–१ गोलले हराउँदै मेरिल्याण्ड सेमिफाइनलमा पुगेका हुन् । जितको लागि मेरिल्याण्डका निश्चल...

प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरू, उद्घाटन खेलमा १२ स्कुल विजय

विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरु भएको छ । प्याब्सन विराटनगरको आयोजनामा मंगलबारदेखि प्याब्सन प्रेसिडैन्ट फुटबल कप सुरु भएको हो ।१५ वर्ष मुनिका प्याब्सन आवद्ध विद्यालयलहरुले भाग लिने प्रतियोगिताको उद्घाटन खेलमा एक दर्जन विद्यालय...

१ सय ६ नयाँ एचआईभी संक्रमित भेटिए

चितवन, माघ १४–जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १ सय ६ नयाँ एचआईभी संक्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६ सय ४६...

एसपीपीबारे सर्वदलीय छलफल गर्न गठबन्धनको प्रस्ताव

काठमाडौं । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँचदलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हो ।...

कोरोनाबाट बागमती प्रदेशमा मात्रै ३ जनाले ज्यान गुमाए

हेटौँडा, २४ जेठ-कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्