सभामुख एमालेको निर्देशनमा चले:मुख्यमन्त्री राई

 न्यूज विराट
सभामुख एमालेको निर्देशनमा चले:मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सहयोगी बनेको आरोप लगाएका छन् । मंगलबार कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभा बैठक स्थगित भएपछि राईले भण्डारी एमालेको निर्देशनमा चल्न खोजेको आरोप लगाएका हुन् ।

प्रदेशसभा भवनबाट बाहिरिँदै गर्दा राईले एमालेकै निर्देशनअनुसार सभामुखले बैठक स्थगित गरेको बताए । ‘प्रदेशसभामा एमालेले सभामुखसमेतलाई जोडेर आफ्नो ४१ सांसद भन्छ । व्यवहारमा पनि आज सभामुखको भूमिकाले ४१ रहेको देखाउनुभयो,’ राईले भने, ‘एमालेको निर्देशनअनुसार उहाँले आजको बैठक स्थगित गर्नुभयो, यो राम्रो कुरा होइन ।’

मुख्यमन्त्रीले विश्वासको मत लिन चाहेबमोजिम प्रदेशसभा बैठक सञ्चालन हुनुपर्ने भए पनि सभामुखले त्यसो नगरेको उनले बताए । ‘विश्वासको मतका लागि मुख्यमन्त्रीले चाहेअनुसार हुनुपर्ने हो । तर, कार्यसूची तयार भए पनि सभामुखले एमालेको निर्देशनमा हठात बैठक स्थगित गर्नुभयो,’ राईले भने ।

सम्बन्धित समाचार

लागुऔषध किन्न टेलिकमको तार चोरी

मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका– ७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५०...

जनताले गाँस काटेर जम्मा गरेको रकम हिनामिना गर्ने सहकारीलाई कारबाही हुन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियमविपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनि गए पनि नछाड्ने चेतावनी दिनुभयो ।  महानगरले...

प्रदेश नं. १ बाट ४६ जनाको नमूना संकलन

विराटनगर, चैत १८–प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । आज सम्ममा १० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १...

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन जोड

विराटनगर । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थीत र मर्यादित बनाउन सरोकारवालहरुले जोड दिएका छन् । मानव अधिकारका लागि पिपुल फोरमले विराटनगरमा शनिबार आयोजना गरेको वैदेशिक रोजगारका समसामयिक नीति तथा निर्देशिकाहरुबारे सरोकारवाहरुबीच अन्तरक्रिया कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका...

मोरङको डंग्राहामा एक युवा ४ घण्टादेखि हाइटेन्सन लाइनको पोलमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका एक युवा सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका छन । सोही ठाउँका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण...

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।गत १० दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए ।...

विराटनगरको जि क्याफेमा एक जना युवाको रहस्यमय मृत्यु

विराटनगर । चर्चित ¥यापर गिरिस खतिवडाले सञ्चालन गरेको विराटनगरस्थित ‘जि क्याफे एण्ड बिस्त्रो’ मा एक जना युवाको रहस्यमय मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका...

कोरोना संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु

विराटनगर, २९ कात्तिक-कोरोना भाईरसको संक्रमणबाट प्रदेश १ मा थप ४ जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक र विराटनगरस्थित न्युरो अस्पतालमा ३ जनाको मृत्यु भएको हो । बीपी कोइराला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्