प्रधानन्यायाधीशमाथि शीघ्र छानबिन गर्न नागरिक समूहको अपिल

 न्यूज विराट
प्रधानन्यायाधीशमाथि शीघ्र छानबिन गर्न नागरिक समूहको अपिल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि शीघ्र छानबिन गरी स्वतन्त्र न्यायपालिका कायमको माग राख्दै नागरिक अपिल जारी भएको छ ।

सोमबार अर्चना थापा, अञ्जना शाक्य, अनिता थपलियालगायतले नागरिक अपिल जारी गर्दै प्रधानन्यायधीशको अविश्वसनीय गतिविधि, कार्यसम्पादन तथा न्यायिक कार्यक्षमतामाथिको प्रश्न, उनीमाथि लागेको भ्रष्टाचारलगायत न्यायिक विचलनको सवाललाई तत्काल सम्बोधन गर्नुपर्ने जनाएको हो ।

‘न्यायपालिकाको नेतृत्वमाथि मूलतः प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसन आन्दोलनरत् छ भने सर्वोच्च अदालतभित्रका बहुसंख्यक न्यायाधीशहरूले पनि बेन्च वहिष्कार गरेको अवस्था छ । न्यायपालिकामा भएका अनियमितताका सवालहरू सतहमा आएका छन् । यसले सिङ्गो न्यायपालिकाको साख र सम्मानमा आँच आएको छ,’ अपिलमा भनिएको छ, ‘यसले मानव अधिकार, न्यायमा पहुँच तथा कानुनको शासन कार्यान्वयनमा थप चुनौती रहेको पुष्टि गरेको छ ।’

सर्वोच्च अदालतमा भइरहेको बेथितिलाई निकास दिनुको साटो सरकार मौन बसेको भन्दै अपिलमा यसले समग्रमा सामान्य नागरिकहरू त्यसमा पनि महिला तथा सीमान्तकृत वर्गको न्यायमा पहूँचको सवाल चुनौति बनेको उल्लेख छ ।

‘प्रधानन्यायधीशको अविश्वसनीय गतिविधि, कार्यसम्पादन तथा न्यायिक कार्यक्षमतामाथिको प्रश्न, उनीमाथि लागेको भ्रष्टाचारलगायत न्यायिक विचलनको सवाललाई तत्काल सम्बोधन गर्नुपर्ने अवस्था छ,’ अपिलमा भनिएको छ, ‘यसका निमित्त निजमाथि शीघ्र छानबिन गरी स्वतन्त्र न्यायपालिका कायम गर्न हामी स्वतन्त्र नागरिक, नागरिक संस्थाका प्रतिनिधिहरू सरकारसित जोडदार माग गर्दछौँ ।’

सम्बन्धित समाचार

मोरङमा शान्ति सुरक्षा स्थापनाका लागि प्रविधि र जनशक्तिको प्रयोग

विराटनगर, असार ६–मोरङ प्रहरीले जिल्लामा अमनचयन काम गर्न तथा शान्ति सुरक्षा स्थापना गर्न सबै प्रविधि र जनशक्तिको प्रयोग भइरहेको जनाइएको छ । सोही कार्य अन्तर्गत मोरङ प्रहरीले बन्दाबन्दी शुरु हुनु भन्दा पहिले चार महिनाको अवधिमा...

मुख्यमन्त्री राउतद्वारा प्रदेशबासीका नाममा सम्बोधन

जनकपुर, जेठ ५-कोरोनाको संकटबाट गुज्रिरहेको प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले आइतबार सम्बोधन गरेका छन् । कोरोना महामारीकाबीच १ सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त रहेका मुख्यमन्त्री राउतले काठमाडौंबाट प्रदेश फर्किएलगत्तै आइतबार प्रदेशवासीलाई...

धम्की दिदै चन्दा असुली गर्ने गिरोह विराटनगरमा सक्रिय

विराटनगर । विराटनगरमा धाकधम्की दिदै चन्दा असुली गर्ने गिरोहको समूह सक्रिय रहेको पाइएको छ । विभिन्न नम्बरबाट फोन गर्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिएर विराटनगरको विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र औषधी व्यवसायीहरूसँग चन्दा असुली...

नोना कोइराला स्मृति दिवसमा ३५ सुत्केरीलाई न्यानो कपडा र पौषिलो खाना वितरण

विराटनगर, १५ माघ । नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले भर्खरै सुत्केरी भएका ३५ जनालाई न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरेको छ । प्रजातान्त्रिक आन्दोलनकी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा प्रतिष्ठानले...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...

विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं, ६ फागुन । ओमानमा शुक्रबार सुरु भएको विश्वकप टी–२० क्रिकेट ग्लोबल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार ओमानको अल अमरेत मैदानमा नेपालले घरेलु टोली ओमानलाई पराजित गर्दै प्रतियोगिताको शुखद् सुरुवात गरेको हो...

रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं, १८ वैशाख-रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी...

‘लकडाउन’मा पनि रोकिएन भैरहवा विमानस्थलको काम

बुटवल, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोषणा गरिएको ‘लकडाउन’का कारण अहिले सबै क्षेत्र प्रभावित छ । मानिसहरू घरभित्रै छन् । उद्योग, बजार, यातायात सबै बन्द छन् । विकास निर्माण पनि ठप्प छ । योजनाहरू...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्