
शनिबारदेखि मनसुन केही कमजोर हुने
काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो...
विराटनगर, २६ कात्तिक । आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङका ५ वटा निर्वाचन क्षेत्रमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट भएका छन् ।
जिल्लाको ६ निर्वाचन क्षेत्र मध्ये चार र दलित निर्वाचन क्षेत्रबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
मोरङ क्षेत्र नम्वर १ बाट खड्गबहादुर वस्नेत, अग्नि भट्टराई, नरेन्द्रप्रसाद ढुङ्गेल, घनस्याम खतिवडा, उमाकान्त गौतम, भूपेन्द्रकुमार लावती, लक्ष्मीदेवी भण्डारी, निर्मला राई, शान्तिकुमारी लिम्वु सर्वसम्मच चयन भएका छन् ।
त्यसैगरि क्षेत्र नम्वर २ बाट ऋषिकेश पोखरेल, मेघराज कट्टेल, चन्द्रकला भण्डारी, लीलाबल्लभ अधिकारी, गोपाल थापा, मीरा दास, पर्शुराम कटुवाल, खेमकुमारी निरौला दाहाल, डिल्ली दाहाल, हसन इनाम बक्स र इर्जालाल राजवंशी सर्वसम्मत भएका छन् ।
त्यस्तैै क्षेत्र नं. नम्वर ३ बाट राजकुमार ओझा, केदार गुरागाई, ज्ञानेन्द्र सुवेदी, डिपी राई, ताराबहादुर काफ्ले, रामकुमार वस्नेत, देवराज भण्डारी, दिलिप राई, धनमायाँ तामाङ, ढाकाकुमारी पराजुली र राजकुमारी इङनाम निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी क्षेत्र नम्वर ४ बाट नन्दराज गिरी, कुमार आचार्य, धर्मलाल सिंह, रामबहादुर घिमिरे, महेशप्रसाद भट्टराई, बाबुराम कार्की, विमला दाहाल घिमिरे र गुणवति देवी थारु सर्वसम्मत भए ।
त्यस्तै क्षेत्र नम्वर ५ बाट डिल्लीराम घिमिरे, मनोज अग्रवाल, धर्मानन्द सञ्जेल, ज्ञानेश्वर राजवंशी, योगेन्द्र मण्डल र मीनादेवी यादव महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएको क्षेत्रीय निर्वाचन समितिले जनाएको छ ।
क्षेत्र नम्वर ६ मा पनि सर्वसम्मतका लागि पहल भईरहेको नेताहरुले बताएका छन् । शनिबार विहान सम्म दुवै क्षेत्रमा सर्वसम्मत हुने नेता सत्यनारायण चौधरीले बताए ।
दलित निर्वाचन क्षेत्र तर्फ खेम नेपाली, कृष्ण बर्देवा, जितनारायण सरदार र गितादेवी शिवा शुक्रबारनै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
कात्तिक २७ गते शनिवार प्रतिनिधि चयनका लागि विहीबार मनोनयन दर्ता गरिएको थियो । ५७ महाधिवेशन प्रतिनिधिका लागि १७० जनाको उम्मेदवारी परेको थियो ।
क्षेत्र नम्वर १, २, ३, ४, ५ र दलित क्षेत्रमा निर्धारित संख्या बाहेकका उम्मेदवारले मनोनयन फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं, ११ भदौ । विगत केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो...
भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारूढ भारतीय राष्ट्रिय कांग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो । भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री...
विराटनगर, १८ भदौ–प्रदेश १ सरकारले लकडान र निषेधज्ञाको विकल्प खोज्ने तयारी गरेको छ । प्रदेश १ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले लकडाउन र निषेधज्ञाको बिलप खोजिने बताएका हुन् । उनले सुरक्षा...
काठमाडाैं, २२ असार-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदवाट हटाउन खोजेपछि तत्कालीन माओवादी केन्द्रका स्थायी कमिटी र केन्द्रीय सदस्यहरु पछि हटन सुरु गरेका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) र...
विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चको आयोजनामा विराटनगरमा एक भव्य साहित्यिक रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वरिष्ठ साहित्यकार बलराम पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थितरहेका...
विराटनगर । यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका मृतकप्रति श्रद्धान्जली दिन सोमबार विराटनगरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । विराटनगर १४ मा रहेको दिव्य ज्योती हस्पिटलले विराटनगरमा दिप प्रज्वलन कार्यक्रम गरेको हो...
विराटनगर, जेठ १५-प्रदेश १ मा बाली लगाउने सिजनमा किसानहरूले मल र वीउको अभाव झेल्नुपरेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार संसद बैठकको शून्य समायमा बोल्ने सांसदहरूले उन्तजातको वीउ र रासायनिक मलको अभाव अन्त्य...
धनुषाको धनुषाधाम नगरपालिकाको मेयरमा कांग्रेसका बालेश्वर मण्डल निर्वाचित भएका छन् । एमालेका योगकुमार यादवलाई पराजित गर्दै कांग्रेसका बालेश्वर मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित कांग्रेका बालेश्वरले ४ हजार ७१८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका यादवले...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.