रंगेलीमा दुई युवकको खोलामा डुवेर मृत्यु

 न्यूज विराट
रंगेलीमा दुई युवकको खोलामा डुवेर मृत्यु

विराटनगर, २४ कात्तिक । मोरङको रंगेलीमा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । रंगेली–६ स्थित भन्सार टोलका सुरेस साहको घरमा छठ पर्व मनाउन पाहुना आएका दुई भारतीय युवकको स्थानीय बक्राह खोलामा डुबेर बुधबार मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको मध्येपुरा जिल्ला सिंहेश्व थाना घर भएका २१ वर्षीय विट्टु साह र सोही ठाउँका १८ वर्षीय राजा साह छन् ।

छठ पूजाका लागि घाट बनाएर खोलामा नुहाउने क्रममा डुब्दा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले जानकारी दिए ।

प्रहरी निरिक्षक खड्काका अनुसार खोलामा नुहाउँदा डुबेर राजा बेपत्ता भएका थिए भने विट्टु साह घाइते भएका थिए । घाइते विट्टुको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

खोलामा डुबेर बेपत्ता भएका राजालाई गोताखोरको टोलिले खोलाको ३० फिट मुनी बालुवामा गाडिीको अवस्थामा मृत अवस्थामा फेला पारेको हो । ससस्त्र प्रहरी बल नेपाल कंकालिनि गण मोरङको गोता टोलिले साँझ ५ बजे उनको शव निकालेको हो ।

नेपाल प्रहरी र ससस्त्र प्रहरी र स्थानीयले संयुक्तरूपमा वेपत्ता राजाको खोजि गरेपनि फेला नपरे पछि कंकालिनी गणको अक्सिजन सहितको गोता टोलीले पानीमा पसेर शव निकालेको थियोे ।

मृतक दुवै युवको शव पोष्माटमका लागि रंगेली अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक खड्काले बताए ।
उनले घाट बनाएर नुहाउन जाने क्रममा खोलामा गहिराइ भएको र पौडी खेल्न नजान्ने भएकाले उनीहरु डुवेको बताए ।

सम्बन्धित समाचार

डिएभी स्कुलले भव्य मनायो ‘ग्य्राण्ड’ अभिभावक दिवस

विराटनगर । विराटनगर महानगरपालिका १३ मा रहेको डिएभी स्कुलले भव्य कार्यक्रम आयोजना गरी ग्य्राण्ड अभिभावक दिवस मनाएको छ ।स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी दिवस मनाएको हो । ग्य्राण्ड अभिभावक दिवससँगै स्कुल परिसरमा...

कालीकोटका २५ जनाले कोरोनालाई जितेर घर फर्किए

कालीकाेट, ३२ जेठ-विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई जितेर कालीकाेटका २५ जना घर फर्केका छन् । कोरोना पोजिटिभ देखिएपछि १८ जेठदेखि आइसोलेसनमा बसेका २९ जनालाई आइसोलेसनमा भर्ना गरिएकाेमा तीमध्ये पीसीआर रिपाेर्ट नेगेटिभ आएका २५ जनालाई...

प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत दोहोरिए, केन्द्रीय कमिटी १९९ सदस्यीय

नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा दोस्रो कार्यकालका लागि गणेश बस्नेत चयन भएका छन् । पोखरामा भएको संगठनको नवौँ महाधिवेशनबाट बस्नेतको अध्यक्षतामा १९९ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो । प्रेस चौतारीले १७...

फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप ‘खुशीको खबर’ : ट्रम्प

एजेन्सी, २४ कात्तिक-औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न स्थानका संक्रमितमा औषधिको परीक्षण गरिएको र यसको...

देशभर ३१६ जनामा कोरोना पुष्टि, पीसीआर परीक्षण घट्यो

काठमाडौं, १६ असार-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमामा कोरोना भाइरसको संक्रमण र प्रभावका विषयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप...

प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर, २ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा...

तेली समाजद्धारा एक सय बढीलाई सम्मान

विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्यसमितिले समाजका एक सय बढी ब्यक्तीलाई सम्मान गरेको छ ।विराटनगरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । समाजले समुदाय भित्रका मेधावी विद्यार्थी, चिकित्सक, स्वास्थ शिक्षा, शिक्षा...

हाड जोर्नीको उपचारमा आर्या न्यूरो अब्बल, जोर्नी प्रत्यारोपण देखि हाड जोड्नेसम्मको उपचार

विराटनगर । विराटनगर ३ कन्चनबारी स्थित आर्या न्यूरो अस्पताल हाडजोर्नी सम्बन्धी रोगको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित वरिष्ठ हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिम दुवैको संयोजन मिलेका कारण आर्या न्यूरोमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्