सबै न्यायाधीशको इजलासमा नियमित मुद्दाको पेशी

 न्यूज विराट
सबै न्यायाधीशको इजलासमा नियमित मुद्दाको पेशी

 करीव २ सातादेखिको न्यायिक अराजकता अन्त्य गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आजदेखि सबै न्यायाधीशलाई नियमित मुद्दाको पेशी तोकेर इजलास गठन गरेका छन् ।

यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेशीमा चढाइएकोमा आजबाट सबै न्यायाधीशलाई नियमित मुद्दा हेर्न इजलास तोकिएको हो । प्रधान न्यायाधीशले आफ्नो लागि पनि मुद्दाको पेशी तोकेका छन् ।

यसअघि प्रधान न्यायाधीश जबराले सोमवार आफ्नो राजिनामा मागिरहेका न्यायाधीशहरुलाई नियमित न्यायिक काममा फर्किने वा अन्य बाटो रोज्ने भन्ने विकल्प सुझाएका थिए ।

उनले न्यायिक अराजकता लामो समय नरहने भन्दै आजदेखि इजलास तोक्ने बताएका थिए । उनले सोमवार मध्यमार्गी धारका न्यायाधीशहरुको मात्र इजलास तोकेर बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनुवाई गराएका थिए ।

बरिष्ठतम न्यायाधीश दिपक कार्कीको नेतृत्वमा रहेका अशन्तुष्ट न्यायाधीशहरुको बैठकले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने र प्रधान न्यायाधीशसँग इजलास शेयरिङ नगर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री

काठमाडौँ, ३० माघ -गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा...

प्रदेश १ मा सोमबार ४२ संक्रमित थपिए

विराटनगर, २६ साउन–प्रदेश १ मा सोमबार एकै दिन ९९ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना...

संघीय संसदका पदाधिकारीलाई नयाँ लोगो हस्तान्तरण

काठमाडौं, ३२ साउन|संघिय संसदबाट पारित भएको नेपालको नयाँ अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख...

पर्यटनको प्रवर्द्धन गर्न विराटनगरमा फोटो प्रर्दशनी

विराटनगर । विराटनगरको हिमालय रोडमा फोटो प्रर्दशनी आयोजना गरिएको छ । कोशी प्रदेशका पर्यटकीय स्थलहरू फोटो प्रदर्शनीमा राखिएको छ । पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो । विराट पर्यटन महोत्सवमा चार दिने फोटो...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

विराटनगर, ३१ वैशाख-झापाको दमक नगरपालिका– ५, हरिओम कोलिनीको भित्री सडकखण्डमा टिपरको ठक्करबाट  १ साइकलयात्रीको मृत्यु भएको छ । बुधबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ५५२४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर...

देशभर थपिए २७ सय कोरोना संक्रमित, निको हुने ६ लाख नाघे

काठमाडौं, १७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९८५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा सुकुम्बासी परिवारलाई १०० वटा कम्बल वितरण

विराटनगर, ३ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न सुकुम्बासी परिवारलाई कम्बल वितरण गरेको छ । क्लबले आइतबार जाडोमा समस्यामा परेका विराटनगर वडा नं. १ स्थित सुकुम्बासी बस्तीका एक सय परिवारलाई कम्बल वितरण गरेको...

प्याब्सन स्पोर्टस मिटको उद्घाटनमा बालदेवदुत, बुढानिलकण्ड र पूर्वाञ्चल एकाडेमीको सुरूवाती अग्रता

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि प्रतियोगिता सुरू भएको हो । उद्घाटनको दिन तीन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्