रतुवामाईमा दिपावली तथा छठ पर्वको अवसरमा १४ औँ बृहत लोक सांस्कृतिक कार्यक्रम

 न्यूज विराट
रतुवामाईमा दिपावली तथा छठ पर्वको अवसरमा १४ औँ बृहत लोक सांस्कृतिक कार्यक्रम

विराटनगर। मोरङको रतुवामाईमा हिन्दु धर्मावलम्बीहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा यस वर्ष पनि बृहत लोक सांस्कृतीक कार्यक्रम हुने भएको भएको छ ।

स्थानीय सिद्धार्थ युवा क्लबको अयोजनामा यस वर्ष पनि भाइटिकाको भोलिपल्ट अगामी कात्तिक २१ गते आइतबार रतुवामाई नगरपालिका–६ स्थित शनिश्चरे बजारमा बृहत लोक सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

सिद्धार्थ युवा क्लबले विगत १४ वर्षदेखि स्थानीय लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निरन्तररुपमा वर्षेनी दिपावली तथा छठ पर्वको अवसर पारेर भाइटिकाको भोलिपल्ट बृहत लोक सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

‘संस्कृति जगेर्ना गरौँ, संस्कृति बचाऔँ’ भन्ने मुल नाराका साथ यस वर्ष पनि भव्यरुपमा लोक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको सिद्धार्य युवा क्लबका अध्यक्ष राजन निरौलाले जानकारी दिए ।

उनले प्रत्येक वर्ष स्थानिय सस्कृतिलाई लोप हुन नदिन र संस्कृतिको जगेर्ना गर्नका लागि भव्यरुपमा कार्यक्रम गरिँदै आएको बताए । अध्यक्ष निरौलाले यस वर्ष पनि कार्यक्रमका लागि झण्डै तीन साता अघिदेखिनै तयारी तिब्र पारिएको जानकारी दिए ।

सिद्धार्थ युवा क्लबमा आवद्ध स्थानीय युवाहरुको अग्रसरतामा आयोजना हुने बृहत लोक सांस्कृतिक कार्यक्रम जिल्लामै उदाहरणीय बन्दै आएको छ ।

जिल्लामै नमुना र उदाहरणीय कार्यक्रम हुने भएकाले छिमेकी पालिकासहित टाढा–टाढाबाट समेत दर्शकहरु लोक सांस्कृतिक कार्यक्रम हेर्न आउने गरेका छन् ।

सो अवसरमा विभिन्न जातजातीका कला, संस्कृती, झाँकी, नृत्य, गायनलगायत मनोरञ्जनात्मक कार्यक्रमहरु हुने गरेको छ । कार्यक्रममा विभिन्न राष्ट्रियस्तरका ख्यातीप्राप्त कालाकारहरुको प्रस्तुतीसमेत रहने क्लबका अध्यक्ष निरौलाले जानकारी दिए । सो दिन शनिश्चरे बजारमा दर्शकहरुको उल्लेख्य भिड लाग्ने गरेको छ भने मेला समेत लाग्दै आएको छ ।

सम्बन्धित समाचार

आइतबार कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १३ असार-नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले  जानकारी दिए । बैठकमा समसामयिक...

धनगढीकी कोरोना संक्रमितको छैठौँ रिपोर्ट पनि पोजिटिभ

डडेल्धुरा, १९ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि पोजिटिभ देखिएको छ । २८ दिनदेखि उपचार गराइरहेकी धनगढी उपमहानगरपालिका–५ की ३४ बर्षीया महिलाको छैठौँ पटकको थ्रोट स्वाब परीक्षणमा पनि...

आज ७,६६४ संक्रमितले जिते कोरोना

काठमाडौं, जेठ ९- पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार आज उक्त संख्यामा संक्रमितले कोरोनालाई परास्त गर्नुभएको हो । सोही अवधिमा ७...

अन्तर विद्यालय बक्तृत्कला प्रतियोगितामा पोखरीया स्कुलकी रागिनी भइन् प्रथम

विराटनगर । अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित पोखरीया स्कुलकी रागिनी न्यौपाने प्रथम भएकी छिन् । विराटनगरमा शनिबार भएको विराटनगर महानगरपालिका स्तरीय माध्यमिक तह कक्षा ९–१० अन्तर विद्यालय वक्तत्कला प्रतियोगितामा अन्य विद्यालयका प्रतियोगिहरुलाई पछि पार्दै...

चिनियाँ नाका नखुले नाकामै धर्ना बस्ने व्यवसायीको चेतावनी

काठमाडौं, २५ कात्तिक-सामान बोकेका कन्टेनर १० महिनादेखि चिनियाँ नाकामा रोकिए पनि खुलाउन सरकारले पहल नगरेको भन्दै व्यवसायीले नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।...

विश्वभर ३ लाख २० हजारको मृत्यु

काठमाडौं, ६ जेठ-भारतमा विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ४ हजार ६ सय थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख नाघेको हो । मंगलबार बिहानसम्म...

विमानस्थलबाट सय ग्राम सुनसहित युवक पक्राउ

कुवेतबाट काठमाडाैं आएका रुपन्देहीका एक युवक त्रिभुवन विमानस्थलबाट सुनसहित पक्राउ परेका छन् । २८ वर्षका ती युवक जजिरा एयरबाट मंगलबार बिहान काठमाडाैं आएका थिए । उनकाे साथबाट एक सय ग्राम सुन बरामद भएकाे प्रहरीले जनाएकाे छ । विमानस्थल...

कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२६ पुग्यो

काठमाडौं, फागुन ३–चीनको हुपेई प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ५२६ पुगेको छ । शनिबारसम्म चीनमा उक्त भाइरसबाट मर्नेको संख्या १ हजार ५२६ पुगेको हो । यो भाइरसका कारण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्