तिहारको तेस्रो दिन आज साँझ देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदै

 न्यूज विराट
तिहारको तेस्रो दिन आज साँझ देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदै

काठमाडौं, १८ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो ।

आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तिनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको थियो । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो ।

सम्बन्धित समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचनासहित)

काठमाडौं, १८ माघ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाले बढाएर काठमाडौ (निगमको डिपो क्षेत्रको...

मेरिल्याण्डमा निवन्ध प्रतियोगिता, मनस्वी र नन्दनी प्रथम

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले सोमबार निवन्ध प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उनिहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना...

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, अमेरिकामा एकैदिन २६ हजार थपिए

एजेन्सी, चैत २०-विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख नाघेको छ । बुधबार एकै दिन ७६ हजार बढी संक्रमित थपिएसँगै यो संख्या ९ लाख नाघेको हो । पछिल्लो विवरण अनुसार विश्वका २०३...

प्रदेश स्तरीय कबड्डी प्रतियोगिता : सुनसरी ६ अंकको साथ शीर्ष स्थानमा

विराटनगर । विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका...

एकता अभियानलाई पार्टी बनाउने बामदेवकाे घाेषणा

राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफू नेतृत्वको नेकपा एकता अभियानलाई पार्टी बनाउने घोषणा गरेका छन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एकता अभियानलाई वडा तहसम्मै विस्तार गरिने बताएका हुन् । यद्यपि,...

करका दर घटाउने सकारको निर्णय

काठमाडौं, १५ असोज-सकारले करका दर घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्का निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफ १ बमोजिम करका दर घटाउने निर्णय भएको बताए...

वीरगन्जमा कोरोनाबाट थप १ महिलाको मृत्यु

वीरगन्ज, साउन १७-वीरगञ्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार वीरगञ्ज महनगरपालिका-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण...

४ जनालाई कोरोना देखिएपछि जगदम्बा इन्टरप्राइजेजमा सिल

पर्सा, १३ साउन-जिल्ला प्रशासन कार्यालय पर्साको जगदम्बा इन्टरप्राइजेजमा सिल गरेको छ । प्रमुख कार्यकारी अधिकृतसहित ४ जना कर्मचारीलाई कोरोना देखिएपछि सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सहाहयक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्