एमालेको १० औं महाधिवेशन प्रतिनिधि चयनका लागि मोरङमा कात्तिक २७ गते निर्वाचन

 न्यूज विराट
एमालेको १० औं महाधिवेशन प्रतिनिधि चयनका लागि मोरङमा कात्तिक २७ गते निर्वाचन

विराटनगर । नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि चयन गर्न मोरङमा कात्तिक २७ गते निर्वाचन हुने भएको छ ।

आज एमाले पार्टी कार्यालयमा बसेको बैठकले निर्वाचन मिति तय गर्दै विभिन्न जिम्मेवारीहरु बाँडफाँड समेत गरेको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा जिल्ला निर्वाचन समिति, जिल्ला निर्वाचन पर्यवेक्षण समिति, क्षेत्रगत व्यवस्थापक नेतृत्व, क्षेत्रगत निर्वाचन समिति र पार्टी जिल्ला पदाधिकारीको संयुक्त वैठकले प्रतिनिधि छनौटका लागि जिल्लामा २४ वटा मतदान केन्द्र निर्धारण गरेको छ ।

क्षेत्रगतरुपमा क्षेत्र नम्बर १ मा ४ वटा केन्द्र तोकिएको छ भने २ मा ५ वटा केन्द्र तोकिएको छ । यस्तै क्षेत्र नम्बर ३, ४ र ५ मा ४/४ वटा केन्द्र तोकिएको छ भने क्षेत्र नम्बर ६ मा ३ वटा मतदान केन्द्र तोकिएको छ । हरेक केन्द्रका लागि ५ देखि ७ जनाको निर्वाचन समिति रहने एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभयो ।

२७ गते हुने निर्वाचनका लागि कात्तिक २३ गते मतदाता नामावली प्रकाशन, २५ गते पार्टी कार्यालय पाञ्चाली विराटनगरमा बिहान १० देखि २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

मतगणनाका लागि क्षेत्रका केन्द्र तोकिएको छ । जस अनुशार क्षेत्र १ को लेटाङ, २ को रंगेली, ३ को बेलबारी, र ४,५,६ को पार्टी कार्यालय रहेका छन् ।

प्रतिधिनि छनौटको निर्वाचनका लागि क–कस्ले पाए जिम्मेवारी ?

जिल्ला निर्वाचन पर्यवेक्षण समिति
एकराज भट्टराई, राजेश सुब्बा, चुणामणी आचार्य, यज्ञ शर्मा, शान्तीराम भण्डारी, खिला निरौला, डिल्लि पोखरेल, विक्रम लुईटेल, सुदिप कोइराला
जिल्ला मूल निर्वाचन समिति
संयोजक– गणेश लुईटेल , सदस्यहरु सोमराज थापा, नारायण वस्ती, रामप्रसाद भण्डारी, बालकृष्ण आचार्य, मदन पन्त
क्षेत्रगत निर्वाचन समिति
क्षेत्र १– गणेश लुईटेल, डिल्लि घिमिरे, हरि फुयाँल
क्षेत्र २– सोमराज थापा,हरि बराल र महेश खड्का
क्षेत्र ३– बालकृष्ण आचार्य, महेन्द्र वस्ती र बिमला वस्ती
क्षेत्र ४– रामप्रसाद भण्डारी, हरिकुमार पोखरेल र रनीता प्याकुरेल
क्षेत्र ५– मदन पन्त, किशोर आचार्य र मयूर अग्रवाल
क्षेत्र ६– नारायण वस्ती, नारायण दाहाल , विश्वराम भट्टराई र रुक्मिणा दहाल
क्षेत्रगत व्यवस्थापकहरु
क्षेत्र १– घनश्याम खतिवडा, भूपाल जिमी
क्षेत्र २– रुपनारायण मिश्र, भेषनाथ रिजाल
क्षेत्र ३– ताराबहादुर काफ्ले, राजकुमार ओझा, केदार गुरागाँईं
क्षेत्र ४– बाबुराम कार्की, महेश भट्टराई
क्षेत्र ५– धर्मानन्द सञ्जेल, मनोज अग्रवाल
क्षेत्र ६– अजम्बर राई, पर्शुराम बस्नेत, सागर थापा
दलित निर्वाचन क्षेत्र– खेम नेपाली, जीतनारायण सरदार, किशोर बिश्वकर्मा

सम्बन्धित समाचार

बजेटले पूर्वका माग सम्बोधन नगरेको उद्योगी व्यवसायीको गुनासो

विराटनगर, जेठ १५-अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तुत बजेटले पूर्वका व्यावसायिक मुद्दाको सम्बोधन गर्न नसकेको प्रतिक्रिया यहाँका व्यवसायीले व्यक्त गरेका छन्। विराटनगरका व्यवसायीले बजेट 'पपुलिस्ट' प्रकारको रहेको तर कोभिड–१९ द्वारा थलिएको...

कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा घातक

एजेन्सी, बैशाख २-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ ।डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए ।...

ग्रेडेड स्कुलमा परीक्षाफल प्रकाशनसँगै विज्ञान प्रदर्शनी

विराटनगर । विराटनगर ८मा अवस्थित ग्रेडेड स्कुलले विद्यालय परिसरमा दितिय त्रैमासिक परीक्षाको नतिजासँगै चित्रकला ,हस्तकला र विज्ञान प्रदर्शनी गरेको छ। विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गर्दै विज्ञानका विभिन्न सामग्रीहरू जस्तै रोबोटिक कार , हाइड्रोलिक क्रेन र...

डुब्यो चितवनमा गठबन्धनले चुनावीसभा गर्न लागेको ठाउँ

काठमाडौं । चितवनको भरतपुर बसपार्कमा सत्तागठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको गाउँ डुबानमा परेको छ । रातभरजसो परेको पानीले चुनावी सभास्थल भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो । सभाका तयार पारिएको मञ्च र...

कटहरीको सडक बनाउन माग राख्दै सडक अवरुद्ध, शुक्रबार दुई घण्टा गर्ने तयारी

विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक...

गृहमन्त्री भएको कार्यक्रमदेखि एक सय मिटर अगाडी प्रदेश योजना आयोगको गाडीमा आगजनी

विराटनगर । गृहमन्त्री रवि लामिछाने विराटनगर आएको बेलमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजनी गरेका छन् । उनीहरूले आज विहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो...

प्रतिनिधिसभा विघटन असंवैधानिकः नेता आचार्य

विराटनगर, २५ पुस-नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ (ख)ले विराटनगर स्थित हाटखोला मैदानमा विरोधसभा आयोजना गरेको छ । कांग्रेसको देशव्यापी आन्दोलनको क्रममा मोरङ क्षेत्रनम्बर ४(ख)मा पनि बिरोध सभाको आयोजना गरिएको हो । सभामा नेपाली कांग्रेसका...

देउवा सरकारको बिभुषणप्रति सुवास नेम्वाङको गम्भीर आपत्ति, एक–एकको यसरी गरे भण्डाफोर

काठमाडौं, असोज ३ । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्