आज प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई बन्दै

 न्यूज विराट
आज प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई बन्दै

विराटनगर, १६ कात्तिक । प्रदेश १ मा मंगलबार पाँच दलीय गठबन्धनको सरकार बन्दैछ । नेकपा एमालेका सचिव भीम आचार्यले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्थामा मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । गठबन्धनमा बहुमत रहेकाले राईकै नेतृत्वमा सरकार बन्ने निश्चित छ ।

प्रदेश प्रमुख शाेमनाथ अधिकारी प्यासीले दिउँसो १ बजेसम्मका लागि सरकार गठनको दाबी प्रस्तुत गर्न समय दिएका छन् । विपक्षी एमालेसँग बहुमत नरहेकाले उसले दाबी गर्ने सम्भावना छैन ।

त्यसैले मंगलबार गठबन्धनको तर्फबाट एकिकृत समाजवादी संसदीय दलका नेता राईको नेतृत्वमा सरकार बन्नेछ । पाँच दलीय गठबन्धनमाआवद्ध प्रत्येक दलबाट एक/एक जनालाई समेटेर सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारीमा राई छन् ।

यद्यपि समाचार तयार पार्दासम्म मन्त्रीको नाम भने टुंगो लाग्न सकेको छैन । ‘गठबन्धनमाआवद्ध दलबाट एक/एक जनाको प्रतिनिधित्व हुने गरी आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारीमा हामी छौँ’, प्रस्तावित मुख्यमन्त्री राईले भने, ‘अहिले छलफल जारी छ । केही समयभित्रै टुंगिन्छ ।’

सम्बन्धित समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा : ४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षको पालो

४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षका अधिवक्ताले बहस गर्ने पालो आएको छ । सरकारी पक्षले यसअघि २९ पुस र २ माघमा बहसको पालो पाएका थिए । त्यो बहस पनि ‘प्रतिनिधिसभा विघटन संवैधानिक हो कि होइन’...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा पुस्तक हस्तान्तरण

विराटनगर, १२ असोज । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बहुउपयोगी पुस्तकहरु हस्तान्तरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच ‘हामी युवा’ नामक सामाजिक सस्थालाई सयौँको संख्यामा पुस्तकहरु हस्तान्तरण गरेको हो । रोटरी...

एमसीसी यथास्थितिमै पारित भए सरकार छाड्छाैँ : नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट उत्पन्न हुन सक्ने बताएका छन् । बिहीबार धनगढी पुगेका अध्यक्ष नेपालले युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै...

कोरोना प्रकोप अन्त्य नहुँदासम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, १ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाट कोरोना भाइरस (कोभिड–१९) बाट अन्त्य नभएसम्म पारिश्रमिक नलिने निर्णय गरेका छन् ।नयाँ वर्षकाको उपलक्ष्यमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना प्रकोप नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने निर्णय गरेका हुन्...

पूर्वाञ्चल विद्या सदनमा भव्य भयो किड्स कार्निभल, कुन इभेन्टमा को भए बिजेता ?

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा पूर्वाञ्चल किड्स कार्निभल भएको छ । शुक्रबार स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी किड्स कानिर्भल कार्यक्रम आयोजना गरेको हो । पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत गणित र विज्ञान...

१२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने राजेन्द्र ढकाल जेल चलान

विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बुधबार विराटनगर घर भएका...

विराट नर्सिङ होमले मनायो मुटु दिवस

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतना मुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो । विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको ओपीडि सेवा...

पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन: कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्