विराटनगरमा ४९ सहित प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ४९ सहित प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

विराटनगर, ६ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ । २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४९, कटहरीमा २, बुढीगंगा र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा १४, धरानमा ९, झापाकोे विर्तामोड र मेचीनगरमा २–२, दमकमा १, उदयपुरको बेलका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२ महिला र ४६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

प्रचण्डको सचिवालयका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं, २२ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।   प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार निवासमा कार्यरत सुरक्षाकर्मी र अध्यक्ष...

संघीय संसदका प्रवक्ता पाण्डे कोरोना संक्रमणमुक्त

काठमाडाैं, २९ साउन-संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे कोरोना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् । उनलाई २२ साउनमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । पछिल्लाे परीक्षणमा आफ्नो रिपाेर्ट नेगेटिभ आएको उनले बताए...

स्नातक तहको परीक्षा स्थगित

काठमाडौं, १९ साउन-८ भदौबाट संचालन गर्ने भनिएको स्नातक तहको परीक्षा स्थगन गरिएको छ । चिकित्सक शास्त्र अध्ययन संस्थान, डीनको कार्यालयले सोमबार सूचना निकालेर यस्तो जानकारी दिएको हो । कोरोना भाइरसको जोखिम कायम रहेको, कतिपय ठाउँमा...

तीन ठाउँमा गन्न थालियो कांग्रेस उपसभापतिको मत

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापति पदको मतगणना सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा उपसभापतिको मतगणना सुरु गरिएको हो । कांग्रेसको निर्वाचन समितिका अनुसार तीन ठाउँमा मत गणना सुरु भएको हो...

पूर्वमन्त्री पण्डितको निर्वाचन क्षेत्रमा करोडौंको लगानीमा खानेपानी आयोजना बन्दै

विराटनगर, जेठ १८–इमान्दार, राष्ट्रवादी र भ्रष्टाचार विरोधि छविका कारण सँधै चर्चामा आउने गरेका पूर्वमन्त्री लालबाबु पण्डितले जनतासँग गरेको बचा पूरा गर्दै जान थालेका छन् । जनताको पीर मर्का र समस्याहरुमा साथ दिँदै आएका पूर्वमन्त्री तथा...

तेजस्वी सहकारीद्वारा रक्तदान कार्यक्रम, २४ जनाले गरे रक्तदान

विराटनगर । विराटनगर ५ त्रिमूर्ति मार्गमा अवस्थित तेजस्वी बचत तथा ऋण सहकारी संस्थाले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा २४ जना व्यक्तिहरूले रक्तदान गरेको संस्थाकी सचिव मिना खनालले जानकारी दिइन्। कार्यक्रममा संस्थाका...

७० अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा सीमित

सोमबार ७३ अंकले घटेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से सूचक ७० दशमलव ०१ अंकले घटेर २६१५ दशमलव ४० अंकमा आइपुगेको हो । नेप्से सूचकसँगै आज सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२...

ऋचा मेमोरियल टी–२० क्रिकेट : एनबीएससीको दोस्रो जित, दिल्ली दुई खेलमा जित बिहनी

विराटनगर । घरेलु टिम एनबीएससी विराटनगरले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । लागातार जित हात पार्ने क्रममा एनबीएससीले पाहुना टिम दिल्ली युनाईटेड क्रिकेट क्बलमाथि ३२ रनको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्