बाढीपहिरोले प्रदेश १ मा ५० जनाको मृत्यु

 न्यूज विराट
बाढीपहिरोले प्रदेश १ मा ५० जनाको मृत्यु

विराटनगर, ३ कात्तिक । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा बुधबार साँझसम्म ५० जनाको मृत्यु भएको छ । बुधबार साँझसम्म बाढीपहिरोमा परेर पाँचथर २२ जना, इलाममा १३ धनकुटा ६, सुनसरीमा ५, मोरङमा १, उदपुर दुई र भोजपुरमा १ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरिक्षक नविनराज राईले जानकारी दिए ।

अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर उक्त संख्यमा मानिसहरुको मृत्यु भएको र सो संख्या थप बढ्न सक्ने प्रवक्ता राईले बताए । राईका अनुसार बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन् । त्यस्तै पहाडी क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएको छ ।

बाढी पहिरोका कारण सयौँ परिवार विस्थापित भएका छन् । बुधबारसम्म सुरक्षित स्थानमा सारिएका विस्थापित परिवार बाढीको पानि घट्न थालेसँगै घर फर्किन थालेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता राईले जानकारी दिए । उनका अनुसार सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जना भन्दा बढीको उद्दार गरिएको छ । मोरङमा करिब पाँच सयभन्दा बढीको उद्दार गरिएको छ । मोरङमा हजारौं घर डुवानमा परेको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगर १, २, ७, ८, ११, १२, १५, १७, १८ का सयौं घर डुवानमा परेको छ । बुढीगंगा गाउँपालिका १ र २ का बस्ती डुवानमा परेका छन् । रतुवामाइ नगरपालिका–७ मा ३० घर डुवानमा परेको प्रहरीले जनाएको छ । पहिरोका कारण मेची र कोसी राजमार्गमा विभिन्न सडकखण्ड अवरुद्ध भएको थियो । अहिले अवरुद्ध सडकहरु बैकल्पिक माध्यमबाट सुचारु गरिसकिएको प्रवक्ता राईले जानकारी दिए ।

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको म्याङलुङ–वसन्तुर सडकसमेत अवरुद्ध भएको छ । उक्त अवरुद्ध सडक सुचारु गराउने प्रयास जारी रहेको जनाइएको छ ।

विराटनगर विमानस्थलमा बाढी पस्दा हवाई उडानसमेत अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बुधबार विराटनगर विमानस्थल अवरुद्ध भएको हो । अहिले पनि विमानस्थल जलमग्न छ । विमानस्थल अवरुद्ध भएपछि काठमाडौं जाने यात्रुहरु अलपत्र परेका थिए ।

सम्बन्धित समाचार

५२ प्रतिशत कोरोना संक्रमित होम आइसोलेशनमा

कर्णाली,  ५ असोज-कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका संक्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४ सय ५२ जना सक्रिय संक्रमित मध्ये  २ सय ३७ जना  अर्थात ५२ प्रतिशत संक्रमित...

एसविएससि सिङ्गिङ स्टारको छनोट चरण सकियो, सेमिफाइनलमा १ सय १६ जना छनौट

विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टार छनोट चरण सम्पन्न भएको छ । मोरङको चार ठाउँमा भएको छनोट चरणको अडिसन शुक्रबार सम्पन्न भएको हो ।संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना भएको सिङ्गङ...

भारतीय विदेश सचिवको सुरक्षाका लागि चारवटै निकायका सुरक्षाकर्मी परिचालन

काठमाडौं, ११ मंसिर-भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको सुरक्षाको लागि चार वटै सुरक्षा निकाय परिचालन गरिएकाे छ । चार्टर्ड विमानबाट नेपाल आएका उनी दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बसेका छन् । काठमाडौं प्रहरीका अनुसार होटल क्षेत्रलाई...

रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु

बुटवल,  ११ कात्तिक-कोरोना संक्रमणका कारण रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पतालका...

सोमबार थप ४५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ हजार नाघ्यो

काठमाडौं, असार १-नेपालमा सोमबार थप ४५१ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ३५ महिला ४१६ जना पुरुष गरी ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी...

संचारकर्मीको निःशुल्क पीसीआर गराउन महासंघको आग्रह

काठमाडौं, ८ भदौ-नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को...

विराटनगर रोडशेष चोकबाट ठुलो परिमाणमा भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद

विराटनगर, १३ माघ । विराटनगरको रोडषेश चोकबाट प्रहरीले ठुलो परिमाणमा अवैध कुखुरा बराबद गरेको छ । विराटनगर–१२ स्थित रोडशेष चोकबाट भारतको जोगवनीबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको ठुलो परिमाणमा बोइलर कुखुरा प्रहरीले बरामद गरेको हो ।...

केमसन मोरङको अध्यक्षमा दिनेशकुमार राउत

विराटनगर । रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल (केमसन) को अधयक्षमा दिनेशकुमार राउत चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको प्रथम मोरङ जिल्ला अधिवेशनले राउतको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको हो । विराटनगरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्