बटुल्नै नमिल्ने गरी खेतमै भिज्याे धान, किसानलाई भाेकमरीकाे चिन्ता

 न्यूज विराट
बटुल्नै नमिल्ने गरी खेतमै भिज्याे धान, किसानलाई भाेकमरीकाे चिन्ता

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् ।

दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थिए । ‘दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ’, दङ्गीशरण गाउँपालिका–३ का ३५ वर्षीय किसान खुशीराम चौधरीले भने ।

उनले थपे, ‘यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा नै भयो, मलको अभाव पनि थिएन ।  धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो ।’

पानीले खेतबारीका धानसँगै तोरी तथा तरकारीमा समेत क्षति पुर्‍याएको किसानले बताएका छन् । तुलसीपुर–६ का  किसान नन्दु चौधरीले आफूहरूका मात्र नभई  धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको  बताए ।

उनले वर्षभरि खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेकोसमेत बताए ।

लगातारको झरीले जिल्लाको घोराही, लमही, भालुवाङ, पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ ।

कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । त्यस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ देवीपुरमा काटेर गह्रामा सुकाएको धान अविरल वर्षाले बगाएर लगेको स्थानीय पत्रकार अञ्जना चौधरीले जानकारी दिइन् ।

जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पुर्‍याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ ।

केन्द्रका अनुसार यस वर्ष जिल्लाको कूल ३९ हजार ६०० हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको छ । ज्ञानकेन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशङ्कर जातका धानको खेती गरेका छन् ।

यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धानको खेती गरिएको बताइएको छ ।

सम्बन्धित समाचार

सनसिटीमा कोरोना परीक्षण : २ सय ९८ जनाको आरडीटी नेगेटिभ

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्दा २ सय ९८ जनाको नेगेटिभ आएको छ । सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ जनामा मंगलबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा...

भारतीय न्युज च्यानल प्रसारण रोक्ने निर्णय

काठमाडौं, २५ असार-विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा...

मिल्स क्रिकेट प्रतियोगिता सुरु, होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको उद्घाटन खेलमा भारत जोगवनीको प्रशान्त क्रिकेट...

ऋचा मेमोरियल टी–२० क्रिकेट : फाइनलमा आर्मीलाई एनबीएससीको १११ रनको लक्ष्य

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको आजको फाइनलमा विभागीय टिम त्रिभूवन आर्मीलाई घरेलु टिम एनबीएससीले १११ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको एनबीएससीले १७ दशवलप २ बलमा सबै...

विराटनगरको बिकेभीएम स्कुलका तीन विद्यार्थीले ल्याए ४ जीपीए, नेपाल प्रथम भएको दाबी

विराटनगर । विराटनगरको बिकेभीए स्कुलका तीन जनाले विद्याथीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपए ल्याएका छन् । बिहीबार प्रकाशित भएको नतिजा अनुसार बिकेभीए स्कुलका दुग्रेस खड्का, प्रियसु राउत र स्र्पश पोखरेलले चार जिपीए ल्याएका...

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...

विराट डाईग्नोष्टिक ल्याबको संकलन केन्द्र इनरुवामा आज खुल्दै, प्रदेश १ भरी विस्तार गर्ने तयारी

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गर्ने भएको छ । आज दिउँसो ११ बजे एक कार्यक्रम आयोजना गरी ल्याबको...

बृक्षारोपण गर्दै मुख्यमन्त्री राईले मनाए जन्मदिन

विराटनगर, असार ११–प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बृक्षारोपण गर्दै जन्मीदन् मनाएका छन् । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा एक थान मालद आँपको विरुवा रोप्दै जन्मदिन मनाए । सो अवसरमा मन्त्रिपरिषद कार्यालयका कर्मचारी,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्