कर्णालीमा ३३ अर्बकाे बजेट
सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको जनाएको छ । चालु आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुनसक्ने रकमलाई समेत अनुमान गरी झण्डै ३३ अर्बको बजेट ल्याउने...
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको उपाधि भिडन्त नेपाली समयअनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
आज दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । चिरपरिचित दुई प्रतिद्वन्द्वीबीचको उपाधि भिडन्त रोमाञ्चक हुनेछ । पाँच देश सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको दोस्रो स्थानमा रहेर नेपालले उपाधिका लागि शीर्ष स्थानमा रहेको भारतको सामना गर्न लागेको हो ।
साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । त्यसैले पनि भारतविरुद्धको आजको उपाधि भिडन्तमा नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ । फाइनलमा भारतलाई हराउँदै उपाधि उचालेर नेपाल इतिहास रच्न चाहन्छ । तर, सात पटकको च्याम्पियन टोली भारतलाई सजिलै हराउन भने नेपाललाई सहज हुनेछैन ।
कप्तान किरण चेम्जोङले उपाधि उचाल्ने लक्ष्यका साथ भारतविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् । ‘राम्रो तयारी गरेका छौँ । खेल कठिन छ तर हामी हाम्रो लक्ष्य पूरा गर्न चाहन्छौँ,’ उनले भनेका छन् ।
नेपालविरुद्ध हाबी छ भारत
नेपालविरुद्धको खेल इतिहासमा भने भारत हाबी छ । नेपाल र भारतले एकअर्काविरुद्ध सबैखाले प्रतियोगिता गरी अहिलेसम्म २३ खेल खेलेका छन् ।
जसमा भारतले १५ खेल जितेको छ भने नेपालले जम्मा तीन खेलमा मात्रै जित हासिल गरेको छ । पाँच खेल भने बराबरीमा सकिएका छन् । नेपालले पछिल्लो पटक घरेलु मैदान दशरथ रंगशालामा गत भदौमा भारतसँग दुई मैत्री खेल खेलेको थियो ।
जसमा पहिलो खेल १-१ को बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा भारतसँग २-१ ले पराजित भएको थियो । पछिल्लो पटक जारी साफको लिग चरणमा नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । जहाँ भारतले नेपाललाई १-० ले हराएको थियो ।
नेपाल भर्सेस भारत : खेल इतिहास
१. सन् १९८५ डिसेम्बर ३१, ढाका : भारत २-० ले विजयी
२. सन् १९८७ डिसेम्बर २३, कोलकाता : भारत १-० ले विजयी
३. सन् १९८९ अक्टोबर २३, इस्लामावाद : भारत २-१ ले विजयी
४. सन् १९९३ जुलाई १९, लाहोर : भारत १-० ले विजयी
५. सन् १९९३ डिसेम्बर २६, ढाका : पेनाल्टी सुटआउटमा नेपाल ४-३ लेविजयी
६. सन् १९९५ डिसेम्बर २५, मद्रास : भारत ३-० ले विजयी
७. सन् १९९८ डिसेम्बर ५, बैंकक : भारत १-० ले विजयी
८. सन् १९९९ सेप्टेम्बर ३०, काठमाडौं : भारत ४-० ले विजयी
९. सन् २००५ डिसेम्बर १८, कराँची : भारत २-१ ले विजयी
१०. सन् २००६ अप्रिल ९, चिटगाउँ : नेपाल ३-० ले विजयी
११. सन् २००८ जुन ३, माले : भारत ४-० ले विजयी
१२. सन् २००९ डिसेम्बर ७, ढाका : भारत १-० ले विजयी
१३. सन् २०१२ अगस्ट ५, नयाँ दिल्ली: नेपाल र भारत गोलरहित बराबरी
१४. सन् २०१३ सेप्टेम्बर ५, काठमाडौं : नेपाल २-१ ले विजयी
१५. सन् २०१३ नोभेम्बर १९, सिलगुढी : भारत २-० ले विजयी
१६. सन् २०१५ मार्च १२, गुवाहटी : भारत २-० ले विजयी
१७. सन् २०१५ मार्च १७, काठमाडौं : नेपाल-भारत गोलरहित बराबरी
१८. सन् २०१५ अगस्ट ३१, पुना : नेपाल-भारत गोलरहित बराबरी
१९. सन् २०१५ डिसेम्बर २७, त्रिवेन्द्ररम : भारत ४-१ ले विजयी
२०. सन् २०१७ जुन ७, मुम्बई : भारत २-० ले विजयी
२१. सन् २०२१ सेप्टेम्बर २, काठमाडौं : भारत र नेपाल १-१ को बराबरी
२२. सन् २०२१ सेप्टेम्बर ५, काठमाडौं : भारत २-१ ले विजयी
२३: सन् २०२१ अक्टुबर १३, माले : भारत १–० ले विजयी
सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको जनाएको छ । चालु आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुनसक्ने रकमलाई समेत अनुमान गरी झण्डै ३३ अर्बको बजेट ल्याउने...
भादगाउँ, २८ असोज-भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम...
सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानुनी रुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्ण पाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान...
विराटनगर, असार २२–प्रदेश १ मा सोमबार ६ जना पुरुषमा कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा...
काठमाडौं, ३ असार-बुधबार नेपालमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एकै दिन ५८६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले...
काठमाडौं, जेठ १५-नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना-६ स्थित तुइनखोला पुलमा २ सवारी साधन एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । आज बिहान करिब ७ बजे नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौंबाट...
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो...
विराटनगर, २४ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतालाई बदर गरेसंगै मोरङ जिल्ला कार्यालयमा पूर्वएमालेहरूले नेकपा एमालेको बोर्ड राखेका छन् । विराटनगरको पाञ्चालीमा रहेको पार्टी कार्यालयमा बोर्ड राख्न संस्कृति, पर्यटन तथा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.