एनआरएनएको महाधिवेशन स्थगित

 न्यूज विराट
एनआरएनएको महाधिवेशन स्थगित

काठमाडौँ, २५ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयको सुझावअनुसार पूर्वनिर्धारित सम्मेलन स्थगित गरिएको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । उहाँका अनुसार कानूनविद् र अन्य सम्बन्धितसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय पनि बैठकले गरेको छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तको सभापतित्वमा भएको बैठकमा संस्थाको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको जनाइएको छ ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरी थप निर्णय गरिने जनाउँदै एनआरएनएले महाधिवेशनका लागि काठमाडौँ आइसकेका र आउन तयार रहेका प्रतिनिधिमा पुगेको असुविधाप्रति क्षमा मागेको छ ।
एनआरएनएको अध्यक्ष पदका लागि कुल आचार्य, रविना थापा र डा बद्री केसीले प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरिसक्नुभएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा प्लाज्मा थेरापी उपचार सेवा सुरु

विराटनगर, २७ असोज–प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो...

आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं, २२ असोज । दशैँको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैँ घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । ब्रह्मचारिणी देवीको पूजा आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति...

विदेशका नेपालीलाई प्रधानमन्त्रीले भने : नआत्तिनुहोस्, अफ्ठ्यारो परे कूटनीतिक नियोगमा जानुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस संक्रमण त्रासका कारण मुलुक फर्किन नपाएका नेपालीलाई नआत्तिन आग्रह गरेका हुन् । उनले भने 'कोरोना...

३३ बर्षअघि देखि कार्यरत महिला स्वयंसेविकालाई इटहरी उपमहानगरपालिकाले सम्मानसहित विदाइ गर्यो

विराटनगर, २७ भदौ । ३३ बर्षअघि देखि कार्यरत इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ । ६० बर्षे उमेरहदका कारण विष्णुतारा नेपाली, गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख...

राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेशको अध्यक्षमा कला डाँगी

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनिय (नाबुन) कोशी प्रदेशको अध्यक्षमा विराटनगरकी कला डाँगी निर्विरोध निर्वाचित भएकी छिन् । झापाको बिर्तामोडमा बुधबार सम्पन्न भएको नाबुन प्रदेशको तेस्रो अधिवेशनबाट डाँगी अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएकी हुन् ।नवनिर्वाचित अध्यक्ष...

ग्रेडेड स्कुलमा वसन्त पञ्चमीको अवसरमा अक्षरआरम्भ

विराटनग र विराटनगर –८ हाट्खोलामा अवस्थित ग्रेडेड स्कुलले सरस्वती पूजा र बसन्त पञ्चमी विशेष पर्वका ?पमा पूजा आरधाना गरी मनाएको छ । आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन भएकाले...

सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमति भेटिएपछि सिरहाका सबै नाका सिल

सिरहा, ३० वैशाख-कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा...

कार्यदलमा भएको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, २८ असार ।  पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजोको लागि डाकिएको बैठक कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आजका लागि सारिएको हो । बैठक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्