रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २५ असोज । निरन्तर विभिन्न सामाजिक कार्यमा सकृय रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ ।

आश्रममा आश्रित जेष्ठ नागरिकहरुका लागि क्लबले चामल, दाल, घ्यू, चिउरा, भुजा र चिनि लगायतका खाद्यान्न हस्तान्तर गरेको हो ।

क्लबले विराटनगर तिन टोलियास्थित मानव सेवा आश्रममा आश्रित जेष्ठ नागरिकहरुका लागि ४०० किलो चामल, १०० किलो दाल, ५ किलो घ्यू, १०० किलो च्यूरा, ४० किलो भुजा र ५० केजी चिनि हस्तान्तरण गरेको हो ।

वितरण खाद्यान्न क्लबकी अध्यक्ष संचिता जैन, रोटरीयन नमिता तिबेरवलले सहयोग गरेका हुन् ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा क्लबकी अध्यक्ष जैन, महासचिव अनिता सारडालगायतक अधिकांश पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

अनिवार्य शिक्षा कार्यान्वयमा जोड

विराटनगर । अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण गरिने भएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । शिक्षा सम्बन्धी...

राष्ट्रिय सभा उपनिर्वाचन आज, नतिजा पनि आजै आउने

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको...

परदेशी – २ को प्रमोशनमा अभिनेता प्रकाश र अभिनेत्री वर्षा मेरिल्याण्डमा

विराटनगर । विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी –२ चलचित्रका कलाकारहरू आइपुगेका छन् । यही शुक्रबारदेखि प्रदर्शनमा आउने परदेशी – २ चलचित्रको प्रचार प्रसाद गर्दै देश दौडाहमा हिडेका अभिनेता प्रकाश सपुत, अभिनेत्री...

म्याद गुज्रिएका वस्तु विक्रिवितरणको गुनासो बढेपछी सप्तरीमा अगुगमन तिब्र

सप्तरी, बैशाख २६–म्याद गुज्रिएका तथा अखाद्य वस्तुहरु विक्रि वितरणको गुनासो बढेपछी सप्तरीमा अनुगमनले तिब्रता पाएको छ । उपभोक्ता एवम विभिन्न समाजिक संजालमा उपभोग्य समानहरुको मूल्य र गुणस्तरीताको बारेमा गुनासो बढेपछी अनुगमनले तिब्रता पाएको हो। प्रशासनको...

सूर्य ग्रहण ८:४२ देखि ११:३१ सम्म

काठमाडौं, पुस १०–आज खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छाड्नेछ ।...

झापामा प्रहरीको गोलि लागेर एक जनाको मृत्यु

विराटनगर, १० भदौ–झापाको झापा गाँउपालिका–३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लारेर एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मी माथि स्थानीय आक्रमणमा उत्रिएपछि प्रतिरक्षाका लागि शसस्त्र प्रहरीले चलाएको गोलि लागेर स्थानीय ३८ वर्षिय रमिकुल आलमको मृत्यु भएको...

प्रिकाशा र सुगमलाई मिस एण्ड मिस्टर लिटल कोशीको उपाधि

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीकोको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका हुन् । उनीहरुले जनही ३०–३० हजार रुपैयाँ...

घरेलु तथा साना उद्योगीहरुद्धारा सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग

विराटनगर, बैशाख २१-मोरङका घरेलु साना उद्योगीहरुले सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा प्रदेश १ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई विभिन्न १३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्