दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द

 न्यूज विराट
दक्ष जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा बन्द

बैतडी, २५ असोज – दक्ष जनशक्ति नहुँदा बैतडीमा गएको दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ । जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द रहेको हो ।

जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, विशालपुर, सिद्धेश्वर, शर्माली, हाट, रिम, कोटपेटरा र गिरेगडा स्वास्थ्यचौकीमा सेवा उपलब्ध रहेको छ । तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा बाँकी संस्थामा सेवा बन्द रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिसप्रसाद भट्टले जानकारी दिनुभयो ।

हाल जिल्लाका नौ सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालनमा रहेको छ । उहाँले भन्नुभयो, “गएको दुई वर्षदेखि १५ स्थानबाट सुरक्षित गर्भपतन सेवा बन्द छ, कर्मचारी समायोजनपछि यहाँ रहेका तालिमप्राप्त दक्ष जनशक्ति बाहिर गएपछि समस्या भएको हो । ” हाल सेवा बन्द रहेका १५ वटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि पहल भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थाका लागि, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरेका छौँ ।” सूचीकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी नहँुदा अन्य ठाउँमा गएर असुरक्षित गर्भपतन गराउनाले जोखिम बढ्दै गएको छ ।

सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएका केही स्वास्थ्य संस्थाबाट सो सेवा बन्द भएपछि असुरक्षित गर्भपतन गराउने जोखिम बढ्दै गएको हो । जथाभावी मेडिकलबाट औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताउनुभयो ।

“असुरक्षित गर्भपतनले ज्यान जोखिम पर्नुका साथै स्वास्थ्यमा पनि गम्भीर असर पार्दछ, गर्भपतन गराउँदा सुरक्षितरुपमा नै गराउनुपर्दछ । ” यसैबीच सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा बन्द भएपछि पछिल्लो समय बैतडीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालय बैतडीको गएको तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको पाइएको हो ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा ७७७, ७६÷७७ मा ५८१ र ७७÷७८ मा ५६५ ले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये सुरक्षित गर्भपतन गराउनेमा ५५ जना २० वर्षमुनिका रहेका बताइएको छ । जिल्लामा आव २०७५÷७६ मा २४, आव २०७६÷७७ मा २० र गत आवमा ११ जना २० वर्षमुनिकाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

सुरक्षित गर्भपतन सेवा दिने स्थान घटेका, परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षित गर्नपतनको सेवा दिने संस्था घटेकाले र परिवार नियोजनको सेवा लिने बढेकाले सुरक्षित गर्भपतन गराउने घटेका हुनसक्छन्, ।”

तराईतिर गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिएकाले तराईमा गएर पनि सुरक्षितरुपमा गर्भपतन गराएको हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

हामीले छिटै नै खोपको सुरुवात गर्ने मौका पायौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिटै नै कोरोना भाइरसविरुद्धको खोप लगाउन पाएको भन्दै खुसी व्यक्त गरेका छन् । बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भारत...

जापानबाट २ नेपाली र जापनी राजदूत ल्याएर फर्कियो नेपाल एयरलाइन्स

काठमाडौं, ३ जेठ-नेपाल एयरलाइन्सले जापानामा रहेका २ जना नेपाललाई सशर्त नेपाल ल्याएको छ । शुक्रबार जापानको लागि उडान गरेको नेपाल एयरलाइन्सले शनिबार २ नेपालीसहित नेपालका लागि जापानाका राजदूतलाई बोकेर फर्किएको अध्यागमन विभागले जनाएको छ ।...

जनता समाजवादीको दल दर्ता रोक्न निर्वाचन आयोगमा निवेदन

काठमाडौं, १४ वैशाख-नवगठित जनता समाजवादी पार्टीको दल दर्ता रोक्नका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । संविधानविपरीत दल दर्ता पक्रिया भएकाले रोक्नका लागि राष्ट्रिय युवा संघका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन पेस...

संघियता असफल वनाउने खेलमा सरकार : उपेन्द्र यादव

विराटनगर, फागुन ४-समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघियता असफल वनाउने खेलमा सरकार लागेको आरोप लगाएका छन् । प्रेस नेपाल मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष यादवले सरकारले प्रेस...

श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

जनकपुरधाम, २९ कात्तिक-जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव...

कोरोना संक्रमित र प्रहरीबीच झडप

दैलेख, ३१ जेठ-दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच  झडप हुँदा ४ जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पीसीआर पोजिटिभ नागरिक र प्रहरीबीच झडप भएको हो ।...

रुसमा संक्रमितको संख्या ३ लाख ५३ हजार नाघ्यो

मस्को, जेठ १२–रुसमा संक्रमितको संख्या ३ लाख ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ४६ जना नयां थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ३ लाख ५३ हजार ४ सय २७ जना...

एमालेले जारी गर्यो अपानि-१, यस्तो छ नेताहरुको अन्तिम कार्यबिभाजन

काठमाडौं, पुस २ । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि सवै सदस्यहरुको कार्यविभाजन गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्णयअनुसार अन्तर्पार्टी निर्देशन (अपानि) १ जारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्